Jump to content

Page:Ek chihan.pdf/78: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{left|{{larger|'''बाइस'''}}}}
{{left|{{larger|'''बाइस'''}}}}
आफ्नो खेतको काममा अलमलिँदा पनि शिवनारानले नानीथकुं र  
आफ्नो खेतको काममा अलमलिँदा पनि शिव नारानले नानीथकुँ र  
डाक्टर गोदत्तप्रसादमाथि उठेको रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि  
डाक्टर गोदत्त प्रसादमाथि उठेको रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि  
मनमा फनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिवनारान पाँच बज्दानबज्दै  
मनमा फनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिव नारान पाँच बज्दानबज्दै  
घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्तप्रसाद फर्कंदै गरेको देख्ता  
घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्त प्रसाद फर्कंदै गरेको देख्ता  
डाक्टर गोदत्तप्रसादलाई समातेर निमोठिहानूँजस्तो उनलाई भयो । डाक्टर  
डाक्टर गोदत्त प्रसादलाई समातेर निमोठिहानूँजस्तो उनलाई भयो । डाक्टर  
गोदत्तप्रसादलाई पनि एकाएक शिवनारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो  
गोदत्त प्रसादलाई पनि एकाएक शिव नारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो  
भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर  
भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर  
एकदम अतासिइसकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव  
एकदम अतासिइसकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव  
गरी शिवनारानसँग भने- "किन हँ, निकै चाँडै फर्क्यौ नि शिवनारान ? तिम्रो  
गरी शिव नारानसँग भने– "किन हँ, निकै चाँडै फर्क्यौ नि शिव नारान ? तिम्रो  
खेतमा रोपाईं सिद्धियो ?"
खेतमा रोपाईं सिद्धियो ?"


डाक्टर गोदत्तप्रसादले पनि बोलिदिँदा त शिवनारान झन् रिसले  
डाक्टर गोदत्त प्रसादले पनि बोलिदिँदा त शिव नारान झन् रिसले  
भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि  
भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि  
क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता  
क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता  
‘नमस्ते’ सम्म पनि गरेका थिएनन् ।
'नमस्ते' सम्म पनि गरेका थिएनन् ।


उनी सरासर तानकोठामा गए । झन् नानीथकुंलाई नदेख्ता उनको  
उनी सरासर तानकोठामा गए । झन् नानीथकुँलाई नदेख्ता उनको  
रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिवनारानले क्रुद्ध  
रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिव नारानले क्रुद्ध  
भावमा भने- "नानीथकुं खोइ नि ?"
भावमा भने– "नानीथकुँ खोइ नि ?"


"कपाल दुखेर कोठामा पल्टिरहेकी छ ।" स्वाभाविक स्वरमा  
"कपाल दुखेर कोठामा पल्टिरहेकी छ ।" स्वाभाविक स्वरमा  

Revision as of 21:59, 22 June 2025

This page has not been proofread
बाइस

आफ्नो खेतको काममा अलमलिँदा पनि शिव नारानले नानीथकुँ र डाक्टर गोदत्त प्रसादमाथि उठेको रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि मनमा फनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिव नारान पाँच बज्दानबज्दै घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्त प्रसाद फर्कंदै गरेको देख्ता डाक्टर गोदत्त प्रसादलाई समातेर निमोठिहानूँजस्तो उनलाई भयो । डाक्टर गोदत्त प्रसादलाई पनि एकाएक शिव नारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर एकदम अतासिइसकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव गरी शिव नारानसँग भने– "किन हँ, निकै चाँडै फर्क्यौ नि शिव नारान ? तिम्रो खेतमा रोपाईं सिद्धियो ?"

डाक्टर गोदत्त प्रसादले पनि बोलिदिँदा त शिव नारान झन् रिसले भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता 'नमस्ते' सम्म पनि गरेका थिएनन् ।

उनी सरासर तानकोठामा गए । झन् नानीथकुँलाई नदेख्ता उनको रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिव नारानले क्रुद्ध भावमा भने– "नानीथकुँ खोइ नि ?"

"कपाल दुखेर कोठामा पल्टिरहेकी छ ।" स्वाभाविक स्वरमा लतमायाले भनिन् ।

"तपाईं छोरीको रखवारी भइरहनुभएको हो कि कुटुनी ? घरमा गुन्डा नाचेर गइसक्यो, तपाईं छोरीलाई कपाल दुखिरहेको छ भनी यहाँ सुति