Page:Bhanubhaktako ramayan.pdf/17: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> बादल्ले अरु ढाक्छ ढाक्छ अरू क्या श्रीसूर्य्यलाई पनी । लोक् ता भन्छ उठ्यो र बादल ठुलो सब् सूर्य्य ढाक्यो भनी ॥ तस्तै तत्त्व न जानि बोल्छ जन जो सो भन्छ मानिस् पनी ।..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बादल्ले अरु ढाक्छ ढाक्छ अरू क्या श्रीसूर्य्यलाई पनी । | |||
लोक् ता भन्छ उठ्यो र बादल ठुलो सब् सूर्य्य ढाक्यो भनी ॥ | लोक् ता भन्छ उठ्यो र बादल ठुलो सब् सूर्य्य ढाक्यो भनी ॥ | ||
तस्तै तत्त्व न जानि बोल्छ जन जो सो भन्छ मानिस् पनी । | तस्तै तत्त्व न जानि बोल्छ जन जो सो भन्छ मानिस् पनी । | ||
योगी ज्ञानि त चिन्दछन् इ रघुनाथ् त्रैलोक्यका नाथ् भनी ॥३०॥ | योगी ज्ञानि त चिन्दछन् इ रघुनाथ् त्रैलोक्यका नाथ् भनी ॥३०॥ | ||
जस्लाई रिङटा छ भन्छ उ फगत् घुम्छन् उ पर्वत् भनी । | |||
घुम्दैनन् इ त घुम्छ तेहि रिङटा जान्दैन कोही पनी ॥ | घुम्दैनन् इ त घुम्छ तेहि रिङटा जान्दैन कोही पनी ॥ | ||
अज्ञान् रुप् रिङटा हुन्या जनहरू भन्छन् ति मानिस् पनी । | अज्ञान् रुप् रिङटा हुन्या जनहरू भन्छन् ति मानिस् पनी । | ||
राम् ता हुन् परमेश्वरै सकल यस् चौधै | राम् ता हुन् परमेश्वरै सकल यस् चौधै भुवन्का धनी ॥३१॥ | ||
सूर्य्यैमा पनि अन्धकार् छ कहिं क्या | सूर्य्यैमा पनि अन्धकार् छ कहिं क्या तस्तै छ राम्मा पनी । | ||
शोक् अज्ञान् रति छैन जान्नु सबले आत्मा इनै हुन् भनी ॥ | शोक् अज्ञान् रति छैन जान्नु सबले आत्मा इनै हुन् भनी ॥ | ||
आर्को गोप्य रहस्य भन्छु सुन यो संवाद् सितारामको । | आर्को गोप्य रहस्य भन्छु सुन यो संवाद् सितारामको । | ||
भूभार् हर्न त को थियो जब | भूभार् हर्न त को थियो जब हर्या छिन्छान् भयो कामको ॥३२॥ | ||
भूमीको सब भार् हरेर रघुनाथ् राज् गर्न लाग्या जसै । | भूमीको सब भार् हरेर रघुनाथ् राज् गर्न लाग्या जसै । | ||
देख्या श्रीहनुमानलाइ र दया आयो प्रभूका तसै ॥ | देख्या श्रीहनुमानलाइ र दया आयो प्रभूका तसै ॥ | ||
सीतालाइ हुकुम् तहीं दिनु भयो सीते हनूमान् बडा । | सीतालाइ हुकुम् तहीं दिनु भयो सीते ! हनूमान् बडा । | ||
हाम्रा भक्त भया इ तत्त्व लिनका खातिर् यहाँ छन् खडा ॥३३॥ | हाम्रा भक्त भया इ तत्त्व लिनका खातिर् यहाँ छन् खडा ॥३३॥ | ||
इन्लाई तिमि तत्त्व देउ भनि यो हूकुम् भयेथ्यो जसै । | |||
सीताले हनुमानलाइ दिनु भो जुन् तत्त्व हो सो तसै ॥ | सीताले हनुमानलाइ दिनु भो जुन् तत्त्व हो सो तसै ॥ | ||
आर्को तत्त्व त केहि छैन हनुमान् कुन् आज आर्को कहूँ । | आर्को तत्त्व त केहि छैन हनुमान् कुन् आज आर्को कहूँ । | ||
राम् हुन् ब्रह्म इनैकि शक्ति बलिई माया भन्याकी म हूँ ॥३४॥ | राम् हुन् ब्रह्म इनैकि शक्ति बलिई माया भन्याकी म हूँ ॥३४॥ | ||
राम्को सन्निधि पाइ गर्छु सबको सृष्टी र पालन् पनी । | |||
आरोप् राम विषे गरिन्छ सब यो गर्न्या इनै हुन् भनी ॥ | आरोप् राम विषे गरिन्छ सब यो गर्न्या इनै हुन् भनी ॥ | ||
यस् निर्मल् रघुवंशमा प्रभुजिले जो जन्म याहीं लिया । | यस् निर्मल् रघुवंशमा प्रभुजिले जो जन्म याहीं लिया । |
Latest revision as of 21:58, 18 June 2025
बादल्ले अरु ढाक्छ ढाक्छ अरू क्या श्रीसूर्य्यलाई पनी ।
लोक् ता भन्छ उठ्यो र बादल ठुलो सब् सूर्य्य ढाक्यो भनी ॥
तस्तै तत्त्व न जानि बोल्छ जन जो सो भन्छ मानिस् पनी ।
योगी ज्ञानि त चिन्दछन् इ रघुनाथ् त्रैलोक्यका नाथ् भनी ॥३०॥
जस्लाई रिङटा छ भन्छ उ फगत् घुम्छन् उ पर्वत् भनी ।
घुम्दैनन् इ त घुम्छ तेहि रिङटा जान्दैन कोही पनी ॥
अज्ञान् रुप् रिङटा हुन्या जनहरू भन्छन् ति मानिस् पनी ।
राम् ता हुन् परमेश्वरै सकल यस् चौधै भुवन्का धनी ॥३१॥
सूर्य्यैमा पनि अन्धकार् छ कहिं क्या तस्तै छ राम्मा पनी ।
शोक् अज्ञान् रति छैन जान्नु सबले आत्मा इनै हुन् भनी ॥
आर्को गोप्य रहस्य भन्छु सुन यो संवाद् सितारामको ।
भूभार् हर्न त को थियो जब हर्या छिन्छान् भयो कामको ॥३२॥
भूमीको सब भार् हरेर रघुनाथ् राज् गर्न लाग्या जसै ।
देख्या श्रीहनुमानलाइ र दया आयो प्रभूका तसै ॥
सीतालाइ हुकुम् तहीं दिनु भयो सीते ! हनूमान् बडा ।
हाम्रा भक्त भया इ तत्त्व लिनका खातिर् यहाँ छन् खडा ॥३३॥
इन्लाई तिमि तत्त्व देउ भनि यो हूकुम् भयेथ्यो जसै ।
सीताले हनुमानलाइ दिनु भो जुन् तत्त्व हो सो तसै ॥
आर्को तत्त्व त केहि छैन हनुमान् कुन् आज आर्को कहूँ ।
राम् हुन् ब्रह्म इनैकि शक्ति बलिई माया भन्याकी म हूँ ॥३४॥
राम्को सन्निधि पाइ गर्छु सबको सृष्टी र पालन् पनी ।
आरोप् राम विषे गरिन्छ सब यो गर्न्या इनै हुन् भनी ॥
यस् निर्मल् रघुवंशमा प्रभुजिले जो जन्म याहीं लिया ।
विश्वामित्र निमित्त यज्ञहरुमा राखी दया मन् दिया ॥३५॥