Jump to content

Page:Ritubichar.pdf/18

From Nepali Proofreaders
Revision as of 18:24, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread
अथ
ग्रीष्म-विचार


लेखी देखेबुझेसम्म वसन्तमहिमा सब ।
कविको लेखनी दौड्यो ग्रीष्मवर्णनमा अब ॥


राम्रो वनबगैंचाको वासन्ती कान्ति मन्द भो ।
मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द भो ॥


पुगे शनैः३शनैः सूर्य मध्य आकाशमा अब ।
देखायेर पराकाष्ठा उत्थानक्रमको सब ॥


प्रतापीको प्रतापाऽग्निशिखा जस्ता कडा दिन ।
दबाई जगतैलाई अब थाले खडा हुन ॥


शकेसम्म करद्वारा पृथ्वीको रस खींचन ।
अविवेकी विजेता झैं सूर्य लागीरहेछन ॥


धपक्क भै बलेका छन् घामले दिन बेसरी ।
दीपकाऽऽभ्यासमा व्यग्र विद्वान्का इन्द्रियैसरी ॥


रश्मिका रूपमा ताता वर्षायेर तिखा सिया ।
सूर्यले गर्न आँटे कि विश्वगोल छियाछिया ?