Jump to content

Page:Ek chihan.pdf/90: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा यसपालि
"बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा यस पालि
राम्रो बाली फलोस् । अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने  
राम्रो बाली फलोस् । अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने  
भन शिव नारान । सुब्बासाहेबसित म बिन्ती गरिदिनेछु ।" स्नेहपूर्ण भावमा  
भन शिव नारान । सुब्बा साहेबसित म बिन्ती गरि दिने छु ।" स्नेहपूर्ण भावमा  
रामबहादुरले भने ।
राम बहादुरले भने ।


"धन्यवाद छ तपाईंको यो कृपालाई पनि रामबहादुरजी । अहिले  
"धन्यवाद छ तपाईंको यो कृपालाई पनि राम बहादुरजी । अहिले  
मलाई केही खाँचो छैन, कुनै कुराको जरुरत परेमा तपाईंहरू भइहाल्नुहुन्छ
मलाई केही खाँचो छैन, कुनै कुराको जरुरत परेमा तपाईंहरू भइ हाल्नु हुन्छ
नि भन्ने याद गरी म भरोसा गर्नेछु ।" खुसी मान्दै शिव नारानले भने ।
नि भन्ने याद गरी म भरोसा गर्नेछु ।" खुसी मान्दै शिव नारानले भने ।


"कति चाँडो तिम्रो खेतमा रोपाइँ सिद्धिएको शिव नारान ? सायद  
"कति चाँडो तिम्रो खेतमा रोपाइँ सिद्धिएको शिव नारान ? सायद  
सबभन्दा पहिले रोपाइँ भएको यसपालि तिम्रै खेतमा हो कि ?" रामबहादुरले
सबभन्दा पहिले रोपाइँ भएको यस पालि तिम्रै खेतमा हो कि ?" राम बहादुरले
भने । "सबभन्दा पहिले मेरै खेतमा रोपाइँ भएकै होला भन्न त म सक्तिनँ  
भने ।  
तर यसपालि मेरो रोपाईं चाँडै नै सिद्धियो भन्नुपर्छ ।" हाँस्तै शिव
 
"सबभन्दा पहिले मेरै खेतमा रोपाइँ भएकै होला भन्न त म सक्तिनँ  
तर यस पालि मेरो रोपाईं चाँडै नै सिद्धियो भन्नु पर्छ ।" हाँस्तै शिव
नारानले भने ।
नारानले भने ।


"त्यसो भए अहिलेलाई केही मद्दत चाहिँदैन होइन ? सुब्बासाहेबलाई
"त्यसो भए अहिलेलाई केही मद्दत चाहिँदैन होइन ? सुब्बा साहेबलाई
त्यही बिन्ती चढाइदिऊँ है त ? हाम्रा सुब्बासाहेबको दिल ज्यादै फराकिलो  
त्यही बिन्ती चढाइ दिऊँ है त ? हाम्रा सुब्बा साहेबको दिल ज्यादै फराकिलो  
छ हगि शिव नारान ? हिजोआज त्यस्ता देउता कहाँ पाउन सकिन्छ ? कत्रो  
छ हगि शिव नारान ? हिजोआज त्यस्ता देउता कहाँ पाउन सकिन्छ ? कत्रो  
विवेक हेर उहाँको ! भन त शिव नारान ! तिमीलाई कस्तो लाग्छ सुब्बा
विवेक हेर उहाँको ! भन त शिव नारान ! तिमीलाई कस्तो लाग्छ सुब्बा
साहेब ?" रामबहादुरले सुब्बा सुरमानको तारिफ गर्दै भने ।
साहेब ?" राम बहादुरले सुब्बा सुरमानको तारिफ गर्दै भने ।


"अँ, त्यसै भन्नुपर्छ, त्यस्ता मानिस कहाँ पाउनु !"
"अँ, त्यसै भन्नु पर्छ, त्यस्ता मानिस कहाँ पाउनु !"


"त्यसैले मैले पनि जोर गरेको शिव नारान ! तिमी सधैँ खेतमा हुने  
"त्यसैले मैले पनि जोर गरेको शिव नारान ! तिमी सधैँ खेतमा हुने  
Line 26: Line 28:
दिन्छु' भनी तिम्री आमाले भनेकीले त्यस कुराका निम्ति म आज यहाँ आएको  
दिन्छु' भनी तिम्री आमाले भनेकीले त्यस कुराका निम्ति म आज यहाँ आएको  
हुँ । मेरो भाग्यले झन् आज तिमीलाई नै भेट्न पाएँ ।" सिलसिला मिलाउँदै  
हुँ । मेरो भाग्यले झन् आज तिमीलाई नै भेट्न पाएँ ।" सिलसिला मिलाउँदै  
रामबहादुरले मौका छोपेर भने ।
राम बहादुरले मौका छोपेर भने ।


"ए रामबहादुरजी ! तपाईं नरिसाउनुहोला ।" विनम्र भावमा शिव
"ए राम बहादुरजी ! तपाईं नरिसाउनु होला ।" विनम्र भावमा शिव
नारानले भने– "तपाईंले गर्नुभएको कुरा नहुने भयो, तपाईंलाई बिनसित्ति  
नारानले भने– "तपाईंले गर्नु भएको कुरा नहुने भयो, तपाईंलाई बिनसित्ति  
फुलाएर आशा देखाइराख्नु मनासिब छैन, मेरो त्यस्तो बानी पनि छैन । सफा  
झुलाएर आशा देखाइ राख्नु मनासिब छैन, मेरो त्यस्तो बानी पनि छैन । सफा  
भनिदिन म राम्रो ठान्दछु । कुराको मजबुन यही हो कि तपाईंले गर्नुभएको
भनि दिन म राम्रो ठान्दछु । कुराको मजबुन यही हो कि तपाईंले गर्नु भएको
कुरा हामीलाई बिलकुल मन्जुर भएन ।"
कुरा हामीलाई बिलकुल मन्जुर भएन ।"
{{nop}}
{{nop}}

Latest revision as of 15:32, 23 June 2025

This page has been proofread

"बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा यस पालि राम्रो बाली फलोस् । अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने भन शिव नारान । सुब्बा साहेबसित म बिन्ती गरि दिने छु ।" स्नेहपूर्ण भावमा राम बहादुरले भने ।

"धन्यवाद छ तपाईंको यो कृपालाई पनि राम बहादुरजी । अहिले मलाई केही खाँचो छैन, कुनै कुराको जरुरत परेमा तपाईंहरू भइ हाल्नु हुन्छ नि भन्ने याद गरी म भरोसा गर्नेछु ।" खुसी मान्दै शिव नारानले भने ।

"कति चाँडो तिम्रो खेतमा रोपाइँ सिद्धिएको शिव नारान ? सायद सबभन्दा पहिले रोपाइँ भएको यस पालि तिम्रै खेतमा हो कि ?" राम बहादुरले भने ।

"सबभन्दा पहिले मेरै खेतमा रोपाइँ भएकै होला भन्न त म सक्तिनँ तर यस पालि मेरो रोपाईं चाँडै नै सिद्धियो भन्नु पर्छ ।" हाँस्तै शिव नारानले भने ।

"त्यसो भए अहिलेलाई केही मद्दत चाहिँदैन होइन ? सुब्बा साहेबलाई त्यही बिन्ती चढाइ दिऊँ है त ? हाम्रा सुब्बा साहेबको दिल ज्यादै फराकिलो छ हगि शिव नारान ? हिजोआज त्यस्ता देउता कहाँ पाउन सकिन्छ ? कत्रो विवेक हेर उहाँको ! भन त शिव नारान ! तिमीलाई कस्तो लाग्छ सुब्बा साहेब ?" राम बहादुरले सुब्बा सुरमानको तारिफ गर्दै भने ।

"अँ, त्यसै भन्नु पर्छ, त्यस्ता मानिस कहाँ पाउनु !"

"त्यसैले मैले पनि जोर गरेको शिव नारान ! तिमी सधैँ खेतमा हुने हुनाले तिम्री आमालाई जम्मै कुरा भनेर गएको थिएँ । 'आज पक्का जबाफ दिन्छु' भनी तिम्री आमाले भनेकीले त्यस कुराका निम्ति म आज यहाँ आएको हुँ । मेरो भाग्यले झन् आज तिमीलाई नै भेट्न पाएँ ।" सिलसिला मिलाउँदै राम बहादुरले मौका छोपेर भने ।

"ए राम बहादुरजी ! तपाईं नरिसाउनु होला ।" विनम्र भावमा शिव नारानले भने– "तपाईंले गर्नु भएको कुरा नहुने भयो, तपाईंलाई बिनसित्ति झुलाएर आशा देखाइ राख्नु मनासिब छैन, मेरो त्यस्तो बानी पनि छैन । सफा भनि दिन म राम्रो ठान्दछु । कुराको मजबुन यही हो कि तपाईंले गर्नु भएको कुरा हामीलाई बिलकुल मन्जुर भएन ।"