Page:Lalitya bhag 1 ra 2.pdf/64: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३४)}} '''कविता-''' :रसिला नैतिक बात लेखन उठ्दैन आफनै हात । :भन बरु छ भने होश, किन फिर अरुमा वृथा दोष ॥ {{pcn|(३५)}} '''कवि-''' :उपयोगी परिपाटी लिएर कन्था कटाकटी काटी । :लेखनु यो कठ..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Revision as of 21:07, 17 June 2025
This page has been proofread
(३४)
कविता-
रसिला नैतिक बात लेखन उठ्दैन आफनै हात ।
भन बरु छ भने होश, किन फिर अरुमा वृथा दोष ॥
(३५)
कवि-
उपयोगी परिपाटी लिएर कन्था कटाकटी काटी ।
लेखनु यो कठिन कुरा छन् सब त्यस्ता कहाँ चतुरा ॥
(३६)
कविता-
उपकारी मर्मज्ञ विचारवाला गुणी महाप्रज्ञ ।
भाषमा छैन कुनै यो त बताएँ स्वयं अघि नै ॥
(३७)
कवि-
अघिका सत्कवि जस्ता मिल्छन् कविजी कहाँ सस्ता ।
तर तिमि हार नखाऊ, स्थिर गर भाषाविषे पाउ ॥
(३८)
कविता-
होला शिक्षित देश भनेर भाषाविषे सहेँ क्लेश ।
कविको पुगेन ढङ्ग उल्टा, मेरो टुटे अङ्ग ॥