Jump to content

Page:Tarun tapasi.pdf/52: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Prty (talk | contribs)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|१५}}
{{pcn|१५}}
घडी बग्थिन् गङ्गा परम शुचिता सेचन गरी
घडी बग्थिन् गङ्गा परम शुचिता सेचन गरी
::घडी आईपुग्थे हरकिसिमका देवनगरी
::घडी आई-पुग्थे हरकिसिमका देव-नगरी
घडी नीलो ताराजडित गगनै झवास्स छिनमा
घडी नीलो तारा-जडित गगनै झवास्स छिनमा
::स्वयं आई पस्थ्यो हृदयमय सानू सदनमा ॥
::स्वयं आई पस्थ्यो हृदयमय सानू सदनमा ॥


Line 17: Line 17:
::न वा ज्ञानी ध्यानी धरणितलका सिद्धहरुमा ।
::न वा ज्ञानी ध्यानी धरणितलका सिद्धहरुमा ।
लिँदा एकै गोता निमिषभर चुर्लुम्म जसमा
लिँदा एकै गोता निमिषभर चुर्लुम्म जसमा
::रसीलो निस्कन्थ्यो पल पल चमत्कारसुषमा
::रसीलो निस्कन्थ्यो पल पल चमत्कार-सुषमा


{{pcn|१८}}
{{pcn|१८}}
अहो यस्तै यस्ता अघट घटनारूप चटक
अहो ! यस्तै यस्ता अघट घटनारूप चटक
::मजा मानी भित्रै अनुभव गरी धेर पटक ।
::मजा मानी भित्रै अनुभव गरी धेर पटक ।
पछी सुस्तै मेरो चपल मन त्यो कौतुक भुली
पछी सुस्तै मेरो चपल मन त्यो कौतुक भुली
Line 28: Line 28:
उषाले यस्तैमा पवनमय पङ्खा सिरिसिरी
उषाले यस्तैमा पवनमय पङ्खा सिरिसिरी
::ममाथी हम्कन्थी, तर मकन लाग्थ्यो किरिकिरी ।
::ममाथी हम्कन्थी, तर मकन लाग्थ्यो किरिकिरी ।
झोक्रिन्थें, भन्थें किन सब टुट्यो कौतुक, भनी
झोक्रिन्थेँ, भन्थेँ किन सब टुट्यो कौतुक, भनी
::कडा रातो देख्थें गगनगुरुजीको मुख पनि ॥
::कडा रातो देख्थें गगन-गुरुजीको मुख पनि ॥


{{pcn|२०}}
{{pcn|२०}}
बित्यो रात्री सारा, तम पर सर्यो, सर्र रविको
बित्यो रात्री सारा, तम पर सर्यो, सर्र रविको
::प्रभा झुल्क्यो, टल्क्यो टलक कलनातुल्य कविको ।
::प्रभा झुल्क्यो, टल्क्यो टलक कलना-तुल्य कविको ।
बनी अर्कै निस्किन् प्रकृतिजननी, विश्वरभरमा
बनी अर्कै निस्किन् प्रकृति-जननी, विश्वरभरमा
::रमायिन् चौतर्फी विकसितमुखी जागृतिरमा
::रमायिन् चौतर्फी विकसितमुखी जागृति-रमा
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:36, 6 June 2025

This page has been proofread

१५
घडी बग्थिन् गङ्गा परम शुचिता सेचन गरी
घडी आई-पुग्थे हरकिसिमका देव-नगरी ।
घडी नीलो तारा-जडित गगनै झवास्स छिनमा
स्वयं आई पस्थ्यो हृदयमय सानू सदनमा ॥

१६
घडी देखा पर्थ्यो चमचम गरी दीर्घ बिजुली
घडी आत्मज्ञानी पुरुष अथवा सिद्ध सकली ।
घडी पानी पानी सबतिर छताछुल्ल धरणी
घडी आगो बल्थ्यो धपधप, घडी वासरमणि ॥

१७
न मिल्थ्यो त्यो शिक्षा सितिमिति कुनै शास्त्रहरुमा
न वा ज्ञानी ध्यानी धरणितलका सिद्धहरुमा ।
लिँदा एकै गोता निमिषभर चुर्लुम्म जसमा
रसीलो निस्कन्थ्यो पल पल चमत्कार-सुषमा ॥

१८
अहो ! यस्तै यस्ता अघट घटनारूप चटक
मजा मानी भित्रै अनुभव गरी धेर पटक ।
पछी सुस्तै मेरो चपल मन त्यो कौतुक भुली
झुली लिन्थ्यो निद्रामय अतुल शय्या मखमली ॥

१९
उषाले यस्तैमा पवनमय पङ्खा सिरिसिरी
ममाथी हम्कन्थी, तर मकन लाग्थ्यो किरिकिरी ।
म झोक्रिन्थेँ, भन्थेँ किन सब टुट्यो कौतुक, भनी
कडा रातो देख्थें गगन-गुरुजीको मुख पनि ॥

२०
बित्यो रात्री सारा, तम पर सर्यो, सर्र रविको
प्रभा झुल्क्यो, टल्क्यो टलक कलना-तुल्य कविको ।
बनी अर्कै निस्किन् प्रकृति-जननी, विश्वरभरमा
रमायिन् चौतर्फी विकसितमुखी जागृति-रमा ॥