Page:Lalitya bhag 1 ra 2.pdf/122: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''कन्याहरूको गौरीसित अभ्यर्थना'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} जय जय गौरी ! शैलकुमारी ! ::महिमा प्रभुको मङ्गलकारी । निशिदिन हाम्रो दिलमा भित्र ::खेलोस् भरदै भाव पवित्र ॥ {{pcn|(२)}} सरल कुमारी-वय..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Latest revision as of 21:18, 24 June 2025
This page has been proofread
कन्याहरूको गौरीसित अभ्यर्थना
(१)
जय जय गौरी ! शैलकुमारी !
महिमा प्रभुको मङ्गलकारी ।
निशिदिन हाम्रो दिलमा भित्र
खेलोस् भरदै भाव पवित्र ॥
(२)
सरल कुमारी-वय यो हाम्रो
फुलको कलि झैँ कोमल राम्रो ।
क्रमसित यो सब फक्रन पाओस्
राप तापको आँच नआओस् ॥
(३)
गुण गौरवको यशको खास
यसमा मगमग मधुर सुवास ।
जननी ! पल-पल चढ्दै जाओस्
अपयश-बदबू घुस्न नपाओस् ॥