This page has not been proofread
अथ
शिशिर-विचार
१
हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि।
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि।।
२
उही ठण्डी, उही हुस्सू, हिमवर्षा उही सब।
अहो शिशिरले सारा हर्यो हेमन्तवैभव।।
३
हेमन्तको म हूँ भाइ, हुन्छु दाइबराबर।
भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर।।
४
थपी हेमन्तको भन्दा बढता वातसङ्कट।
सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट।।
५
दिनहुँ तल धर्कन्छ चुलियेको हिमाऽऽचल।
बिहोशी ऐशमा मस्त राष्ट्र झैं मदसङ्कुल।।
६
सारा शरीरमा शीत फैलिँदामा पनी सब।
अहो कम्पज्वराऽऽक्रान्त रोगी झैं काँप्तछन् अब।।