Jump to content

Page:Champa.pdf/16

From Nepali Proofreaders
Revision as of 00:10, 7 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread
अध्याय २

कान्तिपुरको जनसङ्ख्या विचित्र तवरले बढिरहेछ । विदेशीको त्रासलाई उनले गढी राखिदिएकी छन् । स्वदेशीतर्फबाट पहाडमा जीवन र उपार्जनको प्रयोग हुन्छ । जब पहाडी प्रयोग सफल भएर मोटाउँछ, मानिसहरू कान्तिपुरीको दोसाँधको टिपकारीदार घर सम्झन्छन् । मैतीदेवीको फाँट हामीले देखुन्जेल लोभलाग्दो हरियो थियो । पशुपति बुढाको महान् उदरपूर्तिलाई भक्तगणले खडा गरी राखिदिएको धानबालीको ठुलो फैलावट थियो । पुलदेखि खरीको बोटसम्म वनस्पतिको विस्तृत साम्राज्य निष्कण्टक देखिन्थ्यो । कुन चाहिने राजा हुन् पशुपतिलाई बराबर बेइज्जत गर्छु भनेर गाली दिँदै आउँथे रे र विचित्र बुढा बाबाको प्रभावले तर्सेर हच्केर "बुढो धोबी त्यसलाई मैले जान्या छ, पख् भोलिको दिन" भनेर फर्कन्थे भन्ने भनाइ छ, जसले रुद्रमती (उत्ताउली, डरलाग्दी, चट्टानकटुवै रुद्रमती) धोवीखोलाको नामले नेपालमा प्रसिद्ध भइन् रे । उनको खाडीमा जलेको उपजदार क्रियाले पशुपतिबाबालाई वेश बाली उमार्ने र उपभोग गर्ने सौभाग्य मिलेको थियो । धोबीखोलाले चट्टान काटेर वाणेश्वरको पयर चुम्दै पूर्वपट्टि बडा सुन्दर, विचित्र शिल्पकारी तयार गरेकी छन् । जुनेलीको जाग्रतका दिनमा सौन्दर्यका विहारीहरूको झल्कने बालुवाको सिताराले झलमलाउँदी वन बगैँचाले सदा लहलहाउँदी निर्मल कलकले धोबीखोलाले पानी-पटाइ तथा जमिन तयारीको काम यति राम्रो देखाएकी थिइन् कि यो जग्गा अति रमणीय देखिन्थ्यो । भण्डारखालको पशुपतिनन्दनको पश्चिम पर्खालको गेरु घेरामनि विशाल फाँटमा मानव शिल्पकलाले आक्रमण गरेको थिएन । केवल सरकारतर्फबाट बिरुवा लगाइएको इँटघेराले सिँगारिएको मैतीदेवीको मूल सडकले मात्र खाडीको विशाल वक्षस्थलबिचमा चिरेको थियो ।

तर अब यस समयमा (जसको हामी उल्लेख गरिरहेछौँ) यस फाँटका किनारामा मानवको कृत्रिम सभ्यताले इँटका ढेरीले आक्रमण