Page:Tarun tapasi.pdf/53: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
निशामा त्यो प्यारो | निशामा त्यो प्यारो पठन-विधि गर्दै दिवसमा | ||
::उदासी भै हेर्दै हरकिसिमको बाह्य सुषमा । | ::उदासी भै हेर्दै हरकिसिमको बाह्य सुषमा । | ||
जगायेँ निःस्वार्थ-प्रणय-सुखको जोति भरिलो | |||
::निकै नै कम्ती भो, | ::निकै नै कम्ती भो, विहग-वध-बाधा जहरिलो ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
गये बढ्दै बढ्दै पयर तल, आँखा गगनमा | गये बढ्दै बढ्दै पयर तल, आँखा गगनमा | ||
::जम्यो, फेरी नीलोपन गगनको टम्म मनमा । | ::जम्यो, फेरी नीलोपन गगनको टम्म मनमा । | ||
जटाशाली अग्लो शिर पवनको | जटाशाली अग्लो शिर पवनको रङ्ग-रसमा | ||
::रमाई छर्कन्थ्यो छुनुमुनु गरी | ::रमाई छर्कन्थ्यो छुनुमुनु गरी शान्ति-सुषमा ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
Line 17: | Line 17: | ||
::दिये भारी धक्का मकन अथवा उग्र रगडा । | ::दिये भारी धक्का मकन अथवा उग्र रगडा । | ||
लुछे, लाछे, कोपे, जडतक खने, हुर्मत लिये | लुछे, लाछे, कोपे, जडतक खने, हुर्मत लिये | ||
::कठै मेरा लेखा तर अबुझ ती बालक थिये ॥ | ::कठै ! मेरा लेखा तर अबुझ ती बालक थिये ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
जुँघा दाह्री तान्ने सरल शिशु जस्तै पथिक ती | जुँघा दाह्री तान्ने सरल शिशु जस्तै पथिक ती | ||
::म | ::म सम्झन्थेँ, हुन्थेँ प्रणयरसले गद्गद अति । | ||
बित्यो | बित्यो एवंरीत्या समय, वयले उन्नति लियो | ||
::रसीलो छायामा प्रणयविधुको कान्ति | ::रसीलो छायामा प्रणयविधुको कान्ति फिँजियो ॥ | ||
{{pcn|२५}} | {{pcn|२५}} | ||
सँभाली वा खारी चपल मनका वृत्ति यसरी | सँभाली वा खारी चपल मनका वृत्ति यसरी | ||
::म रस्तामा बस्ता | ::म रस्तामा बस्ता प्रणय-शिवको पूजन गरी । | ||
बित्यो मेरो निक्कै समय उस चौकी उपरमा | बित्यो मेरो निक्कै समय उस चौकी उपरमा | ||
::जहाँ वासा बस्थे विविध बटुवा ती रहरमा ॥ | ::जहाँ वासा बस्थे विविध बटुवा ती रहरमा ॥ | ||
Line 33: | Line 33: | ||
{{pcn|२६}} | {{pcn|२६}} | ||
यति भनी तपसीले मन्द निःश्वाससाथ | यति भनी तपसीले मन्द निःश्वाससाथ | ||
:: | ::मुख-कमल झुकाये, बन्द भो सूक्ति-पात । | ||
म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र | म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र | ||
::मनन मन लगाई गर्न | ::मनन मन लगाई गर्न थालेँ पवित्र ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 12:40, 6 June 2025
२१
निशामा त्यो प्यारो पठन-विधि गर्दै दिवसमा
उदासी भै हेर्दै हरकिसिमको बाह्य सुषमा ।
जगायेँ निःस्वार्थ-प्रणय-सुखको जोति भरिलो
निकै नै कम्ती भो, विहग-वध-बाधा जहरिलो ॥
२२
गये बढ्दै बढ्दै पयर तल, आँखा गगनमा
जम्यो, फेरी नीलोपन गगनको टम्म मनमा ।
जटाशाली अग्लो शिर पवनको रङ्ग-रसमा
रमाई छर्कन्थ्यो छुनुमुनु गरी शान्ति-सुषमा ॥
२३
कसैले त्यै वेला पनि हृदय पारीकन कडा
दिये भारी धक्का मकन अथवा उग्र रगडा ।
लुछे, लाछे, कोपे, जडतक खने, हुर्मत लिये
कठै ! मेरा लेखा तर अबुझ ती बालक थिये ॥
२४
जुँघा दाह्री तान्ने सरल शिशु जस्तै पथिक ती
म सम्झन्थेँ, हुन्थेँ प्रणयरसले गद्गद अति ।
बित्यो एवंरीत्या समय, वयले उन्नति लियो
रसीलो छायामा प्रणयविधुको कान्ति फिँजियो ॥
२५
सँभाली वा खारी चपल मनका वृत्ति यसरी
म रस्तामा बस्ता प्रणय-शिवको पूजन गरी ।
बित्यो मेरो निक्कै समय उस चौकी उपरमा
जहाँ वासा बस्थे विविध बटुवा ती रहरमा ॥
२६
यति भनी तपसीले मन्द निःश्वाससाथ
मुख-कमल झुकाये, बन्द भो सूक्ति-पात ।
म पनि अमृत जस्तो त्यो सबै सच्चरित्र
मनन मन लगाई गर्न थालेँ पवित्र ॥