फूलै झै मध्र त्रतुकी मिठासवाली ।
प्याला झै मधुमय बैसकी उज्याली ॥
चाञ्चल्य प्रकृतपना सुचारु पारी ।
डाक्ने झै मधुप भइन् सिँगार पारी ॥
(११)
जान्थिन् ती कहिले नदीतटतिरै ऐना जमेको जल-
मा हेर मुखको मनोहर छुटा लालित्य आफ्नो भनी ॥
सिक्थिन् ती कन ठाउँमा छ जिउको शोभा तथा मोहनी ।
कस्तोले मन खैँचने नृपतिको भन्ने परीक्षा गरी ॥
(१२)
गर्दै वश पराइको मदन-मोहिनी भैकन ।
सिँगारहरुले खुली नजरनिम्ति टूना बनी ॥
अनेक मृद् चालका सरस झल्किँदा लज्जत ।
जपीकन हिंडाइमा जन-चकोर पार्दै भनी ॥
(१३)
जो सङ्कोच मुनासमान पहिले खुम्ची सधैं घुम्रियो ।
त्यो न्यानोपनले फुकेसरि भयो पाई उज्यालो अब ॥
ओखाका भमरा दुवै वदनको गर्ने प्रशंसा भए ।
भित्री लज्जत क्यै खुला हुन गई झल्थिन् हवामा मृदु ॥
(१४)
तारासमान नभमा दुइ चार बीच ।
त्यो इएयामली वनविषे छविकी जुहार ॥
पर्दा लिई मधुर मिर्मिरकी लुकेको ।
हाँसी खली अन त चम्चम भै उदाट्न् ॥
(१५)
नङ्गा हरा मृदुल रशमका वसन्ती ।
भावादिका हृदयका किरणेच्छ बन्दा ॥
ती सुस्त सुस्त हलुकासँग दी प्रहार !
खोज्छन् महीपति महीरुह झै, लता झै ॥
(१६)
Page:Shakuntala.pdf/209
Appearance
This page has not been proofread
