Jump to content

Page:Tarun tapasi.pdf/79: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|२७}}
{{pcn|२७}}
अँध्यारा पैसाको अति जटिल जालोबिच परी
अँध्यारा पैसाको अति जटिल जालोबिच परी
::झिँगा झैं संसारी मनुज बिचरा भुन्भुन गरी ।
::झिँगा झैँ संसारी मनुज बिचरा भुन्‌भुन गरी ।
मडारिन्छन्, रुन्छन् हरसमय गर्छन् छटपटी
मडारिन्छन्, रुन्छन् हरसमय गर्छन् छटपटी
::कठै के फुत्कन्थे तर सब तिनी प्राण नछुटी ?
::कठै ! के फुत्कन्थे तर सब तिनी प्राण नछुटी ?


{{pcn|२८}}
{{pcn|२८}}
विषालू पैसाको विकट बढदो व्याधि सरुवा
विषालू पैसाको विकट बढदो व्याधि सरुवा
::छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा ।
::छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा ।
बगैंचा ब्रह्माको सब सहज खङ्गार नगरी
बगैँचा ब्रह्माको सब सहज खङ्गार नगरी
::कठै तेसै जाला कठिनतम यो व्याधि कसरी ?
::कठै ! तेसै जाला कठिनतम यो व्याधि कसरी ?


{{pcn|२९}}
{{pcn|२९}}
कडा जोशी, दोषी, तमक, हठ वा गर्वगुरुता
कडा जोशी, दोषी, तमक, हठ वा गर्व-गुरुता
::अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता ।
::अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता ।
सबै हो यै पैसामय जहरको ग्याँस ननिको
सबै हो यै पैसामय जहरको ग्याँस ननिको
::हर्यो जस्ले सारै सकल सहसा मर्त्यजुनिको
::हर्यो जस्ले सारै सकल सहसा मर्त्य-जुनिको


{{pcn|३०}}
{{pcn|३०}}
सदा यै पैसाले कठिन हिमले पङ्कज सरी
सदा यै पैसाले कठिन हिमले पङ्कज सरी
::थिची दैवी सम्पद् गुणमधुरिमा सोत्तर गरी ।
::थिची दैवी सम्पद् गुण-मधुरिमा सोत्तर गरी ।
लतारेको देख्दा अब भुवन भो सङ्कटमय
लतारेको देख्दा अब भुवन भो सङ्कटमय
::भनी बाधा मानी हरबखत यो रुन्छ हृदय ॥
::भनी बाधा मानी हरबखत यो रुन्छ हृदय ॥
Line 28: Line 28:
भनून् अन्धा लोभी मनुजहरु पैसाकन धन
भनून् अन्धा लोभी मनुजहरु पैसाकन धन
::म सम्झन्छू शा(सा)पै कुटिल विधिको त्यो सनिधन ।
::म सम्झन्छू शा(सा)पै कुटिल विधिको त्यो सनिधन ।
कठै जस्का लागी अबुझ दुनियाँ लाखन थरी
कठै ! जस्का लागी अबुझ दुनियाँ लाखन थरी
::विपद् भोगी झुक्छन् हल न चल भै जीवनभरी ॥
::विपद् भोगी झुक्छन् हल न चल भै जीवनभरी ॥


{{pcn|३२}}
{{pcn|३२}}
इनै पैसा उम्ली तमकसित शस्त्राऽस्त्रहरुको
इनै पैसा उम्ली तमकसित शस्त्राऽस्त्रहरुको
::झिकी तीखो जिभ्रो जुग जुग कठै जीवहरुको ।
::झिकी तीखो जिभ्रो जुग जुग कठै ! जीवहरुको ।
गला काटी तातो रगतकन चाटी लपलपी
गला काटी तातो रगतकन चाटी लपलपी
::अकालैमा कालाऽनल विकट फुक्छन् धपधपी ॥
::अकालैमा कालाऽनल विकट फुक्छन् धपधपी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:26, 11 June 2025

This page has been proofread

२७
अँध्यारा पैसाको अति जटिल जालोबिच परी
झिँगा झैँ संसारी मनुज बिचरा भुन्‌भुन गरी ।
मडारिन्छन्, रुन्छन् हरसमय गर्छन् छटपटी
कठै ! के फुत्कन्थे तर सब तिनी प्राण नछुटी ?

२८
विषालू पैसाको विकट बढदो व्याधि सरुवा
छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा ।
बगैँचा ब्रह्माको सब सहज खङ्गार नगरी
कठै ! तेसै जाला कठिनतम यो व्याधि कसरी ?

२९
कडा जोशी, दोषी, तमक, हठ वा गर्व-गुरुता
अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता ।
सबै हो यै पैसामय जहरको ग्याँस ननिको
हर्यो जस्ले सारै सकल सहसा मर्त्य-जुनिको ॥

३०
सदा यै पैसाले कठिन हिमले पङ्कज सरी
थिची दैवी सम्पद् गुण-मधुरिमा सोत्तर गरी ।
लतारेको देख्दा अब भुवन भो सङ्कटमय
भनी बाधा मानी हरबखत यो रुन्छ हृदय ॥

३१
भनून् अन्धा लोभी मनुजहरु पैसाकन धन
म सम्झन्छू शा(सा)पै कुटिल विधिको त्यो सनिधन ।
कठै ! जस्का लागी अबुझ दुनियाँ लाखन थरी
विपद् भोगी झुक्छन् हल न चल भै जीवनभरी ॥

३२
इनै पैसा उम्ली तमकसित शस्त्राऽस्त्रहरुको
झिकी तीखो जिभ्रो जुग जुग कठै ! जीवहरुको ।
गला काटी तातो रगतकन चाटी लपलपी
अकालैमा कालाऽनल विकट फुक्छन् धपधपी ॥