Page:Bhanubhaktako ramayan.pdf/18: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> जो पाप् गौतमपत्निका हरि दिया जो भाँचि दीया धनू । जो मैलाइ बिहा गर्या सब कुरा यस्ता कहाँ तक् भनू ॥ जो ता गर्व हर्या ति विर् परशुराम्को जो अयोध्या बस्या । बार्है वर..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
जो पाप् गौतमपत्निका हरि दिया जो भाँचि दीया धनू । | जो पाप् गौतमपत्निका हरि दिया जो भाँचि दीया धनू । | ||
जो मैलाइ बिहा | जो मैलाइ बिहा गर्या सब कुरा यस्ता कहाँ तक् भनू ॥ | ||
जो ता गर्व | जो ता गर्व हर्या ति विर् परशुराम्को जो अयोध्या बस्या । | ||
बार्है वर्ष बिहा गर्या पछि बसी जो ता वनैमा पस्या ॥३६॥ | |||
यस्ता काम् जति काम् भया ति सब काम् गर्न्या म हूँ ता पनि । | यस्ता काम् जति काम् भया ति सब काम् गर्न्या म हूँ ता पनि । | ||
Line 23: | Line 23: | ||
यो मेरो हृदयै त हो प्रिय छ यो खुप् गुप्त राख्नू पनी । | यो मेरो हृदयै त हो प्रिय छ यो खुप् गुप्त राख्नू पनी । | ||
तत्त्वज्ञान् भनि यै कहिन्छ बुझिल्यौ सून्यौ हनुमन् भनी ॥ | तत्त्वज्ञान् भनि यै कहिन्छ बुझिल्यौ सून्यौ हनुमन् भनी ॥ | ||
तत्त्वज्ञान् हनुमानलाइ | तत्त्वज्ञान् हनुमानलाइ रघुनाथ्ले यै दिनू भो तहाँ । | ||
सोही ज्ञान् तिमि थ्यैं कही कन सक्याँ सम्पूर्ण मैले यहाँ ॥४०॥ | सोही ज्ञान् तिमि थ्यैं कही कन सक्याँ सम्पूर्ण मैले यहाँ ॥४०॥ | ||
सून्यौ पार्वति रामको हृदय यो जो जो त पाठ् गर्दछन् । | सून्यौ पार्वति ! रामको हृदय यो जो जो त पाठ् गर्दछन् । | ||
जो छन् जन्म सहस्रका सकल पाप् | जो छन् जन्म सहस्रका सकल पाप् तिन्का सबै टर्दछन् ॥ | ||
जातीभ्रष्ट अधम् हवस् त पनि लौ | जातीभ्रष्ट अधम् हवस् त पनि लौ यस्लाई खुप् पाठ् गरी । | ||
राम्को ध्यान् पनि गर्छ पो पनि भन्या त्यो जान्छ संसार् तरी ॥४१॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:02, 18 June 2025
जो पाप् गौतमपत्निका हरि दिया जो भाँचि दीया धनू ।
जो मैलाइ बिहा गर्या सब कुरा यस्ता कहाँ तक् भनू ॥
जो ता गर्व हर्या ति विर् परशुराम्को जो अयोध्या बस्या ।
बार्है वर्ष बिहा गर्या पछि बसी जो ता वनैमा पस्या ॥३६॥
यस्ता काम् जति काम् भया ति सब काम् गर्न्या म हूँ ता पनि ।
भन्छन् लोक त रामलाइ सबका कर्ता इनै हुन् भनी ॥
अन्तर्यामि अनादि साक्षि त ति हुन् कर्ता कहाँ ती थिया ।
मेरा गूण लिंदा त लोकहरुले कर्ता भनी पो दिया ॥३७॥
येती ताहिं सिताजिबाट उपदेश् पाई सक्याथ्या जसै ।
आफै राम् प्रभुले पनी दिनु भयो फेर् तत्त्वको ज्ञान् तसै ॥
यस्तो हुन्छ परात्म आत्म यहि हो यो हो अनात्मा भनी ।
आत्मा और परात्मलाइ बुझदा पाइन्छ मुक्ती पनी ॥३८॥
आत्माको र परात्मको छ कति फेर् त्यो एक जानी लिनू ।
जुन् जुन् चीज अनात्म हुन् उ त झुटा जानेर छाडी दिनू ॥
आत्माको र परात्मको गरि विचार् एक् तत्त्व जान्यो जसै ।
अज्ञान् सब् छुटि जान्छ ती पुरुषको मै तुल्य हुन्छन् तसै ॥३९॥
यो मेरो हृदयै त हो प्रिय छ यो खुप् गुप्त राख्नू पनी ।
तत्त्वज्ञान् भनि यै कहिन्छ बुझिल्यौ सून्यौ हनुमन् भनी ॥
तत्त्वज्ञान् हनुमानलाइ रघुनाथ्ले यै दिनू भो तहाँ ।
सोही ज्ञान् तिमि थ्यैं कही कन सक्याँ सम्पूर्ण मैले यहाँ ॥४०॥
सून्यौ पार्वति ! रामको हृदय यो जो जो त पाठ् गर्दछन् ।
जो छन् जन्म सहस्रका सकल पाप् तिन्का सबै टर्दछन् ॥
जातीभ्रष्ट अधम् हवस् त पनि लौ यस्लाई खुप् पाठ् गरी ।
राम्को ध्यान् पनि गर्छ पो पनि भन्या त्यो जान्छ संसार् तरी ॥४१॥