Page:Lalitya bhag 1 ra 2.pdf/132: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''प्रभात'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} रात पश्चिम दिशातिर भाग्यो ::अन्धकार उसको पछि लाग्यो । लोकमा छ दिनको अब पालो ::देखियो गगन केहि उज्यालो । {{pcn|(२)}} विश्वमा न त समस्त उज्यालो ::अन्धकार न त पू..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 15:05, 25 June 2025
This page has been proofread
प्रभात
(१)
रात पश्चिम दिशातिर भाग्यो
अन्धकार उसको पछि लाग्यो ।
लोकमा छ दिनको अब पालो
देखियो गगन केहि उज्यालो ।
(२)
विश्वमा न त समस्त उज्यालो
अन्धकार न त पूर्ण छ कालो ।
पुण्य-पाप-मय-जीवन-सङ्गी-
जीव झैँ जगत भो दुइरङ्गी ॥
(३)
चन्द्र-बिम्ब गगनाऽऽन्तर-चारी
मन्द मन्द मलिनाऽऽकृति-धारी ।
हेर अस्तगिरिका शिर पारि
देखियो दबिनलाइ तयारी ॥