Page:Lalitya bhag 1 ra 2.pdf/48: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread |
Revision as of 17:52, 16 June 2025
This page has been proofread
सबै राम्रा, सबै ठाँटी, सबै नाना तमासामा,
सबैका माथमा जौका पहेँला आँकुरा लामा ॥
सबै अत्यन्त आनन्दी सबै छन् पीङमा दङ्ग,
सबैको देखिँदै आयो उज्यालो चेहरा रङ्ग ॥
विजेता आर्यको यो हो पुरानू कीर्तिको स्तम्भ,
[1]खडा राखीदिए दुर्गे ! जगन्माता ! पछीसम्म ॥
- ↑ यो कविता नेपाली भाषा प्रकाशिनी समितिको पहिलो पुस्तकका लागि लेखिएको हो ।