Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/72: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} चलीरहेको छ सिरीसिरी हवा ::झुलीरहेछन्‌ सब मञ्जु पालुवा । जता दियो दृष्टि उतै सुखी मन ::प्रमोदले पूर्ण नहोस त्यो किन ? {{pcn|(५)}} समीरले पुष्प-परागको झरी ::लगाउँदा त्..."
 
Prty (talk | contribs)
 
Page statusPage status
-
Not proofread
+
Proofread

Latest revision as of 16:02, 22 June 2025

This page has been proofread

(४)
चलीरहेको छ सिरीसिरी हवा
झुलीरहेछन्‌ सब मञ्जु पालुवा ।
जता दियो दृष्टि उतै सुखी मन
प्रमोदले पूर्ण नहोस त्यो किन ?

(५)
समीरले पुष्प-परागको झरी
लगाउँदा त्यो रस-रङ्गमा परी ।
झुलीरहेको छ शरीर बेसरी
मुछेर तेही रजमा घरी-घरी ॥

(६)
पिएर साऽऽनन्द रसालको रस
घुमाउँदै नेत्र दुवै मदाऽऽलस ।
सहर्ष खोली सुरिलो गलाकन
घनक्क घन्काउँछ त्यो सबै वन ॥

(७)
घरी घरी भुर्र उडी अलीकति
घुमेर शाखान्तरमा यताउति ।
बडो बहाडी रसिकै बनी तहाँ
ढलीमली गर्दछ पालुवामहाँ ॥