Page:Lalitya bhag 1 ra 2.pdf/41: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} रथ लगि दुइ सैन्य बीच पारी ::सुनि सब अर्जुनका कुरा विचारी । रिपुतिर दिइ नेत्र, आयु उन्को ::सब हरने हरिमा छ भाव मन्को ॥ {{pcn|(५)}} बुझि रिपुदल बन्धुले भरेको ::वध नगरूँ..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Revision as of 17:36, 16 June 2025
This page has been proofread
(४)
रथ लगि दुइ सैन्य बीच पारी
सुनि सब अर्जुनका कुरा विचारी ।
रिपुतिर दिइ नेत्र, आयु उन्को
सब हरने हरिमा छ भाव मन्को ॥
(५)
बुझि रिपुदल बन्धुले भरेको
वध नगरूँ भनि पापमा डरेको ।
विजयकन बताइ तत्त्व सारा
भ्रम हरने हरिको पर्दै सहारा ॥
(६)
निज कबुल भुली कबूल मेरै
सफल गरी रथ छोडि उत्तिखेरै ।
गजतिर हरि झैँ मतर्फ बढ्दो
कर-बिच चक्र छ, वस्त्र हर्र उड्दो ॥
(७)
शित शर छुटि घातकी मबाट
कवच फुटि चुहि रक्त अङ्गबाट
उसरि मकन मार्नमा सतृष्ण
शरण खडा हुनुहुन्छ नाथ कृष्ण ॥