Page:Ek chihan.pdf/81: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो | हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो | ||
सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी | सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी | ||
पुऱ्याउनुपर्छ ।" | पुऱ्याउनुपर्छ ।" शिव नारानले बडो गम्भीर भएर भने । | ||
"दाइले ठीक भन्नुभयो, म पनि दाइको यो विचारको स्वागत र समर्थन | "दाइले ठीक भन्नुभयो, म पनि दाइको यो विचारको स्वागत र समर्थन | ||
गर्दछु ।" | गर्दछु ।" पुन नारानले हर्ष प्रकट गर्दै भने । शिव नारानले फेरि हर्ष नारान | ||
लाई ताकेर | लाई ताकेर भने– "अहिले तिमीले कसैकी स्वास्नी नबनेकी, प्रेमिका नबनेकी र बुढी | ||
तथा बच्ची भएर बेजोडा नभएकी जोकोही स्वास्नीमान्छेसित प्रेम गर्न सक्तछौ, | तथा बच्ची भएर बेजोडा नभएकी जोकोही स्वास्नीमान्छेसित प्रेम गर्न सक्तछौ, | ||
ल्याउन सक्तछौ, यसमा म कत्ति बिघ्नबाधा नगरीकन तिमीलाई पूरा स्वतन्त्रता | ल्याउन सक्तछौ, यसमा म कत्ति बिघ्नबाधा नगरीकन तिमीलाई पूरा स्वतन्त्रता | ||
Line 14: | Line 14: | ||
दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग | दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग | ||
नै मेटाउन खोजेर | नै मेटाउन खोजेर भनिन्– "अहो ! हुनसम्मको अबेर भइसक्यो, कुन बेला भात | ||
पकाउने र खाने ? दिनभरि काम गरेर सबै भोकाएका होलान् । भैगो, अब | पकाउने र खाने ? दिनभरि काम गरेर सबै भोकाएका होलान् । भैगो, अब | ||
गन्थन बन्द गर । भोलि हाम्रो रोपाइँको दिन पनि हो, भोलिदेखि | गन्थन बन्द गर । भोलि हाम्रो रोपाइँको दिन पनि हो, भोलिदेखि नानीथकुँलाई | ||
पनि दिनभरि खेतैमा लगी काम गराइराख्ने गर । म एक्लै घरमा बसी तान | पनि दिनभरि खेतैमा लगी काम गराइराख्ने गर । म एक्लै घरमा बसी तान | ||
चलाइरहन्छु, मलाई केही डर छैन । म बुढी मानिसलाई कसले के गर्ला ? अनि | चलाइरहन्छु, मलाई केही डर छैन । म बुढी मानिसलाई कसले के गर्ला ? अनि | ||
डाक्टरसाक्टरको कुरै मेटिएर जान्छ, | डाक्टरसाक्टरको कुरै मेटिएर जान्छ, 'न रहे बाँस न बजे बाँसुरी ।' | ||
पुन नारान, हर्ष नारान दुवैले एकै स्वरमा भने– "ठीक छ, आमाले | |||
ठीक भन्नुभयो । त्यसै गर्नुपर्ला अनि आफैँ समस्या हल हुन्छ ।" | ठीक भन्नुभयो । त्यसै गर्नुपर्ला अनि आफैँ समस्या हल हुन्छ ।" | ||
शिव नारानले रिसाएर चुरचुर भइरहेको आफ्नो चेहरामा मुस्कानको | |||
भाव नचाएर यस कुरालाई अभिवादन गरे । | भाव नचाएर यस कुरालाई अभिवादन गरे । | ||
अनि सबै आआफ्नो काम र ठाउँमा गए । | अनि सबै आआफ्नो काम र ठाउँमा गए । | ||
तर | तर नानीथकुँ हृदयमा वेदना बोकेर तानकोठामा त्यसै उभिरहिन् । | ||
त्यहाँ उनी एक्लै थिइन् । साँझ बितेर बेलुकी भइसक्यो, | त्यहाँ उनी एक्लै थिइन् । साँझ बितेर बेलुकी भइसक्यो, नानीथकुँ त्यही | ||
अँध्यारो कोठामा बसी आफूमाथि गुज्रिरहेको सबै कुरा मनमनै गुनि | अँध्यारो कोठामा बसी आफूमाथि गुज्रिरहेको सबै कुरा मनमनै गुनि | ||
रहेकी थिइन् । | रहेकी थिइन् । | ||
{{nop}} | {{nop}} |
Revision as of 21:59, 22 June 2025
सुपात्र र कुपात्र हुन्छ । यी सब कुरालाई, बाटोलाई, तबरलाई नाघेर मानिस हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी पुऱ्याउनुपर्छ ।" शिव नारानले बडो गम्भीर भएर भने ।
"दाइले ठीक भन्नुभयो, म पनि दाइको यो विचारको स्वागत र समर्थन गर्दछु ।" पुन नारानले हर्ष प्रकट गर्दै भने । शिव नारानले फेरि हर्ष नारान लाई ताकेर भने– "अहिले तिमीले कसैकी स्वास्नी नबनेकी, प्रेमिका नबनेकी र बुढी तथा बच्ची भएर बेजोडा नभएकी जोकोही स्वास्नीमान्छेसित प्रेम गर्न सक्तछौ, ल्याउन सक्तछौ, यसमा म कत्ति बिघ्नबाधा नगरीकन तिमीलाई पूरा स्वतन्त्रता दिन सक्तछु; तर त्यसो नभईकन तिमीले कसैकी स्वास्नी, आमा, प्रेमिकालाई फकाएर वा उडाएर ल्यायौ भने त्यसलाई म प्रेम वा स्वतन्त्रता कहिल्यै भन्दिनँ । त्यो सरासर बदमासी हो, चोरी हो, डकैती हो ।"
दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग नै मेटाउन खोजेर भनिन्– "अहो ! हुनसम्मको अबेर भइसक्यो, कुन बेला भात पकाउने र खाने ? दिनभरि काम गरेर सबै भोकाएका होलान् । भैगो, अब गन्थन बन्द गर । भोलि हाम्रो रोपाइँको दिन पनि हो, भोलिदेखि नानीथकुँलाई पनि दिनभरि खेतैमा लगी काम गराइराख्ने गर । म एक्लै घरमा बसी तान चलाइरहन्छु, मलाई केही डर छैन । म बुढी मानिसलाई कसले के गर्ला ? अनि डाक्टरसाक्टरको कुरै मेटिएर जान्छ, 'न रहे बाँस न बजे बाँसुरी ।'
पुन नारान, हर्ष नारान दुवैले एकै स्वरमा भने– "ठीक छ, आमाले ठीक भन्नुभयो । त्यसै गर्नुपर्ला अनि आफैँ समस्या हल हुन्छ ।"
शिव नारानले रिसाएर चुरचुर भइरहेको आफ्नो चेहरामा मुस्कानको भाव नचाएर यस कुरालाई अभिवादन गरे ।
अनि सबै आआफ्नो काम र ठाउँमा गए ।
तर नानीथकुँ हृदयमा वेदना बोकेर तानकोठामा त्यसै उभिरहिन् । त्यहाँ उनी एक्लै थिइन् । साँझ बितेर बेलुकी भइसक्यो, नानीथकुँ त्यही अँध्यारो कोठामा बसी आफूमाथि गुज्रिरहेको सबै कुरा मनमनै गुनि रहेकी थिइन् ।