Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/119: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२)}} उतार त्यो भारी मधुर करुणा-द्वार मनको ::गरी रक्षा सारा विकल बिचरा दीन जनको । यता विश्व-प्रेमी बन, मनुज-चोला सफल होस्‌ ::उता स्वर्गद्वार क्षणभर पनी बन्द नरहोस्..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread

Latest revision as of 21:15, 24 June 2025

This page has been proofread

(१२)
उतार त्यो भारी मधुर करुणा-द्वार मनको
गरी रक्षा सारा विकल बिचरा दीन जनको ।
यता विश्व-प्रेमी बन, मनुज-चोला सफल होस्‌
उता स्वर्गद्वार क्षणभर पनी बन्द नरहोस्‌ ॥

(१३)
तिमीभन्दा लाखौँ गुन अझ धनी मानिस पनि
डुलेका छन् बाबा ! फगत भिखमङ्गा सरि बनी ।
विधाताको सारा अघट घटना सम्झ मनमा
सबै मेरो मेरो भनि नभुल यो मोह-वनमा ॥

(१४)

कदाचित्‌ यो तिम्रो भवन चकानाचूर पहिले
हुँदो हो ता हुन्थ्यो कसरि किन यो भेट अहिले ।
दया राख्यो भारी सदय विधिले सङ्गत भयो
सुन्यौ मेरो सानू चिरिबिरि, सबै पाठ पढ यो ।

(१५)
कसै शक्तैनौ यो यदि तिमि भने घच्च सहन
मलाई द्यौ बाबा ! फगत अब यो रात रहन ।
म भोली नै जान्छू नृपतिसँग भूकम्प कहन
पखेटा छन्‌, सक्छू अझ त नभमा सर्र बहन ॥