Page:Laxmi nibandhasangraha.pdf/6: Difference between revisions
→Not proofread: Created page with "भूमिका 'कभर्ली पत्र'मा मिष्टर आडिसन साहेबले भूमिकाको परिचायक महत्त्वलाई झल्काएर आफ्नो परिचय पाठकलाई दिएको तवरले मैले यो भूमिका लेख्ने काम गर्नु मलाई ठीक लागेन । कारण, मेरो परिचय..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
भूमिका | {{c|{{x-larger|'''भूमिका'''}}}} | ||
'कभर्ली पत्र'मा मिष्टर आडिसन साहेबले भूमिकाको परिचायक | 'कभर्ली पत्र'मा मिष्टर आडिसन साहेबले भूमिकाको परिचायक | ||
महत्त्वलाई झल्काएर आफ्नो परिचय पाठकलाई दिएको तवरले मैले यो | महत्त्वलाई झल्काएर आफ्नो परिचय पाठकलाई दिएको तवरले मैले यो | ||
भूमिका लेख्ने काम गर्नु मलाई ठीक लागेन । कारण, मेरो परिचय मेरै | भूमिका लेख्ने काम गर्नु मलाई ठीक लागेन । कारण, मेरो परिचय मेरै | ||
प्रबन्धहरूले साफसँग त्यस पाठकलाई दिनेछन्, जो सच्चा श्रद्धाको | प्रबन्धहरूले साफसँग त्यस पाठकलाई दिनेछन्, जो सच्चा श्रद्धाको | ||
Line 8: | Line 8: | ||
यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक | यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक | ||
लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको छु। कहीँ म | लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको छु। कहीँ म | ||
प्रबन्धमित्र आफैं घुसेको छु- व्यक्तित्वको रङ रँगाएर आफूलाई चिन्न | प्रबन्धमित्र आफैं घुसेको छु- व्यक्तित्वको रङ रँगाएर आफूलाई चिन्न | ||
तथा चिनाउनको लागि । कहीँ आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको | तथा चिनाउनको लागि । कहीँ आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको | ||
नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । यहाँ वर्णन पाइने | नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । यहाँ वर्णन पाइने | ||
छन्- चित्रात्मक वर्णनहरू- जहाँ गद्यचित्रकार बनेर रङ र छायाद्वारा | छन्- चित्रात्मक वर्णनहरू- जहाँ गद्यचित्रकार बनेर रङ र छायाद्वारा | ||
बस्तु प्रतिबिम्बको कलामा अग्रसर पाइनेछ । पाइनेछन् यहाँ समालोचना | बस्तु प्रतिबिम्बको कलामा अग्रसर पाइनेछ । पाइनेछन् यहाँ समालोचना | ||
Line 22: | Line 19: | ||
रुचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो । यी प्रबन्धमा | रुचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो । यी प्रबन्धमा | ||
म कविजस्तो केही मात्रामा देखिन्छु, किनकि कवितात्मक कल्पना- | म कविजस्तो केही मात्रामा देखिन्छु, किनकि कवितात्मक कल्पना- | ||
प्राचुर्य र कबिताशक्ति धेरै ठाउँमा स्पष्टतया झल्किरहेका होलान् । | प्राचुर्य र कबिताशक्ति धेरै ठाउँमा स्पष्टतया झल्किरहेका होलान् । | ||
मर्दगद्य लेख्न अरूहरू आउनेछन् तर यहाँ शायद पोथी-गुण होला- एक | मर्दगद्य लेख्न अरूहरू आउनेछन् तर यहाँ शायद पोथी-गुण होला- एक | ||
किसिमको रङ्गीचङ्गीपन मनपर्ने सजीव कोमलता जो बौद्धिक शक्तिहरूसँग | किसिमको रङ्गीचङ्गीपन मनपर्ने सजीव कोमलता जो बौद्धिक शक्तिहरूसँग |
Revision as of 01:39, 29 January 2025
'कभर्ली पत्र'मा मिष्टर आडिसन साहेबले भूमिकाको परिचायक महत्त्वलाई झल्काएर आफ्नो परिचय पाठकलाई दिएको तवरले मैले यो भूमिका लेख्ने काम गर्नु मलाई ठीक लागेन । कारण, मेरो परिचय मेरै प्रबन्धहरूले साफसँग त्यस पाठकलाई दिनेछन्, जो सच्चा श्रद्धाको आँखा लगाएर तिनलाई पंक्तिका बीचबीचमा पढ्नेछ ।
यहाँ लेखिएका प्रबन्धहरू विभिन्नताको मौजी मसलाको महक लिएर चहकिला बनेका होलान् कि भन्ने आशा राखेको छु। कहीँ म प्रबन्धमित्र आफैं घुसेको छु- व्यक्तित्वको रङ रँगाएर आफूलाई चिन्न तथा चिनाउनको लागि । कहीँ आफू अलग्ग बनेर प्रकृतिको र जगजीवनको नाटकीय अध्ययन गर्ने दर्शकका रूपमा उपस्थित छु । यहाँ वर्णन पाइने छन्- चित्रात्मक वर्णनहरू- जहाँ गद्यचित्रकार बनेर रङ र छायाद्वारा बस्तु प्रतिबिम्बको कलामा अग्रसर पाइनेछ । पाइनेछन् यहाँ समालोचना पनि- जहाँ मानबबुद्धि अरूका कृतिउपर आफ्नो बिवेकशक्तिलाई लहडी आनन्दका समयमा तिखार्छ । यहाँ गफ पनि छन् जसको आत्म-अनुभवलाई रसिलो रङिलो बनाएर, बढाएर वा घटाएर समेत श्रोतृवर्गका सामुन्ने रुचिकर बनाउन र अल्सी समयलाई रमाइलो बनाउनु हो । यी प्रबन्धमा म कविजस्तो केही मात्रामा देखिन्छु, किनकि कवितात्मक कल्पना- प्राचुर्य र कबिताशक्ति धेरै ठाउँमा स्पष्टतया झल्किरहेका होलान् । मर्दगद्य लेख्न अरूहरू आउनेछन् तर यहाँ शायद पोथी-गुण होला- एक किसिमको रङ्गीचङ्गीपन मनपर्ने सजीव कोमलता जो बौद्धिक शक्तिहरूसँग भन्दा हार्दिक कोमलतासँग सम्बन्ध राख्तछ । मैले 'श्रीगणेशाय नम? मा नै भनिसकेको छु रौंचिरा दर्शन होइन; न हो पाण्डित्य-दर्शनको ठ्यासफु ! यसमा गृहीत विषयलाई सर्वदृष्टिकोण समीक्षणको जरूरत छैन । यो