Jump to content

Page:Tarun tapasi.pdf/78: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|२१}}
{{pcn|२१}}
अँध्यारा पैसाको जति जति बढ्यो सञ्चयकला
अँध्यारा पैसाको जति जति बढ्यो सञ्चय-कला
::जगत्मा निर्धाको उति उति कठै शुक्दछ गला ।
::जगत्‌मा निर्धाको उति उति कठै ! शुक्दछ गला ।
बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो
बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो
::कठै कल्ले देख्ने उस अबुझको दर्द गहिरो ?
::कठै ! कल्ले देख्ने उस अबुझको दर्द गहिरो ?


{{pcn|२२}}
{{pcn|२२}}
विधाताले कैले ? किन ? कसरि ? कस्तो कुदिनमा ?
विधाताले कैले ? किन ? कसरि ? कस्तो कुदिनमा ?
::विषालू पैसाको अभिरुचि वृथा मर्त्यमनमा
::विषालू पैसाको अभिरुचि वृथा मर्त्य-मनमा
भर्यो होला कोलाहल कलहको जागृति गरी
भर्यो होला कोलाहल कलहको जागृति गरी
::बन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी ॥
::बन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी ॥
Line 15: Line 15:
{{pcn|२३}}
{{pcn|२३}}
बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा
बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा
::दुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्तिपथमा
::दुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्ति-पथमा
भुलेको देख्नाले हरबखत पैसाकन जपी
भुलेको देख्नाले हरबखत पैसाकन जपी
::कठै आँशू मेरा पनि चुहुन थाले तपतपी ॥
::कठै ! आँशू मेरा पनि चुहुन थाले तपतपी ॥


{{pcn|२४}}
{{pcn|२४}}
मुटूमा पैसाको प्रबल मुहुनीमन्त्र ननिको
मुटूमा पैसाको प्रबल मुहुनी-मन्त्र ननिको
::गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको ।
::गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको ।
न ता दायाँबायाँ, न तलतिर त्यो हेर्दछ रति
न ता दायाँ-बायाँ, न तलतिर त्यो हेर्दछ रति
::कठै त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति ?
::कठै त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति ?


{{pcn|२५}}
{{pcn|२५}}
कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी
कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी
::कुनै पोकैपोका लिइ सयल गर्ने जुनिभरी ।
::कुनै पोकै-पोका लिइ सयल गर्ने जुनिभरी ।
अहो कत्रो पैसाजनित जनमा यो विषमता ?
अहो ! कत्रो पैसा-जनित जनमा यो विषमता ?
::यसैमा टिक्ला के जुग जुग कठै यो मनुजता ?
::यसैमा टिक्ला के जुग जुग कठै ! यो मनुजता ?


{{pcn|२६}}
{{pcn|२६}}
बली, बाठा, टाठा, मनुजहरु चातुर्यदहमा
बली, बाठा, टाठा, मनुजहरु चातुर्य-दहमा
::जमाई अर्काका गरम पसिना भित्रि तहमा ।
::जमाई अर्काका गरम पसिना भित्रि तहमा ।
डुबी गोता लिन्छन् अबुझहरु गोताकन खपी
डुबी गोता लिन्छन् अबुझहरु गोताकन खपी

Revision as of 21:14, 11 June 2025

This page has been proofread

२१
अँध्यारा पैसाको जति जति बढ्यो सञ्चय-कला
जगत्‌मा निर्धाको उति उति कठै ! शुक्दछ गला ।
बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो
कठै ! कल्ले देख्ने उस अबुझको दर्द गहिरो ?

२२
विधाताले कैले ? किन ? कसरि ? कस्तो कुदिनमा ?
विषालू पैसाको अभिरुचि वृथा मर्त्य-मनमा ।
भर्यो होला कोलाहल कलहको जागृति गरी
बन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी ॥

२३
बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा
दुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्ति-पथमा ।
भुलेको देख्नाले हरबखत पैसाकन जपी
कठै ! आँशू मेरा पनि चुहुन थाले तपतपी ॥

२४
मुटूमा पैसाको प्रबल मुहुनी-मन्त्र ननिको
गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको ।
न ता दायाँ-बायाँ, न तलतिर त्यो हेर्दछ रति
कठै त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति ?

२५
कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी
कुनै पोकै-पोका लिइ सयल गर्ने जुनिभरी ।
अहो ! कत्रो पैसा-जनित जनमा यो विषमता ?
यसैमा टिक्ला के जुग जुग कठै ! यो मनुजता ?

२६
बली, बाठा, टाठा, मनुजहरु चातुर्य-दहमा
जमाई अर्काका गरम पसिना भित्रि तहमा ।
डुबी गोता लिन्छन् अबुझहरु गोताकन खपी
क्षुधाको ज्वालामा जनमभर जल्छन् धपधपी ॥