Jump to content

Page:Laxmi nibandhasangraha.pdf/51: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
'शिशु फूल'१ फुल्थे। मैले ती खाना खाएँ, जो पीरहरूले फूलको कचौरामा
'शिशु फूल'<ref>मेरो एक गाइने गीतको शीर्षक ।</ref> फुल्थे । मैले ती खाना खाएँ, जो पीरहरूले फूलको कचौरामा
ल्याउँथे। के उषाका दरबारहरू दिउँसै बनाएर तिमीले हेरेका छैनौ ?
ल्याउँथे । के उषाका दरबारहरू दिउँसै बनाएर तिमीले हेरेका छैनौ ?
मेरा छिनाहरू मैले रूखका जरामा राखेथें; चराहरू फुलाउन ! नसुनेका
मेरा छिनाहरू मैले रूखका जरामा राखेथें; चराहरू फुलाउन ! नसुनेका
गानाहरू र नखाएका खानाहरू कहाँ खँदिला हुन्छन् ? मेरो मट्टीमा
गानाहरू र नखाएका खानाहरू कहाँ खँदिला हुन्छन् ? मेरो मट्टीमा
Line 6: Line 6:
छौ ? म अपूर्णतामा पूर्णता कसरी बोल्छ भन्दै विशालको मुटुमा स्पन्दन
छौ ? म अपूर्णतामा पूर्णता कसरी बोल्छ भन्दै विशालको मुटुमा स्पन्दन
सुन्दछु- मभित्र फुलेको फूलको कोपिला सुध्दै दुनियाँ सभ्यताको दावा
सुन्दछु- मभित्र फुलेको फूलको कोपिला सुध्दै दुनियाँ सभ्यताको दावा
गदछ। मेरा अस्फुट भावनाहरूमा यसका अदृष्ट निर्भर छन्। मेरो
गदछ । मेरा अस्फुट भावनाहरूमा यसका अदृष्ट निर्भर छन् । मेरो
विश्वासमा दुनियांले भारसाम्य पाएर अनन्ततामा जीवनता विस्तार
विश्वासमा दुनियांले भारसाम्य पाएर अनन्ततामा जीवनता विस्तार
पाउन आशा राख्तछ। मेरा मानव-कल्पनाहरूले यस शिशुलाई
पाउन आशा राख्तछ । मेरा मानव-कल्पनाहरूले यस शिशुलाई
पोसिरहेछन् । म भित्रबाट शून्य हुनुमा परमेश्वरको गादी थर्कन्छ । मेरो
पोसिरहेछन् । म भित्रबाट शून्य हुनुमा परमेश्वरको गादी थर्कन्छ । मेरो
सौन्दर्यंचेतमा कल्प सृष्टि भए; मेरा सत्य चेतमा वेदहरू कमलमा
सौन्दर्यंचेतमा कल्प सृष्टि भए; मेरा सत्य चेतमा वेदहरू कमलमा
फुले। मभित्र अतीतको कम्पन छः वर्तमानको स्पन्दन र मेरो हतपतमा
फुले । मभित्र अतीतको कम्पन छः वर्तमानको स्पन्दन र मेरो हतपतमा
भविष्यको चित्रण छ। मलाई ज्योतिषीका पूर्वदर्शिताका शक्तिहरू दिएका
भविष्यको चित्रण छ । मलाई ज्योतिषीका पूर्वदर्शिताका शक्तिहरू दिएका
छन्। म विरोधमा स्पन्दन पाएर तेस्रो तत्त्वमा साम्य लिन्छु ! म र
छन् । म विरोधमा स्पन्दन पाएर तेस्रो तत्त्वमा साम्य लिन्छु ! म र
विश्वबीचमा हुने सहानुभूतिको सूक्ष्मता देवताहरू स्वर्गको कल्पद्रुममनि
विश्वबीचमा हुने सहानुभूतिको सूक्ष्मता देवताहरू स्वर्गको कल्पद्रुममनि
बसेर पढ़िरहेछन् ! म नीतिको चन्द्र-सूर्य अडचाउँछ र मेरा भावनाहरूलाई
बसेर पढ़िरहेछन् ! म नीतिको चन्द्र-सूर्य अडचाउँछ र मेरा भावनाहरूलाई
अनुवादद्वारा परमेश्वरका संसृताका इच्छाका लहराका शब्दहरूले
अनुवादद्वारा परमेश्वरका संसृताका इच्छाका लहराका शब्दहरूले
अदलबदल गरिरहेछन् । मलाई हृदयमा विश्व भत्काउने शक्ति दिइएको
अदलबदल गरिरहेछन् । मलाई हृदयमा विश्व भत्काउने शक्ति दिइएको
छ ! र तैपनि मलाई दुनियाँ बुभदैन। दुनियांका धेरै सूक्ष्म कलाहरू अभ
छ ! र तैपनि मलाई दुनियाँ बुभदैन । दुनियांका धेरै सूक्ष्म कलाहरू अभ
मेरो गर्भमै छन् ! भाव, विश्वास, कल्पना, श्रद्धाका क्षेत्रमा तिनीहरू
मेरो गर्भमै छन् ! भाव, विश्वास, कल्पना, श्रद्धाका क्षेत्रमा तिनीहरू
अग्राह्य रूपमा विचरण गरिरहेछन् । म दुनियाँको भण्डार हुं र मबाट
अग्राह्य रूपमा विचरण गरिरहेछन् । म दुनियाँको भण्डार हुं र मबाट
Line 28: Line 28:
जहाँ समयका लहरहरूका चपतमा मेरो गहिराइ जीवन हो, अभिप्राय
जहाँ समयका लहरहरूका चपतमा मेरो गहिराइ जीवन हो, अभिप्राय
शब्द निकलने अन्तःकरणका ध्वनिहरू क्षण-क्षणका बाजामा बज्दै
शब्द निकलने अन्तःकरणका ध्वनिहरू क्षण-क्षणका बाजामा बज्दै
१. मेरो एक गाइने गीतको शीर्षक ।

Revision as of 21:01, 7 February 2025

This page has not been proofread

'शिशु फूल'[1] फुल्थे । मैले ती खाना खाएँ, जो पीरहरूले फूलको कचौरामा ल्याउँथे । के उषाका दरबारहरू दिउँसै बनाएर तिमीले हेरेका छैनौ ? मेरा छिनाहरू मैले रूखका जरामा राखेथें; चराहरू फुलाउन ! नसुनेका गानाहरू र नखाएका खानाहरू कहाँ खँदिला हुन्छन् ? मेरो मट्टीमा कहाँबाट किरण पस्यो ? विशाल फल्किरहेका शिखरहरू तिमीले देखेका छौ ? म अपूर्णतामा पूर्णता कसरी बोल्छ भन्दै विशालको मुटुमा स्पन्दन सुन्दछु- मभित्र फुलेको फूलको कोपिला सुध्दै दुनियाँ सभ्यताको दावा गदछ । मेरा अस्फुट भावनाहरूमा यसका अदृष्ट निर्भर छन् । मेरो विश्वासमा दुनियांले भारसाम्य पाएर अनन्ततामा जीवनता विस्तार पाउन आशा राख्तछ । मेरा मानव-कल्पनाहरूले यस शिशुलाई पोसिरहेछन् । म भित्रबाट शून्य हुनुमा परमेश्वरको गादी थर्कन्छ । मेरो सौन्दर्यंचेतमा कल्प सृष्टि भए; मेरा सत्य चेतमा वेदहरू कमलमा फुले । मभित्र अतीतको कम्पन छः वर्तमानको स्पन्दन र मेरो हतपतमा भविष्यको चित्रण छ । मलाई ज्योतिषीका पूर्वदर्शिताका शक्तिहरू दिएका छन् । म विरोधमा स्पन्दन पाएर तेस्रो तत्त्वमा साम्य लिन्छु ! म र विश्वबीचमा हुने सहानुभूतिको सूक्ष्मता देवताहरू स्वर्गको कल्पद्रुममनि बसेर पढ़िरहेछन् ! म नीतिको चन्द्र-सूर्य अडचाउँछ र मेरा भावनाहरूलाई अनुवादद्वारा परमेश्वरका संसृताका इच्छाका लहराका शब्दहरूले अदलबदल गरिरहेछन् । मलाई हृदयमा विश्व भत्काउने शक्ति दिइएको छ ! र तैपनि मलाई दुनियाँ बुभदैन । दुनियांका धेरै सूक्ष्म कलाहरू अभ मेरो गर्भमै छन् ! भाव, विश्वास, कल्पना, श्रद्धाका क्षेत्रमा तिनीहरू अग्राह्य रूपमा विचरण गरिरहेछन् । म दुनियाँको भण्डार हुं र मबाट बजारमा नचिनिने जुहारहरू फल्कदै बर्सिरहेछन् । म कहिले तिनलाई आँसु भन्छु, कहिले कविता, कहिले परमेश्वरका सूचनाहरू । तर दुनियाँले मलाई खोस्टो देख्तछ दुईहाते, दुईखुट्टे, दुईआँखे बिकम्मा माटाको खल्लो मूर्ति-जससँग लड़ाईँ-भिडाइँ गर्नु र स्पर्धा राख्नु उसको दैनिक जीवन हो र कसैले त्यहाँ हेन्यो- जहाँ म स्वर्ग र नरक सिर्जना गर्दछु ? त्यहाँ जहाँ समयका लहरहरूका चपतमा मेरो गहिराइ जीवन हो, अभिप्राय शब्द निकलने अन्तःकरणका ध्वनिहरू क्षण-क्षणका बाजामा बज्दै

  1. मेरो एक गाइने गीतको शीर्षक ।