Page:Ek chihan.pdf/82: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{right|{{larger|'''तेइस'''}}}} | {{right|{{larger|'''तेइस'''}}}} | ||
आज | आज शिव नारानको खेतमा रोपाइँ भइरहेको छ । | ||
रोपाइँको दिन हुनाले | रोपाइँको दिन हुनाले पुन नारान र हर्ष नारान पनि | ||
अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र | अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र | ||
नानीथकुँ पनि रोपाइँमा लागिरहेका छन् । | |||
काम सघाउन आएकाहरू पनि सबै खुसी, दङ्ग भई नाचेर | काम सघाउन आएकाहरू पनि सबै खुसी, दङ्ग भई नाचेर | ||
रोपाइँ गरिरहेछन् । | रोपाइँ गरिरहेछन् । नानीथकुँउपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको | ||
थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा | थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा | ||
समस्या अल्झिरहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी | समस्या अल्झिरहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी | ||
सदस्यहरूसरह नै | सदस्यहरूसरह नै नानीथकुँ पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त | ||
छिन् । उनी पनि अरूसरह | छिन् । उनी पनि अरूसरह नाच्तै–गाउँदै मस्तानामा कुदिरहेकी छिन् किनभने | ||
नानीथकुँलाई राम्ररी थाहा छ, उनका बाबु अष्टनारानलाई रोपाइँको दिनमा | |||
जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई | जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई | ||
त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । | त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । | ||
रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्मआह्वान गरेको दिन | रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्मआह्वान गरेको दिन | ||
सम्झन्थे । यसकारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन | सम्झन्थे । यसकारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन | ||
भए तापनि | भए तापनि 'आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको | ||
आत्मालाई आघात पुऱ्याउनु | आत्मालाई आघात पुऱ्याउनु हो' भन्ने सम्झेर नानीथकुँ दुःखमा पनि सुखको | ||
अनुभव, अनुभूति गरी हर्ष मनाइरहेकी हुन् । | अनुभव, अनुभूति गरी हर्ष मनाइरहेकी हुन् । | ||
{{nop}} | {{nop}} |
Revision as of 21:59, 22 June 2025
तेइस
आज शिव नारानको खेतमा रोपाइँ भइरहेको छ । रोपाइँको दिन हुनाले पुन नारान र हर्ष नारान पनि अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र नानीथकुँ पनि रोपाइँमा लागिरहेका छन् । काम सघाउन आएकाहरू पनि सबै खुसी, दङ्ग भई नाचेर रोपाइँ गरिरहेछन् । नानीथकुँउपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा समस्या अल्झिरहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी सदस्यहरूसरह नै नानीथकुँ पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त छिन् । उनी पनि अरूसरह नाच्तै–गाउँदै मस्तानामा कुदिरहेकी छिन् किनभने नानीथकुँलाई राम्ररी थाहा छ, उनका बाबु अष्टनारानलाई रोपाइँको दिनमा जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्मआह्वान गरेको दिन सम्झन्थे । यसकारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन भए तापनि 'आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको आत्मालाई आघात पुऱ्याउनु हो' भन्ने सम्झेर नानीथकुँ दुःखमा पनि सुखको अनुभव, अनुभूति गरी हर्ष मनाइरहेकी हुन् ।