Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/129: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''जीवन-ज्योति'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} दिनकर घुमून्‌ वा पृथ्वी घुमून्‌ वा, हावा घुमोस्‌ वा जल घुमोस्‌ ::शिशुमारनामा चक्रै घुमोस्‌ वा विकराल अथवा कालै घुमोस्‌ । जुन वस्तु हो त्यो हर्..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 12: Line 12:
फनफन घुमेको उस चक्रको सब, सञ्चालना उही जान्दछ
फनफन घुमेको उस चक्रको सब, सञ्चालना उही जान्दछ
::जसलाई हाम्रो वेद सर्व-व्यापी पिता भनी मान्दछ ।
::जसलाई हाम्रो वेद सर्व-व्यापी पिता भनी मान्दछ ।
न त आदि उसको पाइन्छ कहीँ न त अन्त्य काहीँ मिल्दछ
न त आदि उसको पाइन्छ कहीँ न त अन्त्य काहीँ मिल्दछ
::जो गर्छ खोज उसको उसैको सत्ता उसैमा मिल्दछ ॥
::जो गर्छ खोज उसको उसैको सत्ता उसैमा मिल्दछ ॥



Latest revision as of 15:02, 25 June 2025

This page has been proofread
जीवन-ज्योति

(१)
दिनकर घुमून्‌ वा पृथ्वी घुमून्‌ वा, हावा घुमोस्‌ वा जल घुमोस्‌
शिशुमारनामा चक्रै घुमोस्‌ वा विकराल अथवा कालै घुमोस्‌ ।
जुन वस्तु हो त्यो हर्दम्‌ घुमेको उसको घुमावट धन्य हो
जसबाट निस्क्यो झलमल्ल यस्तो यो विश्व-जीवन-बिजुली अहो !

(२)
फनफन घुमेको उस चक्रको सब, सञ्चालना उही जान्दछ
जसलाई हाम्रो वेद सर्व-व्यापी पिता भनी मान्दछ ।
न त आदि उसको पाइन्छ कहीँ न त अन्त्य काहीँ मिल्दछ
जो गर्छ खोज उसको उसैको सत्ता उसैमा मिल्दछ ॥

(३)
यो विश्व-जीवन-सौदामिनीको सञ्चार गर्ने घर ठुलो
होला कहाँ त्यो ? कुन रेलिँदो हो त्यसमा अगम्‌ गतिमा कुलो ?
यो तर्क गर्दागर्दै सबैको शिर घुम्छ त्यो चक्र सरि
घन्कन्छ आखिर व्यामोहको नै खाली गगनमा बाँसुरी ॥