This page has not been proofread
हाँस्दछ लोचन सुन्दरता ली ।
लाल मृखाकृति गर्भ-उज्याली ॥
छल्न फरक्क गरीकन फर्की ।
छन् कति सुन्दर लोचन तर्की ॥
(५२)
ग्राहमण एक थकाइ हुँदामा ।
दीर्घ शिखान्वित आड लिंँदामा ॥
उड्न बराबर रुड्रुङ थाले ।
शान गरीकन दीर्घ शिखाले ॥
(५३)
खुरुखुरु आउँछ हेर मूषिक ।
तले तल झर्छ कि झै बराबर ॥
तर जन देख्दछ धेर मानिस ।
खुरुरुर् भाग्दछ गनन्छ कातर ॥
यति मृदु बात गरेर सुन्दरी ।
हँसमुख चारु बनी वरीपरि ॥
अन सबलाई हँसाउँछै त्यहाँ ।
तन बिउँझै दढ्विज झस्किई वहाँ ॥
(५४)
अन सबलाई तयार बिस्तरा ।
यकित भई बह्तै उड्दी बरा !
"किन रहने अब सुत्ने पाल्नुहोस्"
नरम बनी मृदुशन्द सुन्दरी ॥
(५५)
त्यो किसान ट्विजको अन रजनी -
बीच दाप्छ पद यी अतिथि ॥
सुत्दछ धकिन ती मृदु सपना ।
देख्न, दाप्ख क्रमले सरलमना ॥
(५६)