Jump to content

Page:Ek chihan.pdf/75: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
डाक्टर गोदत्तप्रसाद नानीथकुंको घरमा पुगे । नानीथकुंले उनको  
डाक्टर गोदत्त प्रसाद नानीथकुँको घरमा पुगे । नानीथकुँले उनको  
हिँडाइको आवाजसमेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्याङ
हिँडाइको आवाज समेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्‍याङ
उक्लनासाथ डाक्टर गोदत्तप्रसाद आएको नानीथकुंले चाल पाइन् अनि दौडेर  
उक्लनासाथ डाक्टर गोदत्त प्रसाद आएको नानीथकुँले चाल पाइन् अनि दौडेर  
गई नानीथकुंले उनलाई भऱ्याङमै भेटिन् । डाक्टर गोदत्तप्रसादलाई उनले  
गई नानीथकुँले उनलाई भऱ्याङमै भेटिन् । डाक्टर गोदत्त प्रसादलाई उनले  
कोठामा लगिन् र बिस्तारै भनिन्- "किन आउनुभएको ? तपाईं यहाँ  
कोठामा लगिन् र बिस्तारै भनिन्– "किन आउनु भएको ? तपाईं यहाँ  
नआउनोस् भनेको होइन ?"
नआउनोस् भनेको होइन ?"


"आज एक बजे घर आउँछु भनेको, कहाँकहाँबाट एउटा अत्यन्त  
"आज एक बजे घर आउँछु भनेको, कहाँ कहाँबाट एउटा अत्यन्त  
जरुरी काम आइलागेर आउन पाइनँ । बडो अफसोस लाग्यो  
जरुरी विशेष काम आइ लागेर त्यसैले आउन पाइनँ । बडो अफसोस लाग्यो  
नानीथकुं ! जरुर क्षमा गर है !" डाक्टर गोदत्तप्रसादले पनि बिस्तारै भने ।
नानीथकुँ ! जरुर क्षमा गर है !" डाक्टर गोदत्त प्रसादले पनि बिस्तारै भने ।


"हो, म दुई घण्टाभन्दा बढ्ता तपाईंकहाँ बसेर आइसकेँ ।" नानीथकुंले
"हो, म दुई घण्टाभन्दा बढ्ता तपाईंकहाँ बसेर आइ सकेँ ।" नानीथकुँले
बिस्तारै भनिन् ।
बिस्तारै भनिन् ।


"मैले थाहा पाइसकेँ, त्यसैले म तिमीले ‘नआइज’ भने पनि फाल
"मैले थाहा पाइ सकेँ, त्यसैले म तिमीले 'नआइज' भने पनि फाल
हालेर आएको ।" डाक्टर गोदत्तप्रसादले भने ।
हालेर आएको ।" डाक्टर गोदत्त प्रसादले भने ।


"अर्कालाई कति नमज्जा लाग्यो, न जाऊँ न बसिरहूँ भयो !" अलि  
"अर्कालाई कति नमज्जा लाग्यो, न जाऊँ न बसि रहूँ भयो !" अलि  
नखराएको अनुहारमा नानीथकुंले भनिन् ।
नखराएको अनुहारमा नानीथकुँले भनिन् ।


"त्यसैले दौडदौडीकन क्षमा माग्न आइपुगेको ।"
"त्यसैले दौडी दौडीकन क्षमा माग्न आइ पुगेको ।"


"खुब आउनुभएको होला क्षमा माग्न ! ‘तिमीप्रति मेरो कत्ति प्रेम छ’
"खुब आउनु भएको होला क्षमा माग्न ! 'तिमीप्रति मेरो कत्ति प्रेम छ'
भनी धक्कु त छोड्न आउनुभएको होला !" नखराकै भावमा नानीथकुंले
भनी धक्कु त छोड्न आउनु भएको होला !" नखराकै भावमा नानीथकुँले
भनिन् ।
भनिन् ।


Line 29: Line 29:
"अर्कालाई ख्याल कपाल दुखेको थियो ! बल्ल अहिले निको भयो !"
"अर्कालाई ख्याल कपाल दुखेको थियो ! बल्ल अहिले निको भयो !"


"डाक्टर आइपुगेर होला । डाक्टरको अगाडि कपाल दुखाइको  
"डाक्टर आइ पुगेर होला । डाक्टरको अगाडि कपाल दुखाइको के
के लाग्छ ?"
लाग्छ ?"


"त्यसैले त सेखी बढेको तपाईंको । ‘एक बजे आउँछु’ भन्ने मानिस तीन  
"त्यसैले त सेखी बढेको तपाईंको । 'एक बजे आउँछु' भन्ने मानिस तीन  
बजेसम्म पनि नआएर अर्कालाई कपाल दुख्न लगाएको यही चटक देखाउनलाई  
बजेसम्म पनि नआएर अर्कालाई कपाल दुख्न लगाएको यही चटक देखाउनलाई  
होला । तक्मा दिनुपर्ने डाक्टर हुनुहुँदो रहेछ तपाईं !" आनन्दमा मस्त  
होला । तक्मा दिनु पर्ने डाक्टर हुनु हुँदो रहेछ तपाईं !" आनन्दमा मस्त  
भएर नानीथकुंले भनिन् ।
भएर नानीथकुँले भनिन् ।


"ओ ! माफ गर नानीथकुं ! होसै भएनछ ।"
"ओ ! माफ गर नानीथकुँ ! होसै भएनछ ।"
{{nop}}
{{nop}}

Latest revision as of 21:43, 22 June 2025

This page has been proofread

डाक्टर गोदत्त प्रसाद नानीथकुँको घरमा पुगे । नानीथकुँले उनको हिँडाइको आवाज समेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्‍याङ उक्लनासाथ डाक्टर गोदत्त प्रसाद आएको नानीथकुँले चाल पाइन् अनि दौडेर गई नानीथकुँले उनलाई भऱ्याङमै भेटिन् । डाक्टर गोदत्त प्रसादलाई उनले कोठामा लगिन् र बिस्तारै भनिन्– "किन आउनु भएको ? तपाईं यहाँ नआउनोस् भनेको होइन ?"

"आज एक बजे घर आउँछु भनेको, कहाँ कहाँबाट एउटा अत्यन्त जरुरी विशेष काम आइ लागेर त्यसैले आउन पाइनँ । बडो अफसोस लाग्यो नानीथकुँ ! जरुर क्षमा गर है !" डाक्टर गोदत्त प्रसादले पनि बिस्तारै भने ।

"हो, म दुई घण्टाभन्दा बढ्ता तपाईंकहाँ बसेर आइ सकेँ ।" नानीथकुँले बिस्तारै भनिन् ।

"मैले थाहा पाइ सकेँ, त्यसैले म तिमीले 'नआइज' भने पनि फाल हालेर आएको ।" डाक्टर गोदत्त प्रसादले भने ।

"अर्कालाई कति नमज्जा लाग्यो, न जाऊँ न बसि रहूँ भयो !" अलि नखराएको अनुहारमा नानीथकुँले भनिन् ।

"त्यसैले दौडी दौडीकन क्षमा माग्न आइ पुगेको ।"

"खुब आउनु भएको होला क्षमा माग्न ! 'तिमीप्रति मेरो कत्ति प्रेम छ' भनी धक्कु त छोड्न आउनु भएको होला !" नखराकै भावमा नानीथकुँले भनिन् ।

"लौ लौ, तिमीले नै जित्यौ, त्यसै हो !"

"अर्कालाई ख्याल कपाल दुखेको थियो ! बल्ल अहिले निको भयो !"

"डाक्टर आइ पुगेर होला । डाक्टरको अगाडि कपाल दुखाइको के लाग्छ ?"

"त्यसैले त सेखी बढेको तपाईंको । 'एक बजे आउँछु' भन्ने मानिस तीन बजेसम्म पनि नआएर अर्कालाई कपाल दुख्न लगाएको यही चटक देखाउनलाई त होला । तक्मा दिनु पर्ने डाक्टर हुनु हुँदो रहेछ तपाईं !" आनन्दमा मस्त भएर नानीथकुँले भनिन् ।

"ओ ! माफ गर नानीथकुँ ! होसै भएनछ ।"