Jump to content

Page:Munamadan.pdf/4

From Nepali Proofreaders
Revision as of 17:31, 7 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread
प्रकाशकीय

"महाकवि लक्ष्मीप्रसाद देवकोटा तीनचोटि जन्मे- मुना-मदनसित, शाकुन्तलसित र पागलसित" भनेर श्री बालकृष्ण समले एकसूत्रमा देवकोटाको सम्पूर्ण गाथा भरिदिनुभएको छ। त्यही पहिलो 'जन्म' प्रति उहाँको पहिलो 'प्रेम' पनि रहेछ। स्वर्गे हुनुभन्दा केही दिनअधि 'शान्तभवन' अस्पतालमा उहाँले भन्नुभएको थियो रे- "मुना-मदनबाहेक मेरा अरू सबै कृति जलाइदिए पनि हुन्छ।"

महाकविले भने पनि हामी नेपालीचाहिं एकमुखले भन्छौ- "जलाउन परदैन, ती सबै कृति अमर छन्, बाँचिरहनेछन् ।" अब यस मुना-मदनलाई त 'अमर' मात्र भनेर पुग्दैन होला। यो त अजर पनि रहेछ। आज तीस वर्ष पुगिसकेर पनि यो त्यत्तिके प्रिय छ जति पहिले थियो।

आठों संस्करण (२०१६) मा महाकविले परिवर्द्धित गरी थप्नुभएको क्षेपकलाई हामीले पनि सोही रूपमा छाप्तै आएका थियों । पुरानोमा बानी बसिसकेका पाठकलाई यो थपथाप त्यत्तिको स्वादिलो लागेन रे भन्ने जान्दाजान्दै पनि पाठकहरूको स्वादको कदर गरी यस संस्करणमा हामीले मूल र क्षेपकलाई छुट्टचाई छापेका छौ। मुना-मदनको १९९२ को प्रथम संस्करणमा भएका श्लोकहरू मूलको रूपमा १६ प्वाइन्टको अक्षरमा र पछि थपिएको क्षेपक जति १२ प्वाइन्टमा* पादटिप्पणीका रूपमा छापिएका छन्। यसो गर्नाले पुरानो मात्र मन पराउनेले आफूले चाहेको कुरा भेटाउनेछन् । अनि महाकविका क्षेपकका प्रेमीहरूले पनि आफ्नो प्रिय वस्तुबाट वञ्चित हुनुपर्ने छैन।' यसपालिलाई यस्तै भयो, अब पाठकहरुलाई यो चाँजो कस्तो लाग्छ, हामी जान्न उत्सुक छौं।

वि.सं. २०२४ क.दी.

फेरि- दुई वर्षअगि लेखिएको यो प्रकाशकीयमा अब यति थप्नुपर्ने देखियो- "पढनेहरूले यसरी दुवै पक्षलाई हुने गरी तयार पारिएको संस्करण निकै मन पराएको बुकियो। सबैलाई यथायोग्य धन्यवाद !"

वि.सं. २०२७ क.दी.


  • प्रस्तुत संस्करण कम्प्युटर टाइप सेटिडको १४ २ १३ प्वाइन्टमा गरिएको

छ। -प्रकाशक