Jump to content

Page:Ek chihan.pdf/37: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"टुम्टुम् छयाँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त  
"टुम्‌टुम् छ्याँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त  
हाँसेर नानीथकुंले बोलिन् ।
हाँसेर नानीथकुँले बोलिन् ।


"अँ भन न लौ साँच्ची, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म  
"अँ भन न लौ साँच्चि, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म  
रिसाउँदिनँ ।"
रिसाउँदिनँ ।"


"के ?"
"के ?"


"’नानीथकुं’ को सट्टा मैले तिमीलाई ‘नानी’ भन्न चाहेझैं तिमीले  
"'नानीथकुं' को सट्टा मैले तिमीलाई 'नानी' भन्न चाहे झैँ तिमीले  
मलाई के भन्न चाहेको ?"
मलाई के भन्न चाहेको ?"


Line 14: Line 14:
"हो हो लौ, रिसाउँदिनँ ।"
"हो हो लौ, रिसाउँदिनँ ।"


"नाइँ, तपाईं रिसाउनुहुन्छ ।"
"नाइँ, तपाईं रिसाउनु हुन्छ ।"


"रिसाउँदिनँ भन्या’ तिमी मारे हत्या ।"
"रिसाउँदिनँ भन्या तिमी मारे हत्या ।"


"भैगो लौ, अरू कुरा गर्नोस् ।"
"भइगो लौ, अरू कुरा गर्नोस् ।"


"नभने म मारे हत्या ।"
"नभने म मारे हत्या ।"
Line 24: Line 24:
"भनिहालूँ त ? तपाईंलाई…?"
"भनिहालूँ त ? तपाईंलाई…?"


नानीथकुंले मुस्कुराउँदै अलि लजाएको भावमा डाक्टर  
यती भनेर नानीथकुँले मुस्कुराउँदै अलि लजाएको पनि भावमा डाक्टर  
गोदत्तप्रसादको मुख वाल्ल परेर हेरिरहिन्
गोदत्त प्रसादको मुख वाल्ल परेर हेरि रहिन्


"अँ मलाई ?" डाक्टर गोदत्तप्रसादले फेरि कोट्टयाए ।  
"अँ मलाई ?" डाक्टर गोदत्त प्रसादले फेरि कोट्‌ट्यए ।  
"तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्तप्रसादको अनुहार  
"तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्त प्रसादको अनुहार  
पुलुक्क हेरी अलि खिस्स हाँसेर – "तिमी भन्छु" नानीथकुंले भनिन् ।
पुलुक्क हेरी अलि खिस्स हाँसेर– "तिमी भन्छु" नानीथकुँले भनिन् ।


"मोरी !" अँगाल्न हात बढाउँदै डाक्टर गोदत्तप्रसादले भने ।  
"मोरी !" अँगाल्न हात बढाउँदै डाक्टर गोदत्त प्रसादले भने ।  


"नकच्चरा !" फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुं छुट्टिइन् ।  
"नकच्चरा !" फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुँ छुट्टिइन् ।  


डाक्टर गोदत्तप्रसाद मस्त भएर नानीथकुंको अनुहार हेर्दै हाँसिरहे ।  
डाक्टर गोदत्त प्रसाद मस्त भएर नानीथकुँको अनुहार हेर्दै हाँसि रहे ।  
यत्तिकैमा माथिबाट "नानीथकुं ! भात खान आऊ" भन्ने सम्बोधन सुनियो ।  
यत्तिकैमा माथिबाट "नानीथकुँ ! भात खान आऊ" भन्ने सम्बोधन सुनियो ।  


"लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै  
"लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै  
आउँला है ?" नानीथकुंको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्त
आउँला है ?" नानीथकुँको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्त
प्रसादले भने ।
प्रसादले भने ।


"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुंले भनिन् ।
"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुँले भनिन् ।
{{nop}}
{{nop}}

Latest revision as of 19:53, 21 June 2025

This page has been proofread

"टुम्‌टुम् छ्याँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुँले बोलिन् ।

"अँ भन न लौ साँच्चि, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।"

"के ?"

"'नानीथकुं' को सट्टा मैले तिमीलाई 'नानी' भन्न चाहे झैँ तिमीले मलाई के भन्न चाहेको ?"

"हो त ? रिसाउन पाइन्न नि ?"

"हो हो लौ, रिसाउँदिनँ ।"

"नाइँ, तपाईं रिसाउनु हुन्छ ।"

"रिसाउँदिनँ भन्या तिमी मारे हत्या ।"

"भइगो लौ, अरू कुरा गर्नोस् ।"

"नभने म मारे हत्या ।"

"भनिहालूँ त ? तपाईंलाई…?"

यती भनेर नानीथकुँले मुस्कुराउँदै अलि लजाएको पनि भावमा डाक्टर गोदत्त प्रसादको मुख वाल्ल परेर हेरि रहिन् ।

"अँ मलाई ?" डाक्टर गोदत्त प्रसादले फेरि कोट्‌ट्यए । "तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्त प्रसादको अनुहार पुलुक्क हेरी अलि खिस्स हाँसेर– "तिमी भन्छु" नानीथकुँले भनिन् ।

"मोरी !" अँगाल्न हात बढाउँदै डाक्टर गोदत्त प्रसादले भने ।

"नकच्चरा !" फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुँ छुट्टिइन् ।

डाक्टर गोदत्त प्रसाद मस्त भएर नानीथकुँको अनुहार हेर्दै हाँसि रहे । यत्तिकैमा माथिबाट "नानीथकुँ ! भात खान आऊ" भन्ने सम्बोधन सुनियो ।

"लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै आउँला है ?" नानीथकुँको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्त प्रसादले भने ।

"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुँले भनिन् ।