सांग्रा किताब नै
नेपाल पढ्दैन ।
[२४]
संसार सेवामा
पैमको मेवा छ !
नेपाल संसारमा
प्रेमको टेवा छ ।
पहाड जस्ता छन्
छाती वीरका ।
वज्र कठोर भै
छर्ना करेका !
प्रेमका जरामा
पहाड अड्दछन् ।
स्वर्ग देवलोकमा
शिखर चढ्दछन् ।
फूलका भावना
आँसु जड्दछन् ।
चरा हाँगामा
बैद पढ्दछन् !
मानिस भन्दामा
ज्यान दी लड्दछन् !
[२५]
म्हेन्द॒ आँखामा
नीरव जून फूल्क्यो ।
पहाड घाउ छै
सेतो पहरा
उनको दिलमा
अमृत मलमले
पूर्णिमाको रात
जस्तो झै टल्क्यो
[२६]
गुम्बु भन्दछन्-
यात्री हुँ हामी
सुन्दर मन्दिरका
दिलका बिरामी !
हिँड्छौं गोसाईथान ।
सुन्दर निम्तामा
स्वर्ग भेट्राउने ।
मनको चिन्तामा ॥
[२७]
हामी घर खोज्छौँ
घरका बाहिर ।
घरका चौताको ।
आज्ञा जहर!
पालन गर्नामा
पहाड बननेर।
[२८]
हामी बोल्दछौँ
मनमा सुनभाषा
पीर्ति कल्किदा
बेटर हर मासा ।
सत्य कर्दछ ।
प्रेममा सुन्दर भै
ईश्वर बस्दछ
प्रेमको मन्दिर मै.
प्रेमका सच्चा पल ।
बोल्छन् सद्वाणी
Page:Mhendu.pdf/21
Appearance
This page has not been proofread
