Page:Tarun tapasi.pdf/60: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 10: | Line 10: | ||
{{pcn|२}} | {{pcn|२}} | ||
ठुला साना लाखौँ | ठुला साना लाखौँ पथिकहरुका लाखन थरी | ||
::चमत्कारी चाला हरबखत आलोकन गरी । | ::चमत्कारी चाला हरबखत आलोकन गरी । | ||
बसेकै वेलामा शिशिर ऋतुको रात्रिबिचमा | बसेकै वेलामा शिशिर ऋतुको रात्रिबिचमा |
Latest revision as of 22:11, 12 June 2025
This page has been validated
नवम विश्राम
१
अलि बेर अडी चल्यो जब
मुनिको मञ्जुल ओष्ठ-पल्लव ।
अनि वाक्य-सुधा बह्यो उही
अथवा जीवनको फुक्यो बही ॥
२
ठुला साना लाखौँ पथिकहरुका लाखन थरी
चमत्कारी चाला हरबखत आलोकन गरी ।
बसेकै वेलामा शिशिर ऋतुको रात्रिबिचमा
लड्यो भोको यौटा अतिथिजन आई नगिचमा ॥
३
न त्यस्ले क्यै खायो, न त पिउन पायो द्रवहरू
न केही बिच्छ्यायो, न त धुनि जगायो हुरुहुरु ।
घुँडो मण्टो जोडी विधि अधम हो निर्दय भनी
बितायो वा काट्यो कटकट किटी दन्त रजनी ॥
४
निशाको त्यो कालो तम सकल पोको परि परी
उही निर्धो भोको विकल बटुवामा घर गरी ।
मडारिन्थ्यो खेल्थ्यो पल पल उकेल्थ्यो विकलता
थियो उस्को लेखा शरण मृति-मूर्छा, शिथिलता ॥
५
कठै ! चिल्थो कन्था फगत लिपिटो मात्र हरमा
कलेटीको खस्रो अति मलिन रेखा अधरमा ।
गडेका खोपा झैँ नयनयुग, आँशू गहभरी
बगेको देखिन्थ्यो, कर चरण काम्थे थरथरी ॥