आत्मा लगेर परदेश प्रकाशभित्र ।
ती देख्दछिन् प्रिय सजीव गरेर राजा ॥
(४६)
देखिन् बडो महल, बाग विचित्र झल्ल ।
कारीगरी मधुर मन्दिर दैवका झै ॥
जोडेर मन्दिर अनेक बने समान ।
नुष्टा अनेक रँग-शिल्पित, स्वर्णचृड ॥
(४७)
शगा रटैर पिँजरा सुनका खुलेका ।
बत्ती सुवाससित झल्मल झैं बनेका ॥
माछा सुवर्णरँग पुष्करिणी सिँगार ।
गट्री रहेछ अनि बल्न दुवै तयार ॥
(४८)
माला घरी विजयको तरवारसाथ ।
श्रीपेच धप्धप मनोहर बीच माथ ॥
राजा प्रसम्न-मुख सुस्त नजीक आई ।
भन्छन् 'अहो ! बहुत काम भई मलाई ॥
(४९)
निरु घेर दिनसम्म नमान दिक्क ।
र भएछ तब घुँक्क गरेर सम्झी ॥
लामो वियोग अघिको, दिल आर्त बन्दा ।
फर्किन् फरक्क दृग अञ्चलले पुछेर ॥
(५०)
आफ्नौ दशा हृदयको त्यसरी बताई ।
"के के भयो त्यस जगततिर' झै भनेर ॥
खोलूँ समस्त दुख त्यो अवरुद्ध भन्दी ।
आँखा जलैजल बनीकन झर्र झर्दिन् ॥
(५१)
ती भूपले 'अन नमानन दुःख प्यारी !
माफी दिए मकन क्रुर भएछु भारी ॥
Page:Shakuntala.pdf/234
Appearance
This page has not been proofread
