Page:Ek chihan.pdf/114: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
क्रमैसित बेलुका पनि हुँदै आयो । नानीथकुँलाई पठाउने सुरसार पनि | |||
गरिन लाग्यो । बिदाइ हुन लाग्दा | गरिन लाग्यो । बिदाइ हुन लाग्दा नानीथकुँलाई आमा, दाजु, भाउजूहरूले | ||
आशिष् दिए । अत्यधिक | आशिष् दिए । अत्यधिक माया ममताका कारण बिदाइको बेलामा लतमायाले | ||
रोक्न खोज्दा पनि आँसु नचुहाईकन बस्न सकिनन्, भाउजूहरू सबैका आँखामा | रोक्न खोज्दा पनि आँसु नचुहाईकन बस्न सकिनन्, भाउजूहरू सबैका आँखामा | ||
गहभरि आँसु थियो । दाजुहरूका दिलमा पनि | गहभरि आँसु थियो । दाजुहरूका दिलमा पनि नानीथकुँको माया ममताले | ||
चिमोटेको थियो । | चिमोटेको थियो । | ||
करिब आठ बजेतिर एक जना मानिसका साथ | करिब आठ बजेतिर एक जना मानिसका साथ नानीथकुँलाई बिदाइ | ||
गरी पुऱ्याउन पठाइयो । उनलाई दाइजोको रूपमा समेत विशेष दिन सकेनन्, | गरी पुऱ्याउन पठाइयो । उनलाई दाइजोको रूपमा समेत विशेष दिन सकेनन्, | ||
खालि– एक जोर चर्खा, हँसिया, हथौडा, कुटो, कोदालो, कोदाली, डल्लेठो | |||
आदि । बस, यत्तिकै दाइजोका साथ जुवाइँलाई उपहार भनी एक जोर खर्पन, | आदि । बस, यत्तिकै दाइजोका साथ जुवाइँलाई उपहार भनी एक जोर खर्पन, | ||
एउटा डोको, एउटा डालो, नेपाली कुटो, कोदालो, एउटा खुकुरी, एउटा | एउटा डोको, एउटा डालो, नेपाली कुटो, कोदालो, एउटा खुकुरी, एउटा | ||
भादगाउँले टोपी र एउटा नेपालको नक्सा पनि दिई पठाएका थिए । | भादगाउँले टोपी र एउटा नेपालको नक्सा पनि दिई पठाएका थिए । | ||
ढोगभेट र बिदाइसँगै | ढोगभेट र बिदाइसँगै नानीथकुँ घरका सबै मानिसबाट पाएका आशिष् | ||
शुभेच्छा शिरोपर गरेर एउटा साथीको साथमा सरासर गइन् । | शुभेच्छा शिरोपर गरेर एउटा साथीको साथमा सरासर गइन् । राम खेलावन | ||
राउत | राउत पुतली सडकमा बसि रहेका थिए । बल्ल उनको प्रतीक्षा पूर्ण भयो । | ||
नानीथकुँलाई उनले आफ्नै कोठामा पुऱ्याउन आएका मानिस एक छिन बसी | |||
फर्के । | फर्के । राम खेलावन राउतका डेरामा अब आफू र आफ्नी जीवन सँगिनी | ||
नानीथकुँ बाहेक अरू कोही छैन । | |||
यी दुईको भाषा मिल्दैन र एकले अर्काको कुरा त्यति बुझ्दैनन् पनि तर | यी दुईको भाषा मिल्दैन र एकले अर्काको कुरा त्यति बुझ्दैनन् पनि तर | ||
यिनीहरू आपसमा कुरा गर्न चाहन्छन्, ठट्टा गर्न चाहन्छन् र दुवै जना | यिनीहरू आपसमा कुरा गर्न चाहन्छन्, ठट्टा गर्न चाहन्छन् र दुवै जना | ||
एकअर्काको दिलमा प्रेम पोख्न आतुर | एकअर्काको दिलमा प्रेम पोख्न आतुर भइ रहेका छन् । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 23:00, 23 June 2025
क्रमैसित बेलुका पनि हुँदै आयो । नानीथकुँलाई पठाउने सुरसार पनि गरिन लाग्यो । बिदाइ हुन लाग्दा नानीथकुँलाई आमा, दाजु, भाउजूहरूले आशिष् दिए । अत्यधिक माया ममताका कारण बिदाइको बेलामा लतमायाले रोक्न खोज्दा पनि आँसु नचुहाईकन बस्न सकिनन्, भाउजूहरू सबैका आँखामा गहभरि आँसु थियो । दाजुहरूका दिलमा पनि नानीथकुँको माया ममताले चिमोटेको थियो ।
करिब आठ बजेतिर एक जना मानिसका साथ नानीथकुँलाई बिदाइ गरी पुऱ्याउन पठाइयो । उनलाई दाइजोको रूपमा समेत विशेष दिन सकेनन्, खालि– एक जोर चर्खा, हँसिया, हथौडा, कुटो, कोदालो, कोदाली, डल्लेठो आदि । बस, यत्तिकै दाइजोका साथ जुवाइँलाई उपहार भनी एक जोर खर्पन, एउटा डोको, एउटा डालो, नेपाली कुटो, कोदालो, एउटा खुकुरी, एउटा भादगाउँले टोपी र एउटा नेपालको नक्सा पनि दिई पठाएका थिए ।
ढोगभेट र बिदाइसँगै नानीथकुँ घरका सबै मानिसबाट पाएका आशिष् शुभेच्छा शिरोपर गरेर एउटा साथीको साथमा सरासर गइन् । राम खेलावन राउत पुतली सडकमा बसि रहेका थिए । बल्ल उनको प्रतीक्षा पूर्ण भयो । नानीथकुँलाई उनले आफ्नै कोठामा पुऱ्याउन आएका मानिस एक छिन बसी फर्के । राम खेलावन राउतका डेरामा अब आफू र आफ्नी जीवन सँगिनी नानीथकुँ बाहेक अरू कोही छैन ।
यी दुईको भाषा मिल्दैन र एकले अर्काको कुरा त्यति बुझ्दैनन् पनि तर यिनीहरू आपसमा कुरा गर्न चाहन्छन्, ठट्टा गर्न चाहन्छन् र दुवै जना एकअर्काको दिलमा प्रेम पोख्न आतुर भइ रहेका छन् ।