Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/117: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} बिरालाको फेरि अधम चिलको, काग शठको ::शिकारी बोहोरी, कुकुरहरुका दुष्ट हठको । परी शङ्का भारी सबतिर विचारी डुलि डुलि ::निराशामा रुन्थेँ अघि अघचिलो ठाम नमिली ॥ {{pcn..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread

Latest revision as of 21:13, 24 June 2025

This page has been proofread

(४)
बिरालाको फेरि अधम चिलको, काग शठको
शिकारी बोहोरी, कुकुरहरुका दुष्ट हठको ।
परी शङ्का भारी सबतिर विचारी डुलि डुलि
निराशामा रुन्थेँ अघि अघचिलो ठाम नमिली ॥

(५)
यहाँ तिम्रो सानू घर महल वा रामझुपडी
खडा देखी राम्रो गगन-बिच खेल्दै लडिबुडी ।
पसेको हूँ बाबा ! अलि दिन बसूँला कि म भनी
प्रियाको आगामी प्रसव दिनको उत्सव गनी ॥

(६)
तिमी भन्छौ मेरो सकल घर यो खास यसमा
चरी घुस्यो सानू कुन चिरिबिरे रङ्गरसमा ।
म भन्छू हे बाबा ! घर महल मेरो छ नभन
पलामा घर्केका घर उपर दौडाउ नयन ॥

(७)
निमेषैमा भत्की घररर गरी घर्र त्यसरी
ढली ज्यानै हर्ने घर छ डरको दीर्घ भुमरी ।
विधाताको भित्रै मधुर करुणाको रस परी
परेनौँ तै हामी विकट भुमरीमा अरु सरि ॥