Page:Ek chihan.pdf/84: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे । | साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे । | ||
डाक्टर | डाक्टर गोदत्त प्रसाद आइपुग्दा रोपाइँ सिद्धिनै लागेको थियो । | ||
चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त ! | चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त ! | ||
उनी आउनासाथै रोपाइँ गरिरहेकाहरूलाई आफ्नो प्रसन्न चेहराले स्वागत | उनी आउनासाथै रोपाइँ गरिरहेकाहरूलाई आफ्नो प्रसन्न चेहराले स्वागत | ||
Line 8: | Line 8: | ||
सुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, अनेक जातका खाने | सुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, अनेक जातका खाने | ||
मसलाहरू सकेसम्म सफासुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा | मसलाहरू सकेसम्म सफासुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा | ||
बेरिएका होइनन्; | बेरिएका होइनन्; आठ–आठ पैसा जाने खुला बिरा; पानमा मगमग बास्ना | ||
आउने मसला पनि हाल्न लगाइएको थियो । | आउने मसला पनि हाल्न लगाइएको थियो । | ||
डाक्टर | डाक्टर गोदत्त प्रसादले सबभन्दा पहिले शिव नारानलाई नै पान अर्पण | ||
गरे । सत्कारको भावमा मुसुक्क हाँसेर | गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिव नारानले पानसुपारी अँजुलीमा | ||
थापेर लिए । यस क्रियाले डाक्टर | थापेर लिए । यस क्रियाले डाक्टर गोदत्त प्रसादलाई बडो सन्तोष र आनन्द | ||
भयो । अनि उनले | भयो । अनि उनले शिव नारानको परिवारका अरू सदस्यलाई पनि यस्तै | ||
भावनामा पानसुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको | भावनामा पानसुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको | ||
हुनाले | हुनाले नानीथकुँको हात थाप्ने समय झन्डै बीचक्रममा परेको थियो । सबै | ||
परिवारलाई बाँडिसकेपछि डाक्टर | परिवारलाई बाँडिसकेपछि डाक्टर गोदत्त प्रसादले खेतालाहरूलाई पनि | ||
त्यत्तिकै श्रद्धा र स्नेहमा पानसुपारी बाँडेका थिए । | त्यत्तिकै श्रद्धा र स्नेहमा पानसुपारी बाँडेका थिए । | ||
Line 26: | Line 26: | ||
थियो । यही चरमसीमामा पुगेको आवेशमा रोपाहारहरू हिलेपानी आकाशमा | थियो । यही चरमसीमामा पुगेको आवेशमा रोपाहारहरू हिलेपानी आकाशमा | ||
छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकुंले पनि हिलेपानी आकाशमा | छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकुंले पनि हिलेपानी आकाशमा | ||
छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर | छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्त प्रसाद उभिइरहेको ठाउँमा | ||
हिलेपानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्त | हिलेपानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्त | ||
प्रसाद हिलेपानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँड | प्रसाद हिलेपानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँड | ||
रक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर | रक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर गोदत्त प्रसाद |
Revision as of 21:59, 22 June 2025
आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइपुग्नाका साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे ।
डाक्टर गोदत्त प्रसाद आइपुग्दा रोपाइँ सिद्धिनै लागेको थियो । चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त ! उनी आउनासाथै रोपाइँ गरिरहेकाहरूलाई आफ्नो प्रसन्न चेहराले स्वागत गर्दै बडो गहिरो शुभेच्छा भाव देखाएर पानसुपारी बाँड्न थाले । पान सुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, अनेक जातका खाने मसलाहरू सकेसम्म सफासुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा बेरिएका होइनन्; आठ–आठ पैसा जाने खुला बिरा; पानमा मगमग बास्ना आउने मसला पनि हाल्न लगाइएको थियो ।
डाक्टर गोदत्त प्रसादले सबभन्दा पहिले शिव नारानलाई नै पान अर्पण गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिव नारानले पानसुपारी अँजुलीमा थापेर लिए । यस क्रियाले डाक्टर गोदत्त प्रसादलाई बडो सन्तोष र आनन्द भयो । अनि उनले शिव नारानको परिवारका अरू सदस्यलाई पनि यस्तै भावनामा पानसुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको हुनाले नानीथकुँको हात थाप्ने समय झन्डै बीचक्रममा परेको थियो । सबै परिवारलाई बाँडिसकेपछि डाक्टर गोदत्त प्रसादले खेतालाहरूलाई पनि त्यत्तिकै श्रद्धा र स्नेहमा पानसुपारी बाँडेका थिए ।
रोपाइँको काम अन्तिम समयमा पुगिसकेको हुनाले त्यसबाट रोपाहारहरू भित्र भरिएर आएको रसानुभूति पनि पराकाष्ठामा पुगिरहेको थियो । यस कारण रोपाइँमा हुने क्रियाको उतारचढाउ, आरोहअवरोह अर्थात् नाचगान, कुदाइ, उफ्राइ, ख्यालठट्टा मात्र द्रुत गतिमा बढिरहेको थियो । यही चरमसीमामा पुगेको आवेशमा रोपाहारहरू हिलेपानी आकाशमा छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकुंले पनि हिलेपानी आकाशमा छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्त प्रसाद उभिइरहेको ठाउँमा हिलेपानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्त प्रसाद हिलेपानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँड रक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर गोदत्त प्रसाद