र अंग्रेजसँग हात मिलाउनु नै आर्य जातिका सदस्यको शिक्षाको पराकाष्ठा सम्झिन्छ । हामी अंग्रेजी लेख लेख्न चाहन्छौँ, जब हाम्रो साहित्यले गाइनेको खोक्रो तर टुटेको सारद्रीजस्तो -याँडँच्याइँ गर्न सक्तैन ।
म अहिले विचार गर्छु, अंग्रेजी पढेर मैले के पाएँ ? हाम्रो साधारण जीवन-समय पच्चीस वर्ष पुगनपुग होला। पन्ध्र वर्षको पढाइले हामी बी०ए० बन्छौं । दश वर्षको बाल्यावस्था जोड्दा हामी त्यही टुङ्गिन्छौं । पढाइ यति यान्त्रिक, बोधो सुगा छ कि हाम्रो स्वदेशी मगजका गिर्खा खलबल्याउनु मात्र छ । हाम्रो ध्येय नून-रोटीसिवाय छैन । हामी पैसाका निमित्त बेचिन्छौं र दुनियाँका आत्मा बेचिरहेछौं । द्वव्य-धूर्त मिजाजले शिक्षकको हैसियतमा मेचमा डटिडटाउ बनेर दुनियाँका छोराछोरी भाँडिरहेछौं । हामी तिनका जिभ्राबाट सजिलोसँग बग्ने दुधालु भाषा खोसेर अटरपटरले विकृत बनाइरहेछौं, हामी अंग्रेजी चश्मा लगाइदिन्छौं र तिनका सहजविकासी स्वदेशी बुद्धिउपर पाश्चात्त्य रायका अत्याचार लादिरहेछौं । म त पढिदिने लडकाको आपेक्षिक प्रशंसा गर्दछु । अंग्रेजी पढ्न कानमा डोरी लगाएको बयल जस्तो भएर मान्ने लडका जरूर अस्वस्थ हनुपर्छ । हामी प्राकृतिक बलवा चाहन्छौं त्यहाँ, जहाँ मानव- स्वभावउपर विदेशी जञ्जीर लगाइन्छ र त्यत्तिका दिनसम्म बयल जोतिएपछि के पायो बिचराले ? सुक्खा घाँस ! अरू लेखिएको थिएन ! न यो पहाडको नीलो मसी, न यो वनका हरिया पानी !
बस ! ग्रधाजुएट हुनु यत्तिकै छ । खोस्टो कागजको भरमा दुनियाँमा योग्यता देखाउनु !सत्तरी रुपियाँका निमित्त हाड घोट्नु ! बाँसको कलम उठाउन नजान्नु ! अंग्रेजीको उल्था हुनु, विचारको आदत बिगार्नु, रोटीमा नौनी लगाउनुको प्यासमा गधा झैँ गघाहरू बनाउन बिहानदेखि तोपसम्म पढाउनु, झूटा घमण्डहरूमा ठाँट पार्नु, दुनियाँ ठग्नु र अरू के के, म भन्न सक्तिनँ !
ग्रधाजुएटका निमित्त कृ्ष्णजी पुराना कथाका राजा हुन्छन्। भागवतमा सच्चाइ हुँदैन, व्यास ठग बन्दछन्, पशुपतिनाथ ढुङ्गा हुन्छन्, हेज्लिन चन्दन बन्दछ, गोलभेँडा पथ्य बन्दछ, मनुष्य अत्याचारी हुन्छन्, पुराणहरू चलाकी तर्सावट बन्दछन्, स्वर्ग शून्य हुन्छ, यमराज गफ बन्दछन् र वेदको सत्यता हराउँछर पुरुखाहरू मूर्ख बन्दछन् । हामीहरू ग्रचाजुएट भएर पनि कति जान्दछौँ ) नदीबाट पानी