Page:Champa.pdf/4: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{x-larger|'''प्रकाशकीय'''}}}} | {{c|{{x-larger|'''प्रकाशकीय'''}}}} | ||
महाकवि देवकोटाले आफ्नो जीवनीलेखकलाई समेत भुक्याइदिनुभएको | महाकवि देवकोटाले आफ्नो जीवनीलेखकलाई समेत भुक्याइदिनुभएको | ||
छ । नित्यराजज्यूले त्यति मेहनत गरी खोज्दा पनि महाकविको कुनै उपन्यास | |||
फेला | फेला पार्न सक्नुभएन र उहाँलाई लेख्न कर लाग्यो… "सिर्फ | ||
उपन्यासक्षेत्रमा कविजी देखा पर्नुभएन" (महाकवि देवकोटा, पेज ६७) | उपन्यासक्षेत्रमा कविजी देखा पर्नुभएन" (महाकवि देवकोटा, पेज ६७) | ||
कहिलेकहीँ आफूले लेखेको कुरा गल्ती रहेछ भन्ने थाहा पाउँदा भन् | |||
खुसी लाग्ने अवस्था पनि | खुसी लाग्ने अवस्था पनि पर्दो रहेछ । एउटा त्यस्तै अवसर हो भन्ने हामीलाई | ||
लाग्छ । तर देवकोटाज्यूले उपन्यास पनि छाडेर जानुभएको रहेछ भन्ने थाहा | |||
पाउँदा नित्यराजज्यूलाई जति आनन्द लागेको होला त्यत्तिकै खुसी हामीलाई | पाउँदा नित्यराजज्यूलाई जति आनन्द लागेको होला त्यत्तिकै खुसी हामीलाई | ||
पनि लागेको छ, यसलाई प्रकाशनमा ल्याउन | पनि लागेको छ, यसलाई प्रकाशनमा ल्याउन पाएकोमा । | ||
यो उपन्यास जुन रूपमा हामीले | यो उपन्यास जुन रूपमा हामीले पायौँ, त्यही रूपमा हामी पाठकहरूका | ||
सामु | सामु टक्र्याउँदैछौँ । त्यसैले पढ्दा यो कसैकसैलाई अपूरोजस्तो पनि | ||
लाग्नेछ । तर लेखकले सबै कुरा नभनी पाठकलाई नै | लाग्नेछ । तर लेखकले सबै कुरा नभनी पाठकलाई नै बाँकी कुरा | ||
कल्पना गर्न लगाउने आधुनिक उपन्यासको परिपाटीअनुसार केही भन्न | कल्पना गर्न लगाउने आधुनिक उपन्यासको परिपाटीअनुसार केही भन्न | ||
बाँकी नै राखी भट्ट | बाँकी नै राखी भट्ट टुङ्गिएजस्तो यो उपन्यास धेरैलाई रिझाउने पनि | ||
हुन सक्नेछ भन्ने लाग्छ । | हुन सक्नेछ भन्ने लाग्छ । | ||
ने.भा.प्र. समितिको | ने.भा.प्र. समितिको उत्तराधिकारमा हामीलाई प्राप्त भएको यस | ||
पुस्तकको लेखोट कापीमा बाहिरपट्टि नाम थियो 'नेपाली सामाजिक | पुस्तकको लेखोट कापीमा बाहिरपट्टि नाम थियो 'नेपाली सामाजिक | ||
उपन्यास' । त्यही शीर्षक राखी पुस्तक प्रकाश गर्नु ठीक लागेन र हामीले | उपन्यास' । त्यही शीर्षक राखी पुस्तक प्रकाश गर्नु ठीक लागेन र हामीले | ||
एउटा नाम | एउटा नाम दियौँ–'चम्पा' । तर यही न्वारान गर्दा पनि हामीले देवकोटाज्यूको | ||
परम्परा | परम्परा छाडेका छैनौँ भन्न मन लाग्छ किनभने कथाको मुख्य पात्रीको | ||
नामबाट नै किताबको नामकरण गरिएकोले 'कुञ्जिनी', 'लूनी', | |||
'सुलोचना', 'म्हेन्दु' कै हारमा यो उभिएको देखिनेछ । | 'सुलोचना', 'म्हेन्दु' कै हारमा यो उभिएको देखिनेछ । | ||
यसरी जन्मेको | यसरी जन्मेको करिब बीस वर्षजतिपछि न्वारान हुने यो 'चम्पा' ले | ||
लोकप्रिय हुन बीस दिन पनि पर्खन नपरोस् ! न्वारान गराउनेको | लोकप्रिय हुन बीस दिन पनि पर्खन नपरोस् ! न्वारान गराउनेको | ||
नाताले हामी यही आशीर्वचन | नाताले हामी यही आशीर्वचन भन्छौँ । तथास्तु ! | ||
{{right| | {{right|– क. दी.}} |
Latest revision as of 12:18, 20 June 2025
महाकवि देवकोटाले आफ्नो जीवनीलेखकलाई समेत भुक्याइदिनुभएको छ । नित्यराजज्यूले त्यति मेहनत गरी खोज्दा पनि महाकविको कुनै उपन्यास फेला पार्न सक्नुभएन र उहाँलाई लेख्न कर लाग्यो… "सिर्फ उपन्यासक्षेत्रमा कविजी देखा पर्नुभएन" (महाकवि देवकोटा, पेज ६७)
कहिलेकहीँ आफूले लेखेको कुरा गल्ती रहेछ भन्ने थाहा पाउँदा भन् खुसी लाग्ने अवस्था पनि पर्दो रहेछ । एउटा त्यस्तै अवसर हो भन्ने हामीलाई लाग्छ । तर देवकोटाज्यूले उपन्यास पनि छाडेर जानुभएको रहेछ भन्ने थाहा पाउँदा नित्यराजज्यूलाई जति आनन्द लागेको होला त्यत्तिकै खुसी हामीलाई पनि लागेको छ, यसलाई प्रकाशनमा ल्याउन पाएकोमा ।
यो उपन्यास जुन रूपमा हामीले पायौँ, त्यही रूपमा हामी पाठकहरूका सामु टक्र्याउँदैछौँ । त्यसैले पढ्दा यो कसैकसैलाई अपूरोजस्तो पनि लाग्नेछ । तर लेखकले सबै कुरा नभनी पाठकलाई नै बाँकी कुरा कल्पना गर्न लगाउने आधुनिक उपन्यासको परिपाटीअनुसार केही भन्न बाँकी नै राखी भट्ट टुङ्गिएजस्तो यो उपन्यास धेरैलाई रिझाउने पनि हुन सक्नेछ भन्ने लाग्छ ।
ने.भा.प्र. समितिको उत्तराधिकारमा हामीलाई प्राप्त भएको यस पुस्तकको लेखोट कापीमा बाहिरपट्टि नाम थियो 'नेपाली सामाजिक उपन्यास' । त्यही शीर्षक राखी पुस्तक प्रकाश गर्नु ठीक लागेन र हामीले एउटा नाम दियौँ–'चम्पा' । तर यही न्वारान गर्दा पनि हामीले देवकोटाज्यूको परम्परा छाडेका छैनौँ भन्न मन लाग्छ किनभने कथाको मुख्य पात्रीको नामबाट नै किताबको नामकरण गरिएकोले 'कुञ्जिनी', 'लूनी', 'सुलोचना', 'म्हेन्दु' कै हारमा यो उभिएको देखिनेछ ।
यसरी जन्मेको करिब बीस वर्षजतिपछि न्वारान हुने यो 'चम्पा' ले लोकप्रिय हुन बीस दिन पनि पर्खन नपरोस् ! न्वारान गराउनेको नाताले हामी यही आशीर्वचन भन्छौँ । तथास्तु !
– क. दी.