उषाका भ्यालैमा दिनकर गई स्वर्ण करले ।
त्यहाँ हाने लोला ललित मृदु लाली सरसका ॥
बने पोका राम्रा जलद रँगका व्योमतलमा ।
गवैया पड्खीका हृदय पनि पारी खिरबिर ॥
(२९)
सुनौला भै जाई किसलयकलेजी परि मुना ।
हरीया भै नाच्चन् धवल रँग चम्पा हुन गई ॥
जपा रातो, राम्री जुद्द कमल सेतो कनकको ।
बने चम्पा राम्रा गगनरस द्वन्दीवर बन्यो ॥
(३०)
छिटी खुस्बू राम्रा प्रमुदितमुखी वायुसँगमा ।
चली जिस्की बस्ने युवति कृसुमी हेर नखरै ॥
यसो छल्दै बब्गी मूहुमय तरङ्गी रँगरेँग ।
बने चाला सहुदय हिली चारु विनता ॥
(३१)
कुनै भो भो नाई अन रँग पुग्यो भन्न सरस ।
नुही ढल्की बङ्गी छुनुमुनु गरी छन् मृदु रस ॥
गढीला छातीमा मदन-रँगले छुन्छ छविला ।
चरा बाजा डोल्खन् लहर रेँगमा नाच्दछ खुला ॥
(३२)
छ होरीको लीला प्रकृत ढँगको कृष्ण प्रभुको ।
कुनै घुम्टो लिन्छन् अलि अलि खुला छन् अन कुनै ॥
कनै लुक्छन् झाडीतिर मुख दिई केसर रँग |
प्रसन्नता भै लिन्छन् प्रियतम खुशाउँसरिसँग ॥
(३३)
यस्तो ढेब्ग भयो बिहा विपिनका राजा नने सूर्य झै ।
मानो लाज बनेर बादल उषा जस्ती बनिन् ती बधू ॥
छोटो रम्ज गुलानकी सरसरी आएर वैलीकन ।
घुम्टीले मुख ढाकिएर दिलमा आनन्द मात्रै बनी ॥
(३४)
Page:Shakuntala.pdf/212
Appearance
This page has not been proofread
