Page:Prometheus.pdf/127: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(२०)}} | |||
"ढुम्क्रहरूसँग लगाई मितेरी मन-मीठो | |||
शीतल, रवि-वारक बुट्टे पल्लवछद | |||
मधुर नीडमा मेरो हरित एकलासको | |||
बसन्त-प्रिय कुर्लन । भारत चराको उच्च, | |||
समुच्च, अगोचर प्रात पक्षमा उड्डीन म | |||
उदगार्दछु सुवर्णराग बादली एकान्तमा । | |||
खसाल्दछु, स्वर्ग अभिलषित, बेलहर | |||
चिरकामुक जलउरमा- निर्मल, निर्मल । | |||
एक पाषाणमा गई बसेँ द्र भारतमा | |||
मूर्ति पुजारी गद्गद छोडी पंच-प्राण गिच्यो । | |||
भ्रै घधर्महरूको मूल, तिनकी मानव मुहान । | |||
{{pcn|(२१)}} | |||
"म पार्दछ पागल विश्वविस्मृत हृदय | |||
मानवको । यस संसारभित्र बनाउँछु : | |||
एक नवीन संसार ! मेरो जादूले संस्पृष्ट | |||
देख्दछ केही अन्तर दृगले जो निभ्दैन कहीं | |||
युग, युग-स्वतंत्रता, सुन्दरताहरू सब | |||
मेरा हुन् केवल जादूका रुचिर हतियार । | |||
प्रमिथस् ! ए मानवतामा देख्ने मलाई | |||
छर्लङ्ग, पूर्ण...कसर अफाली सकल क्लेशको | |||
हेर्नोस् मेरौ मादक, विश्वव्यापक सुन्दर मुहार ।" | |||
{{pcn|(२२)}} | |||
प्रमिथसले जब हेरै पलक उचाली | |||
भृपतित, देखे दिव्य बदन । एक स्लकमा | |||
शीतल दिल भो उनको, जसरी चाँदनी | |||
साउनी तीतर पंखबाट किनार मृस्कुरी | |||
अपूर्व दरर्शित भू-थलमा अप्राप्य, असाधारण, | |||
पावस चमकले चहकीली महाश्वेत रौप्य | |||
अमृतले माकिएकैँ चम्कित्छिन्, चकित पारी | |||
दर्शक हृदय, अभ्रका पृष्ठ-भूमिमा विभेदले | |||
अत्युज्वला...सिमलको संसारमा साउनको, | |||
त्यसरी चम्कियो प्रणयेशवरीको मुख-मंडल । | |||
{{pcn|(२३)}} | |||
"हे प्रेमदेवी !" बोले प्रमिथस त्यस बेला, | |||
जब ककेससीय नील गिरिमालामा पूर्व | |||
गाढा बन्दो अन्धकारकन उपहास गर्दी | |||
हास्यमुखी कौमुदी सक्रम सबला बन्दै आइन् । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 16:53, 22 June 2025
(२०)
"ढुम्क्रहरूसँग लगाई मितेरी मन-मीठो
शीतल, रवि-वारक बुट्टे पल्लवछद
मधुर नीडमा मेरो हरित एकलासको
बसन्त-प्रिय कुर्लन । भारत चराको उच्च,
समुच्च, अगोचर प्रात पक्षमा उड्डीन म
उदगार्दछु सुवर्णराग बादली एकान्तमा ।
खसाल्दछु, स्वर्ग अभिलषित, बेलहर
चिरकामुक जलउरमा- निर्मल, निर्मल ।
एक पाषाणमा गई बसेँ द्र भारतमा
मूर्ति पुजारी गद्गद छोडी पंच-प्राण गिच्यो ।
भ्रै घधर्महरूको मूल, तिनकी मानव मुहान ।
(२१)
"म पार्दछ पागल विश्वविस्मृत हृदय
मानवको । यस संसारभित्र बनाउँछु :
एक नवीन संसार ! मेरो जादूले संस्पृष्ट
देख्दछ केही अन्तर दृगले जो निभ्दैन कहीं
युग, युग-स्वतंत्रता, सुन्दरताहरू सब
मेरा हुन् केवल जादूका रुचिर हतियार ।
प्रमिथस् ! ए मानवतामा देख्ने मलाई
छर्लङ्ग, पूर्ण...कसर अफाली सकल क्लेशको
हेर्नोस् मेरौ मादक, विश्वव्यापक सुन्दर मुहार ।"
(२२)
प्रमिथसले जब हेरै पलक उचाली
भृपतित, देखे दिव्य बदन । एक स्लकमा
शीतल दिल भो उनको, जसरी चाँदनी
साउनी तीतर पंखबाट किनार मृस्कुरी
अपूर्व दरर्शित भू-थलमा अप्राप्य, असाधारण,
पावस चमकले चहकीली महाश्वेत रौप्य
अमृतले माकिएकैँ चम्कित्छिन्, चकित पारी
दर्शक हृदय, अभ्रका पृष्ठ-भूमिमा विभेदले
अत्युज्वला...सिमलको संसारमा साउनको,
त्यसरी चम्कियो प्रणयेशवरीको मुख-मंडल ।
(२३)
"हे प्रेमदेवी !" बोले प्रमिथस त्यस बेला,
जब ककेससीय नील गिरिमालामा पूर्व
गाढा बन्दो अन्धकारकन उपहास गर्दी
हास्यमुखी कौमुदी सक्रम सबला बन्दै आइन् ।