Page:Tarun tapasi.pdf/79: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 17: | Line 17: | ||
::अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता । | ::अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता । | ||
सबै हो यै पैसामय जहरको ग्याँस ननिको | सबै हो यै पैसामय जहरको ग्याँस ननिको | ||
:: | ::हर्यो जस्ले सारै सकल सहसा मर्त्य-जुनिको ॥ | ||
{{pcn|३०}} | {{pcn|३०}} |
Latest revision as of 14:57, 15 June 2025
२७
अँध्यारा पैसाको अति जटिल जालोबिच परी
झिँगा झैँ संसारी मनुज बिचरा भुन्भुन गरी ।
मडारिन्छन्, रुन्छन् हरसमय गर्छन् छटपटी
कठै ! के फुत्कन्थे तर सब तिनी प्राण नछुटी ?
२८
विषालू पैसाको विकट बढदो व्याधि सरुवा
छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा ।
बगैँचा ब्रह्माको सब सहज खङ्गार नगरी
कठै ! तेसै जाला कठिनतम यो व्याधि कसरी ?
२९
कडा जोशी, दोषी, तमक, हठ वा गर्व-गुरुता
अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता ।
सबै हो यै पैसामय जहरको ग्याँस ननिको
हर्यो जस्ले सारै सकल सहसा मर्त्य-जुनिको ॥
३०
सदा यै पैसाले कठिन हिमले पङ्कज सरी
थिची दैवी सम्पद् गुण-मधुरिमा सोत्तर गरी ।
लतारेको देख्दा अब भुवन भो सङ्कटमय
भनी बाधा मानी हरबखत यो रुन्छ हृदय ॥
३१
भनून् अन्धा लोभी मनुजहरु पैसाकन धन
म सम्झन्छू शा(सा)पै कुटिल विधिको त्यो सनिधन ।
कठै ! जस्का लागी अबुझ दुनियाँ लाखन थरी
विपद् भोगी झुक्छन् हल न चल भै जीवनभरी ॥
३२
इनै पैसा उम्ली तमकसित शस्त्राऽस्त्रहरुको
झिकी तीखो जिभ्रो जुग जुग कठै ! जीवहरुको ।
गला काटी तातो रगतकन चाटी लपलपी
अकालैमा कालाऽनल विकट फुक्छन् धपधपी ॥