Page:Ek chihan.pdf/79: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
गरिरहनोस् । हिजो पनि यहाँबाट ओर्लिरहेको देखें, आज आउँदा पनि फर्कि | गरिरहनोस् । हिजो पनि यहाँबाट ओर्लिरहेको देखें, आज आउँदा पनि फर्कि | ||
रहेको भेट्टाएँ । कस्तो चाला हो यो ? म त बाँकी राख्तिनँ । आज म त जात्रा | रहेको भेट्टाएँ । कस्तो चाला हो यो ? म त बाँकी राख्तिनँ । आज म त जात्रा | ||
नदेखाईकन छोड्दिनँ ।" अग्नि शर्मा भएर | नदेखाईकन छोड्दिनँ ।" अग्नि शर्मा भएर शिव नारानले भने । | ||
सधैं रात परेपछि आउने छोरो आज यसरी सबेरै आएर एकाएक | सधैं रात परेपछि आउने छोरो आज यसरी सबेरै आएर एकाएक | ||
Line 11: | Line 11: | ||
नचलाईकन त्यसै बसेको बस्यै गरिरहिन् । उनी केही पनि बोलिनन् । | नचलाईकन त्यसै बसेको बस्यै गरिरहिन् । उनी केही पनि बोलिनन् । | ||
लतमायालाई तानमा त्यसै बसिरहेको देखेर झन् रिसाएर | लतमायालाई तानमा त्यसै बसिरहेको देखेर झन् रिसाएर शिव नारानले | ||
भने– "छोरीले पट्ठा खेलाइरहेको कुरा तपाईंलाई मिठो लाग्छ कि क्या हो ? | |||
पट्ठा भए पनि एउटा कुरा, पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न | पट्ठा भए पनि एउटा कुरा, पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न | ||
सकिएला, तीनतीन छोराछोरीका बाबु, अर्काका पोइसित त्यसरी खेलिरहन | सकिएला, तीनतीन छोराछोरीका बाबु, अर्काका पोइसित त्यसरी खेलिरहन | ||
Line 25: | Line 25: | ||
ढुक्क भइरहनुभएको तपाईं ? अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईंलाई | ढुक्क भइरहनुभएको तपाईं ? अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईंलाई | ||
डर ? अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला, थाहा पाउला | डर ? अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला, थाहा पाउला | ||
भन्ठान्नुभएको ?" रिसको आवेशमा | भन्ठान्नुभएको ?" रिसको आवेशमा शिव नारानले भने । | ||
'योसित अहिले नबोल्नु बेस' भन्ने विचार गरी लतमाया चुप लागिन् । | |||
शिव नारान रिसमा वेद पढी नै रहेका थिए। रिसाउँदारिसाउँदै 'आज म | |||
छ्यास्नसम्म नछ्यासी | छ्यास्नसम्म नछ्यासी छोड्दिनँ' भन्ने विचार गरी नानीथकुँलाई शिव नारानले | ||
नै बोलाए । | नै बोलाए । दुई–तीन बोलावटसम्मलाई नानीथकुँले वास्तै नगरीकन सुन्यानसुन्यै | ||
गरेकी थिइन् तर लगातार बोलाइरहेपछि केही सिप नलागेर | गरेकी थिइन् तर लगातार बोलाइरहेपछि केही सिप नलागेर नानीथकुँ डराई | ||
डराईकन कपाल दुखेको स्वाङ गर्दै माथि आइन् । | डराईकन कपाल दुखेको स्वाङ गर्दै माथि आइन् । नानीथकुँ तानकोठामा | ||
पुग्नासाथै | पुग्नासाथै शिव नारानले एटम बम छोडिहाले– "क्या हो, क्या हो यो ? डाक्टर | ||
गोदत्त प्रसाद दिनदिनै किन आइरहेको, किन आउँछ, त्यो दिनदिनै ?" | |||
"म के थाहा पाऊँ ?" बडो साहस गरेर | "म के थाहा पाऊँ ?" बडो साहस गरेर नानीथकुँले भनिन् । | ||
{{nop}} | {{nop}} |
Revision as of 21:59, 22 June 2025
रहनोस् !
दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ, तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसीबसी द्यौता भाकल गरिरहनोस् । हिजो पनि यहाँबाट ओर्लिरहेको देखें, आज आउँदा पनि फर्कि रहेको भेट्टाएँ । कस्तो चाला हो यो ? म त बाँकी राख्तिनँ । आज म त जात्रा नदेखाईकन छोड्दिनँ ।" अग्नि शर्मा भएर शिव नारानले भने ।
सधैं रात परेपछि आउने छोरो आज यसरी सबेरै आएर एकाएक यस्तरी रिसाउन थालेकाले लतमाया जिल्ल परी मुख बिगारेर तान पनि नचलाईकन त्यसै बसेको बस्यै गरिरहिन् । उनी केही पनि बोलिनन् ।
लतमायालाई तानमा त्यसै बसिरहेको देखेर झन् रिसाएर शिव नारानले भने– "छोरीले पट्ठा खेलाइरहेको कुरा तपाईंलाई मिठो लाग्छ कि क्या हो ? पट्ठा भए पनि एउटा कुरा, पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न सकिएला, तीनतीन छोराछोरीका बाबु, अर्काका पोइसित त्यसरी खेलिरहन लाज छैन रे त्यसलाई ? सरम छैन ? बोलाउनोस् त्यस नकचरीलाई, आज पूजा नगरी छाड्दिनँ ! बाबु मरेको छ महिना भएको छैन, उसको यो लीला !"
"भैगो, नकरा बाबू ! अरूले सुन्लान् । म उसलाई राम्ररी सम्झाएर ठीक गर्नेछु ।" सान्त्वनापूर्ण भावमा लतमायाले भनिन् ।
"अरूले सुन्ला ? अरूले सुन्ला, थाहा पाउला र नराम्रो होला भन्ने डर मान्ने भए यस्तो नकाम गरिएला ? अझसम्म अरूले थाहा पाएको छैन भनी ढुक्क भइरहनुभएको तपाईं ? अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईंलाई डर ? अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला, थाहा पाउला भन्ठान्नुभएको ?" रिसको आवेशमा शिव नारानले भने ।
'योसित अहिले नबोल्नु बेस' भन्ने विचार गरी लतमाया चुप लागिन् । शिव नारान रिसमा वेद पढी नै रहेका थिए। रिसाउँदारिसाउँदै 'आज म छ्यास्नसम्म नछ्यासी छोड्दिनँ' भन्ने विचार गरी नानीथकुँलाई शिव नारानले नै बोलाए । दुई–तीन बोलावटसम्मलाई नानीथकुँले वास्तै नगरीकन सुन्यानसुन्यै गरेकी थिइन् तर लगातार बोलाइरहेपछि केही सिप नलागेर नानीथकुँ डराई डराईकन कपाल दुखेको स्वाङ गर्दै माथि आइन् । नानीथकुँ तानकोठामा पुग्नासाथै शिव नारानले एटम बम छोडिहाले– "क्या हो, क्या हो यो ? डाक्टर गोदत्त प्रसाद दिनदिनै किन आइरहेको, किन आउँछ, त्यो दिनदिनै ?"
"म के थाहा पाऊँ ?" बडो साहस गरेर नानीथकुँले भनिन् ।