Page:Champa.pdf/43: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
निमित्त योग्य स्वस्थता राख्नु नै पौरुष हो । के मेरो अधिकार | निमित्त योग्य स्वस्थता राख्नु नै पौरुष हो । के मेरो अधिकार छ— | ||
कुनै धर्मले चम्पालाई | कुनै धर्मले चम्पालाई टिबी लाग्यो तिमीलाई पनि भन्न ? उनलाई | ||
टिबी लागेको छैन । स्वस्थ छिन्, उनी डल्ला फोरिएकी जमिन छिन् । | |||
उनी | उनी लहलाउन चाहन्छिन् । उनी समर्थ पृथ्वी छिन् । म रोगी किसान ।" | ||
त्यसपछि उनी यौन साहित्यतिर लागे । | त्यसपछि उनी यौन साहित्यतिर लागे । डि. एच. लारेन्सका निबन्धहरु अध्ययन | ||
गर्न लागे | गर्न लागे, उनले त्यस ग्रन्थकारमा असाहित्यिक, साहित्यिक तवरको सरल | ||
यौन | यौन विवरणहरु पाए । ग्रन्थकार थियो यौनभावको परमभक्त र पुजारी, | ||
यौनभाव एक पवित्र अग्नि हो । यसले सब चिज खाइदिन्छ । यो ज्वाला | "यौनभाव एक पवित्र अग्नि हो । यसले सब चिज खाइदिन्छ । यो ज्वाला | ||
हो जीवनको, | हो जीवनको, स्वर्णमन्दिरमा यही रहस्य हो, यही विश्वको मर्म हो । | ||
यसभन्दा | यसभन्दा अरु चिज छैन । यस वस्तुका हाँगाबिंगा सबै सभ्यता हुन् । | ||
कत्रो | कत्रो यौन भावको पूजा !" | ||
उनलाई प्रकृतिले अयोग्य बनाएकी थिइन् । उनी जान्दथे | उनलाई प्रकृतिले अयोग्य बनाएकी थिइन् । उनी जान्दथे | ||
जति | जति यौन भाव परमेश्वर भए पनि, त्यो उनको लागि विध्वंसक, प्रज्वालक, | ||
क्षयक थियो । यदि | क्षयक थियो । यदि यौन भाव यस्तो पवित्र वस्तु हो भने आफ्नो | ||
अयोग्यताको विचार राखेर त्यसलाई | अयोग्यताको विचार राखेर त्यसलाई जल्ने, बल्ने, उज्वाल्ने | ||
क्षेत्र प्रदान गर्दिनु र आफू त्यसका क्षेत्रको | क्षेत्र प्रदान गर्दिनु र आफू त्यसका क्षेत्रको कटक नहुनु पनि त एक | ||
सच्चा | सच्चा अन्तस्करणवाला पुरुषको विवेकी साधुता र सच्चाइको कर्म | ||
हुन्थ्यो । उनले निर्णय गरे यो ज्वालालाई | हुन्थ्यो । उनले निर्णय गरे यो ज्वालालाई नचलाऊँ । यो खतरादार | ||
छ । यसले खान्छ यो मेरो मृत्यु हो । उनको हृदयमा वियोगान्त | छ । यसले खान्छ, यो मेरो मृत्यु हो । उनको हृदयमा वियोगान्त | ||
नाटक सुरु भयो । तीव्र वेदना अनुभव हुन लाग्यो । आत्मनियन्त्रणको | नाटक सुरु भयो । तीव्र वेदना अनुभव हुन लाग्यो । आत्मनियन्त्रणको | ||
महती तपस्या उनले अभ्यास गर्न लागेका थिए । बराबर मुटुमा आँसुको | महती तपस्या उनले अभ्यास गर्न लागेका थिए । बराबर मुटुमा आँसुको | ||
गाँठो परेर आउँथ्यो तर | गाँठो परेर आउँथ्यो । तर जीवन–संरक्षिणी शक्ति जो उनको बाहिरी | ||
सतहभन्दा ज्यादा बुद्धिमती थिई, ज्यादा बुझ्थी | सतहभन्दा ज्यादा बुद्धिमती थिई, ज्यादा बुझ्थी, उसले भनी— "खतरा छ, | ||
रामकान्त ! पूरा खतरा ! तँ भाग् । यस ज्वालामा नपस् | रामकान्त ! पूरा खतरा ! तँ भाग् । यस ज्वालामा नपस् यो सच्चा | ||
मृत्यु हो । "त्यो | मृत्यु हो ।" त्यो जीवन–संरक्षिणी शक्ति बढी स्वार्थी थिई । बढी मतलबी | ||
थिई । बराबर अर्को एक जना कसैले आएर खुसखुस | थिई । बराबर अर्को एक जना कसैले आएर खुसखुस गर्थ्यो— | ||
अपरिभाषेय कोही । | अपरिभाषेय कोही । | ||
"रामकान्त ! मानिस मानवताको सेवक हो । पुरुष स्त्रीको, स्त्री | "रामकान्त ! मानिस मानवताको सेवक हो । पुरुष स्त्रीको, स्त्री | ||
पुरुषको । तब बाँच्नु भनेको अनुभव गर्नु हो । जीवनी शक्तिको | पुरुषको । तब बाँच्नु भनेको अनुभव गर्नु हो । जीवनी शक्तिको | ||
बग्गीमा | बग्गीमा बाहक अश्वका रुपमा ताजा, तगडा भएर जित स्वीकार गर्नु हो । |
Revision as of 09:53, 20 June 2025
निमित्त योग्य स्वस्थता राख्नु नै पौरुष हो । के मेरो अधिकार छ— कुनै धर्मले चम्पालाई टिबी लाग्यो तिमीलाई पनि भन्न ? उनलाई टिबी लागेको छैन । स्वस्थ छिन्, उनी डल्ला फोरिएकी जमिन छिन् । उनी लहलाउन चाहन्छिन् । उनी समर्थ पृथ्वी छिन् । म रोगी किसान ।" त्यसपछि उनी यौन साहित्यतिर लागे । डि. एच. लारेन्सका निबन्धहरु अध्ययन गर्न लागे, उनले त्यस ग्रन्थकारमा असाहित्यिक, साहित्यिक तवरको सरल यौन विवरणहरु पाए । ग्रन्थकार थियो यौनभावको परमभक्त र पुजारी, "यौनभाव एक पवित्र अग्नि हो । यसले सब चिज खाइदिन्छ । यो ज्वाला हो जीवनको, स्वर्णमन्दिरमा यही रहस्य हो, यही विश्वको मर्म हो । यसभन्दा अरु चिज छैन । यस वस्तुका हाँगाबिंगा सबै सभ्यता हुन् । कत्रो यौन भावको पूजा !"
उनलाई प्रकृतिले अयोग्य बनाएकी थिइन् । उनी जान्दथे जति यौन भाव परमेश्वर भए पनि, त्यो उनको लागि विध्वंसक, प्रज्वालक, क्षयक थियो । यदि यौन भाव यस्तो पवित्र वस्तु हो भने आफ्नो अयोग्यताको विचार राखेर त्यसलाई जल्ने, बल्ने, उज्वाल्ने क्षेत्र प्रदान गर्दिनु र आफू त्यसका क्षेत्रको कटक नहुनु पनि त एक सच्चा अन्तस्करणवाला पुरुषको विवेकी साधुता र सच्चाइको कर्म हुन्थ्यो । उनले निर्णय गरे यो ज्वालालाई नचलाऊँ । यो खतरादार छ । यसले खान्छ, यो मेरो मृत्यु हो । उनको हृदयमा वियोगान्त नाटक सुरु भयो । तीव्र वेदना अनुभव हुन लाग्यो । आत्मनियन्त्रणको महती तपस्या उनले अभ्यास गर्न लागेका थिए । बराबर मुटुमा आँसुको गाँठो परेर आउँथ्यो । तर जीवन–संरक्षिणी शक्ति जो उनको बाहिरी सतहभन्दा ज्यादा बुद्धिमती थिई, ज्यादा बुझ्थी, उसले भनी— "खतरा छ, रामकान्त ! पूरा खतरा ! तँ भाग् । यस ज्वालामा नपस् यो सच्चा मृत्यु हो ।" त्यो जीवन–संरक्षिणी शक्ति बढी स्वार्थी थिई । बढी मतलबी थिई । बराबर अर्को एक जना कसैले आएर खुसखुस गर्थ्यो— अपरिभाषेय कोही ।
"रामकान्त ! मानिस मानवताको सेवक हो । पुरुष स्त्रीको, स्त्री पुरुषको । तब बाँच्नु भनेको अनुभव गर्नु हो । जीवनी शक्तिको बग्गीमा बाहक अश्वका रुपमा ताजा, तगडा भएर जित स्वीकार गर्नु हो ।