Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/33: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हाम्रा गोर्खा भाषामा कम्‌ से कम्‌ शंगारका ५००० श्लोक बन्नेका
हाम्रा गोर्खा भाषामा कम्‌ सें कम्‌ शृंगारका ५००० श्लोक् बनेका
छन्‌ तर यो श्लोकका बराबर्‌ अर्थको चमत्कार भयाको श₹लोक्‌ मैले
छन्‌ तर यो श्लोक्‌का बराबर्‌ अर्थको चमत्कार भयाको श्लोक्‌ मैले
त देखेको छैन, अझ यस्‌ श्लोकका २ अधारी समेत्‌ राखी प्रा अर्थको
त देखेको छैन, अझ यस्‌ श्लोकका २ अधारी समेत्‌ राखी पूरा अर्थको
मर्म निकाल्न सकियो भने के भन्‌ स्वर्गको आनन्द तहीं हुन जाला ।
मर्म निकाल्न सकियो भने के भन्‌ स्वर्गको आनन्द तहीं हुन जाला ।


Line 7: Line 7:
कवि पनि हन सक्दैनन्‌ भन्ने मेरा मनमा लाग्छ तर पनि ईश्वरको
कवि पनि हन सक्दैनन्‌ भन्ने मेरा मनमा लाग्छ तर पनि ईश्वरको
सृष्टि हो; भइगये भने पनि इनीका बराबरै हनन्‌; इनीभन्दा बढ्ता
सृष्टि हो; भइगये भने पनि इनीका बराबरै हनन्‌; इनीभन्दा बढ्ता
पक्का कोई पनि हने छैनन्‌ भनी ठोकी लेखी दित्रे । रात्‌ दिन्‌का
पक्का कोई पनि हने छैनन्‌ भनी ठोकी लेखी दिञे । रात्‌ दिन्‌का
बोलीचालीका बराबर कविता गर्न सक्ने सामर्थ्य केवल इनै कविमा
बोलीचालीका बराबर कविता गर्न सक्ने सामर्थ्य केवल इनै कविमा
अझतक्‌ देखियाको छ । पछि हुनेहरूका बयान्‌ पछि नै हुनन्‌ ।
अझतक्‌ देखियाको छ । पछि हुनेहरूका बयान्‌ पछि नै हुनन्‌ ।


जस्ता भानुभक्तका सरस कविता छन्‌ उस्तै इन्‌ूको नाम पनि
जस्ता भानुभक्तका सरस कविता छन्‌ उस्तै इन्‌‌को नाम पनि
पियारो छ । संसारमा जन्म लीकन आफ्नू नाम राखिन भने तेस्‌ पुरुषले
पियारो छ । संसारमा जन्म लीकन आफ्नू नाम राखेन भने तेस्‌ पुरुषले
जन्मेको के सार ? आज भानुभक्त स्वर्गगासी भयाको केवल २२ वर्ष
जन्मेको के सार ? आज भानुभक्त स्वर्गवासी भयाको केवल २२ वर्ष
भयो तर कविताको सामर्थ्य हेर्नुहोस्‌ भानुभक्त फलाना हुन्‌ नभन्न सम्ने
भयो तर कविताको सामर्थ्य हेर्नुहोस्‌ भानुभक्त फलाना हुन्‌ नभन्न सम्ने
हाम्रा श्री ५ गोर्खासर्कारका राज्यभरमा सैकडा पीछे २।४ हनन्‌ ।
हाम्रा श्री ५ गोर्खासर्कारका राज्यभरमा सैकडा पीछे २/४ हनन्‌ ।
साधारण ब्राहमणका कलमा जन्म लीकन यसरी आफ्नो नाम प्रख्यात
साधारण ब्राह्मणका कुलमा जन्म लीकन यसरी आफ्नो नाम प्रख्यात
गर्नु यो सानो पुण्यको फल्‌ होइन । किन नहोस्‌ तब कविता तब कवि !
गर्नु यो सानो पुण्यको फल्‌ होइन । किन नहोस्‌ तब कविता तब कवि !
यस्तो कविता गर्नु पो गर्नु । भला म पनि यस्‌ ग्रन्थको विस्तार ह्यैँ गर्छु ।
यस्तो कविता गर्नु पो गर्नु । भला म पनि यस्‌ ग्रन्थको विस्तार ह्यैं गर्छु ।


ग्रन्थ समाप्तिमा म पनि अब कवि भानुभक्तको क्यै गुणगान
ग्रन्थ समाप्तिमा म पनि अब कवि भानुभक्तको क्यै गुणगान
गर्न भनी श्लोक्‌ लेख्छु । भाषानुरागीहरूले यो समेत्‌ पढी यस्‌ ग्रन्थमा
गर्न भनी श्लोक्‌ लेख्‌छु । भाषानुरागीहरूले यो समेत्‌ पढी यस्‌ ग्रन्थमा
केही कंचे नीच भया माफ्‌ गरी मलाई आफ्नै प्रिय पात्र मोतीराम भट्ट
केही ऊंचे नीच भया माफ्‌ गरी मलाई आफ्नै प्रिय पात्र मोतीराम भट्ट
भनी जान्‌न्‌।
भनी जानून्‌ ।
<blockquote><poem><b>
<blockquote><poem><b>
स्वस्ति श्रीयुत भानुभक्त कविका जीवन क्या यो पिए
स्वस्ति श्रीयुत भानुभक्त कविका जीवन् कथा यो थिया
भाषाका अनुरागि जन्हरु सबै जातुन्‌ भनी लेखिया ॥
भाषाका अनुरागि जन्हरु सबै जानुन्‌ भनी लेखिया ॥
यस्मा उँच र नीच केहि छ भन्या सज्जन्‌ सबै माफ गरून्‌ ।
यस्मा ऊँच र नीच केहि छ भन्या सज्जन्‌ सबै माफ् गरून्‌ ।
इन्‌का जीवनको कथा पनि सबै आनन्द सागर्परून्‌ ॥१॥
इन्‌का जीवनको कथा पनि सबै आनन्द सागर्परून्‌ ॥१॥
</b></poem></blockquote>
</b></poem></blockquote>

Revision as of 20:31, 20 June 2025

This page has been proofread

हाम्रा गोर्खा भाषामा कम्‌ सें कम्‌ शृंगारका ५००० श्लोक् बनेका छन्‌ तर यो श्लोक्‌का बराबर्‌ अर्थको चमत्कार भयाको श्लोक्‌ मैले त देखेको छैन, अझ यस्‌ श्लोकका २ अधारी समेत्‌ राखी पूरा अर्थको मर्म निकाल्न सकियो भने के भन्‌ स्वर्गको आनन्द तहीं हुन जाला ।

भक्तिरसमा त अब उप्रान्त पनि भानुभक्तका बराबर कौनै कवि पनि हन सक्दैनन्‌ भन्ने मेरा मनमा लाग्छ तर पनि ईश्वरको सृष्टि हो; भइगये भने पनि इनीका बराबरै हनन्‌; इनीभन्दा बढ्ता पक्का कोई पनि हने छैनन्‌ भनी ठोकी लेखी दिञे । रात्‌ दिन्‌का बोलीचालीका बराबर कविता गर्न सक्ने सामर्थ्य केवल इनै कविमा अझतक्‌ देखियाको छ । पछि हुनेहरूका बयान्‌ पछि नै हुनन्‌ ।

जस्ता भानुभक्तका सरस कविता छन्‌ उस्तै इन्‌‌को नाम पनि पियारो छ । संसारमा जन्म लीकन आफ्नू नाम राखेन भने तेस्‌ पुरुषले जन्मेको के सार ? आज भानुभक्त स्वर्गवासी भयाको केवल २२ वर्ष भयो तर कविताको सामर्थ्य हेर्नुहोस्‌ भानुभक्त फलाना हुन्‌ नभन्न सम्ने हाम्रा श्री ५ गोर्खासर्कारका राज्यभरमा सैकडा पीछे २/४ हनन्‌ । साधारण ब्राह्मणका कुलमा जन्म लीकन यसरी आफ्नो नाम प्रख्यात गर्नु यो सानो पुण्यको फल्‌ होइन । किन नहोस्‌ तब कविता तब कवि ! यस्तो कविता गर्नु पो गर्नु । भला म पनि यस्‌ ग्रन्थको विस्तार ह्यैं गर्छु ।

ग्रन्थ समाप्तिमा म पनि अब कवि भानुभक्तको क्यै गुणगान गर्न भनी श्लोक्‌ लेख्‌छु । भाषानुरागीहरूले यो समेत्‌ पढी यस्‌ ग्रन्थमा केही ऊंचे नीच भया माफ्‌ गरी मलाई आफ्नै प्रिय पात्र मोतीराम भट्ट भनी जानून्‌ ।


स्वस्ति श्रीयुत भानुभक्त कविका जीवन् कथा यो थिया ।
भाषाका अनुरागि जन्हरु सबै जानुन्‌ भनी लेखिया ॥
यस्मा ऊँच र नीच केहि छ भन्या सज्जन्‌ सबै माफ् गरून्‌ ।
इन्‌का जीवनको कथा पनि सबै आनन्द सागर्परून्‌ ॥१॥