Jump to content

Page:Shakuntala.pdf/171

From Nepali Proofreaders
This page has not been proofread

मुसकाउँछिन्‌ अनि कम्पिता ।
मृद्‌ मोतिका छरिँदा लडी ॥
दुइ्‌ हातले जल-केशको ।
अब 'चारु' चारु निचोर्दछिन्‌ ॥
अनि केरा चट्ट बहाउँदी ।
तटको सहाय दुर्दछिन्‌ ॥
(६१)

तटमा खडा जल-नागिनी-
सरि तीन ती मृदु-पत्रले ॥
मृदुलाइ्का जलका कणा-
हरु पुखदछन्‌ सखि प्रेमले ॥
अनि घामको कलिलोपना -
कन गालि कोमल दीक्न ॥
सुरसुन्दरी सन चोर्दछन्‌ |
सखि-केशाका जल लुर्कन ॥
तब लाउँछन्‌ अलि खैरिँदो ।
पतला सफा वन-वल्कल ॥
मृदु लाजका गठिला शिखा ।
दुइ छोप्न छन्‌ कति खिल्खिला ॥
(६२)

सब फूलका रँग चुन्दछन्‌ ।
मृद्‌ बाहुली वन-बैँसका ॥
सब नामका सब ढड्ूगका ।
वनबागका स्मृति-सिर्जना ॥
(६३)

“भन विन्ति लौ न शकुन्तला ।
कन रड्गमा अलि प्यार छ ॥
हिम-पाटला सन फ्‌लकी ।
महिषी बनी सुकुमार छ।॥
वनतारका हन खोज्दछयौ
' कि तिमी हने हिम-पाटल ?