Jump to content

Page:Laxmi nibandhasangraha.pdf/49: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
'जय जीवनदाता ! मलाई नछाड़े।' ऊ आफूलाई अमृत पिउने जीव
'जय जीवनदाता ! मलाई नछाडे ।' ऊ आफूलाई अमृत पिउने जीव
भन्ध्यो । उभिन्थ्यो, माली थियो, बोल्थ्यो, हाँगा-हाँगामा सपना देख्य्यो ।
भन्थ्यो । उभिन्थ्यो, माली थियो, बोल्थ्यो, हाँगा-हाँगामा सपना देख्य्यो ।
रङ्हरुलाई स्पर्श गथ्यों। किरणहरू तारमा बजाउँथ्यो। ऊ आफ्ना
रङ्गहरूलाई स्पर्श गर्थ्यो । किरणहरू तारमा बजाउँथ्यो । ऊ आफ्ना
संगीतलहरी सुनेर विराट्का नसा-नसाहरू बल्केको थाहा पाउँथ्यो ।
संगीतलहरी सुनेर विराट्का नसा-नसाहरू बल्केको थाहा पाउँथ्यो ।
त्राससँग ऊ त्यो समतौलमा रहन माग्दथ्यो जसमा ताराहरू रहे।
त्राससँग ऊ त्यो समतौलमा रहन माग्दथ्यो जसमा ताराहरू रहे ।
उसलाई फलू-फलूँ भन्ने भाव बिरुवाहरूबाट आउँथे। ऊ भन्थ्यो 'वा',
उसलाई फलूँ-फलूँ भन्ने भाव बिरुवाहरूबाट आउँथे । ऊ भन्थ्यो 'वा',
जब अँधेरीमा मौनको नबोल्ने गुजुल्टा फर्दथे । उसलाई प्रेम यति सरल
जब अँधेरीमा मौनको नबोल्ने गुजुल्टा झर्दथे । उसलाई प्रेम यति सरल
थियो कि गला सुके दूधनिमित्त चिल्लाई रोइदिए पुर्छ भन्ने चेतले आँखा
थियो कि गला सुके दूधनिमित्त चिल्लाई रोइदिए पुग्छ भन्ने चेतले आँखा
भिजाएर हात फ्याक्तथ्यो । उसमा विश्वास थियो- त्यो विश्वास, छुरीको
भिजाएर हात फ्याँक्तथ्यो । उसमा विश्वास थियो– त्यो विश्वास, छुरीको
टुप्पाअगाडी हाँस्तछ । 'मलाई यही कीराले आइँ गऱ्यो' भनेर रोइदिन्थ्यो ।
टुप्पाअगाडी हाँस्तछ । 'मलाई यही कीराले आइँ गऱ्यो' भनेर रोइदिन्थ्यो ।
खुट्टा निदाए पनि उसलाई बाबुको श्वासले फुकिदिए निको होला भन्ने
खुट्टा निदाए पनि उसलाई बाबुको श्वासले फुकिदिए निको होला भन्ने
पत्यार थियो । मरणासन्न वेदनामा पनि आँखा पिर्लिक्क पल्टाउदै
पत्यार थियो । मरणासन्न वेदनामा पनि आँखा पिर्लिक्क पल्टाउँदै
ओठ लेप्राउँदै ऊ बाबुको मुख हेनें ग्थ्यों, जबसम्म उसले अन्त्यको
ओठ लेप्राउँदै ऊ बाबुको मुख हेर्ने गर्थ्यो, जबसम्म उसले अन्त्यको
बाबुलाई चिनेन । हामी यही तवरले जीउ छाम्छौं; यसै गरी मर्दा छौं र
बाबुलाई चिनेन । हामी यही तवरले जीउ छाम्छौं; यसै गरी मर्दा छौं र
जीवन भन्ने जादू आजसम्म बुकिएन । माछाले पानी बुफेन, जिउनेले
जीवन भन्ने जादू आजसम्म बुझिएन । माछाले पानी बुझेन, जिउनेले
जीवन ।
जीवन ।


मेरा बाह्य कर्महरूले दुनियाँका इतिहास बनाए, जराले साहित्य ।
मेरा बाह्य कर्महरूले दुनियाँका इतिहास बनाए, जराले साहित्य ।
मनलाई बुभन आजकल तेतीस कोटी मनोविज्ञानका पुस्तकहरू लेखिए ।
मनलाई बुझ्न आजकल तेत्तीस कोटी मनोविज्ञानका पुस्तकहरू लेखिए ।
मैले कलेज र स्कूल पढ़ाइरहेछु, किनकि उनीहरू जीवनको अनुभव
मैले कलेज र स्कूल पढाइरहेछु, किनकि उनीहरू जीवनको अनुभव
पढ़छन, न कि कड़ालका भीषण जड़ताहरू। मेरा कानका निमित्त
पढ्छन, न कि कङ्कालका भीषण जडताहरू । मेरा कानका निमित्त
संगीतशास्त्र बन्यो र मलाई सुनाउनका निमित्त तानसेनहरू ? म आफै
संगीतशास्त्र बन्यो र मलाई सुनाउनका निमित्त तानसेनहरू ? म आफैं
गन्न सक्तिनँ कति राग र रागिनीहरू मलाई आनन्द दिन प्रबन्ध गरिए !
गन्न सक्तिनँ कति राग र रागिनीहरू मलाई आनन्द दिन प्रबन्ध गरिए !
मेरा आँखालाई आफ्नै सौखका ठेलीहरूले टट्टाइरहेछन् ' सिनेमा र
मेरा आँखालाई आफ्नै सौखका ठेलीहरूले टट्टाइरहेछन् सिनेमा र
विश्वसिनेमा यिनकै निमित्त जन्मिए ! मेरो नाकलाई उषाले फूलबाट
विश्वसिनेमा यिनकै निमित्त जन्मिए ! मेरो नाकलाई उषाले फूलबाट
शीतमय बास्ता निकालिरहिछन्- कृत्रिम अत्तरहरूको विभिन्नता र तिनका
शीतमय बास्ना निकालिरहिछन्– कृत्रिम अत्तरहरूको विभिन्नता र तिनका
कारखानाउपर किन व्याख्यान छाँटूँ ? स्पर्शलाई सिमल फुले ! स्वादलाई
कारखानाउपर किन व्याख्यान छाँटूँ ? स्पर्शलाई सिमल फुले ! स्वादलाई
सबै घर खानसामा बनिरहेछन् । रौं तलास्न पचास करोड़ दैनिक खर्च !
सबै घर खानसामा बनिरहेछन् । रौं तलास्न पचास करोड दैनिक खर्च !
मलाई खोल बनाउन तीन सय ऱ्याडिन कम्पनी जन्मेर छाँटकाँटको
मलाई खोल बनाउन तीन सय र्याङ्किन कम्पनी जन्मेर छाँटकाँटको
विज्ञान पढ़िरहेछन् । मेरो जुँघा छाँटन तीन लाख फ्याक्टरीहरू कुइँ-कुई
विज्ञान पढिरहेछन् । मेरो जुँघा छाँट्न तीन लाख फ्याक्टरीहरू कुइँ-कुइँ
गरिरहेछन् छुरा र डाठका निमित्त ! यो मेरो बाहिरी सौखले दुनियाँमा
गरिरहेछन् छुरा र डाँठका निमित्त ! यो मेरो बाहिरी सौखले दुनियाँमा
उद्योगकला फैलिएर यान्त्रिक युगमा मानवजाति आइपुगिरहेछ । मलाई
उद्योगकला फैलिएर यान्त्रिक युगमा मानवजाति आइपुगिरहेछ । मलाई

Latest revision as of 20:48, 7 February 2025

This page has been proofread

'जय जीवनदाता ! मलाई नछाडे ।' ऊ आफूलाई अमृत पिउने जीव भन्थ्यो । उभिन्थ्यो, माली थियो, बोल्थ्यो, हाँगा-हाँगामा सपना देख्य्यो । रङ्गहरूलाई स्पर्श गर्थ्यो । किरणहरू तारमा बजाउँथ्यो । ऊ आफ्ना संगीतलहरी सुनेर विराट्का नसा-नसाहरू बल्केको थाहा पाउँथ्यो । त्राससँग ऊ त्यो समतौलमा रहन माग्दथ्यो जसमा ताराहरू रहे । उसलाई फलूँ-फलूँ भन्ने भाव बिरुवाहरूबाट आउँथे । ऊ भन्थ्यो 'वा', जब अँधेरीमा मौनको नबोल्ने गुजुल्टा झर्दथे । उसलाई प्रेम यति सरल थियो कि गला सुके दूधनिमित्त चिल्लाई रोइदिए पुग्छ भन्ने चेतले आँखा भिजाएर हात फ्याँक्तथ्यो । उसमा विश्वास थियो– त्यो विश्वास, छुरीको टुप्पाअगाडी हाँस्तछ । 'मलाई यही कीराले आइँ गऱ्यो' भनेर रोइदिन्थ्यो । खुट्टा निदाए पनि उसलाई बाबुको श्वासले फुकिदिए निको होला भन्ने पत्यार थियो । मरणासन्न वेदनामा पनि आँखा पिर्लिक्क पल्टाउँदै ओठ लेप्राउँदै ऊ बाबुको मुख हेर्ने गर्थ्यो, जबसम्म उसले अन्त्यको बाबुलाई चिनेन । हामी यही तवरले जीउ छाम्छौं; यसै गरी मर्दा छौं र जीवन भन्ने जादू आजसम्म बुझिएन । माछाले पानी बुझेन, जिउनेले जीवन ।

मेरा बाह्य कर्महरूले दुनियाँका इतिहास बनाए, जराले साहित्य । मनलाई बुझ्न आजकल तेत्तीस कोटी मनोविज्ञानका पुस्तकहरू लेखिए । मैले कलेज र स्कूल पढाइरहेछु, किनकि उनीहरू जीवनको अनुभव पढ्छन, न कि कङ्कालका भीषण जडताहरू । मेरा कानका निमित्त संगीतशास्त्र बन्यो र मलाई सुनाउनका निमित्त तानसेनहरू ? म आफैं गन्न सक्तिनँ कति राग र रागिनीहरू मलाई आनन्द दिन प्रबन्ध गरिए ! मेरा आँखालाई आफ्नै सौखका ठेलीहरूले टट्टाइरहेछन् । सिनेमा र विश्वसिनेमा यिनकै निमित्त जन्मिए ! मेरो नाकलाई उषाले फूलबाट शीतमय बास्ना निकालिरहिछन्– कृत्रिम अत्तरहरूको विभिन्नता र तिनका कारखानाउपर किन व्याख्यान छाँटूँ ? स्पर्शलाई सिमल फुले ! स्वादलाई सबै घर खानसामा बनिरहेछन् । रौं तलास्न पचास करोड दैनिक खर्च ! मलाई खोल बनाउन तीन सय र्याङ्किन कम्पनी जन्मेर छाँटकाँटको विज्ञान पढिरहेछन् । मेरो जुँघा छाँट्न तीन लाख फ्याक्टरीहरू कुइँ-कुइँ गरिरहेछन् छुरा र डाँठका निमित्त ! यो मेरो बाहिरी सौखले दुनियाँमा उद्योगकला फैलिएर यान्त्रिक युगमा मानवजाति आइपुगिरहेछ । मलाई