Page:Ek chihan.pdf/82: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{right|{{larger|'''तेइस'''}}}} | {{right|{{larger|'''तेइस'''}}}} | ||
आज शिव नारानको खेतमा रोपाइँ | आज शिव नारानको खेतमा रोपाइँ भइ रहेको छ । आज आफ्नो | ||
रोपाइँको दिन हुनाले पुन नारान र हर्ष नारान पनि | खेतको रोपाइँको दिन हुनाले पुन नारान र हर्ष नारान पनि आफ्नो सिकर्मी र | ||
ज्यामीको काममा नगई खेतमा रोपाइँ गर्न जुटि रहेका छन् । लतमाया र | |||
नानीथकुँ पनि रोपाइँमा लागिरहेका छन् । | नानीथकुँ पनि रोपाइँमा लागिरहेका छन् । आज शिव नारानको परिवारका | ||
सारा सदस्य सोपाइँको काममा मग्नमस्त छन् । सब खुसी, दङ्ग भएर, नाचेर | |||
रोपाइँ | रोपाइँ गरि रहेका छन् । नानीथकुँ उपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको | ||
थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा | थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा | ||
समस्या | समस्या अल्झि रहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी | ||
सदस्यहरू सरह नै नानीथकुँ पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त | |||
छिन् । उनी पनि | छिन् । उनी पनि अरू सरह नाच्तै गाउँदै मस्तानामा कुदि रहेकी छिन् किनभने | ||
नानीथकुँलाई राम्ररी थाहा छ, उनका बाबु | नानीथकुँलाई राम्ररी थाहा छ, उनका बाबु अष्ट नारानलाई रोपाइँको दिनमा | ||
जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई | जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई | ||
त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । | त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । | ||
रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा | रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्म आह्वान गरेको दिन | ||
सम्झन्थे । | सम्झन्थे । यस कारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन | ||
भए तापनि 'आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको | भए तापनि 'आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको | ||
आत्मालाई आघात पुऱ्याउनु हो' भन्ने सम्झेर नानीथकुँ दुःखमा पनि सुखको | आत्मालाई आघात पुऱ्याउनु हो' भन्ने सम्झेर नानीथकुँ दुःखमा पनि सुखको | ||
अनुभव, अनुभूति गरी हर्ष | अनुभव, अनुभूति गरी हर्ष मनाइ रहेकी हुन् । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 22:41, 22 June 2025
तेइस
आज शिव नारानको खेतमा रोपाइँ भइ रहेको छ । आज आफ्नो खेतको रोपाइँको दिन हुनाले पुन नारान र हर्ष नारान पनि आफ्नो सिकर्मी र ज्यामीको काममा नगई खेतमा रोपाइँ गर्न जुटि रहेका छन् । लतमाया र नानीथकुँ पनि रोपाइँमा लागिरहेका छन् । आज शिव नारानको परिवारका सारा सदस्य सोपाइँको काममा मग्नमस्त छन् । सब खुसी, दङ्ग भएर, नाचेर रोपाइँ गरि रहेका छन् । नानीथकुँ उपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा समस्या अल्झि रहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी सदस्यहरू सरह नै नानीथकुँ पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त छिन् । उनी पनि अरू सरह नाच्तै गाउँदै मस्तानामा कुदि रहेकी छिन् किनभने नानीथकुँलाई राम्ररी थाहा छ, उनका बाबु अष्ट नारानलाई रोपाइँको दिनमा जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्म आह्वान गरेको दिन सम्झन्थे । यस कारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन भए तापनि 'आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको आत्मालाई आघात पुऱ्याउनु हो' भन्ने सम्झेर नानीथकुँ दुःखमा पनि सुखको अनुभव, अनुभूति गरी हर्ष मनाइ रहेकी हुन् ।