[१२]
म्हैन्दु देखी तर्सिइन्
आँखामा आँसु बर्सन्छन् ।
हरामीको डरले ।
मुटु कामी धर्कन्छन् ॥
[१३]
खुकुरी ली हातमा
नाङ्गो कलकल वातमा
उप्रो राङ्जा घाटमा ।
“लौ आ" भन्छ ठाँटमा ॥
[१४]
गुम्बु भयो अकमक्क
थाहा केर? भो छक्क!
हाँक लिनु कि चुप लाग्नु ।
टुलटुल आँखा पिलिक्क ।
[१५]
म्हेन्द॒ छेकी बस्दछिन् ।
राङ्जा नाची आउँदा
"जूँघा भए आ" भन्छ
चुपचाप गुम्ब पाउँदा ॥
[१६]
रोइन् म्हेन्दु फूल कैं
विन्दु शीतको लव जल कैँ
हात जोरी भन्दछिन्-
स्वरले खोला कलकल छै !
[१७]
“मेरो विन्ति नलड |
पीर्ति दुइटै दिल पढ।
यिनलाई मारे राङ्जाजी
मुखै हेर्दिन गन्धा पौ !
[१८]
पीरतीको बाटोमा
लड्छौं हामी माटोमा ।
साँचो गुदी साटोमा
रगत खालि हातलाई
पृथिवीको पन्नामा
फूल तगैको तन्नामा
चिरी मुटु कमलको
रगत तातो बगाई ।
[१९]
हेर त फूलले के भन्छ ?
पीर्ति त्यस्तो रुँग हुन्छ ।
हेर चरा के भन्छ
पीर्तिको त्यस्तो स्वर हुन्छ ।
[२०]
ईश्वर हाँस्छ बनवनमा
जून लिपेको आँगनमा
फूल्की उद्दछ कनकनमा
शरम छैन हा ! मनमा !
प्रेमले सिर्ज्यो संसार जो
दयाले बर्स्यो जलसार जो
सुखलाई दियो सिगार जो
हेरन जलको कनकनमा ।
शोध हे वीर मनमा
पोख्नु पो रगत रणमा ।
Page:Mhendu.pdf/26
Appearance
This page has not been proofread
