Page:Tarun tapasi.pdf/46: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
कहाँ त्यो सुत्केरी | कहाँ त्यो सुत्केरी प्रणय-पुतली ! त्यो गुँड कहाँ ! | ||
::कहाँ प्यारा साना शिशुहरु कठै त्यो सुख कहाँ । | ::कहाँ प्यारा साना शिशुहरु ! कठै ! त्यो सुख कहाँ । | ||
कहाँ प्रेमी साथी स्मरण पनि हा कष्टमय भो | कहाँ प्रेमी साथी ! स्मरण पनि हा ! कष्टमय भो | ||
::कठै मेरा लेखा अब सब कुराको प्रलय भो ॥ | ::कठै ! मेरा लेखा अब सब कुराको प्रलय भो ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
न चाँडो जाने भो सहजसित यो | न चाँडो जाने भो सहजसित यो प्राण-पवन | ||
::न शक्छू यो बाधा सहन अथवा शान्त रहन । | ::न शक्छू यो बाधा सहन अथवा शान्त रहन । | ||
न थामिन्छन् आँशू न त छ अरु क्यै जीवनगति | न थामिन्छन् आँशू न त छ अरु क्यै जीवनगति | ||
::कठै कस्तो पापी कति कुपित यो क्रूर नियति ॥ | ::कठै ! कस्तो पापी कति कुपित यो क्रूर नियति ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
सिला खोजी चर्ने | सिला खोजी चर्ने सफर-सुख गर्ने गगनमा, | ||
::ठहर्ने शाखामा, मधुर सुर भर्ने पवनमा । | ::ठहर्ने शाखामा, मधुर सुर भर्ने पवनमा । | ||
सिधा-सादा, निर्धा विहगकन मार्ने नियतिले | |||
::दियेकी हुन् के त्यो करयुगल माता प्रकृतिले ? | ::दियेकी हुन् के त्यो करयुगल माता प्रकृतिले ? | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
नजानी आनन्दी | नजानी आनन्दी मनुज-कुलको उन्नति-कला | ||
::म जस्ता निर्धाको बलसित अँठ्याईकन गला । | ::म जस्ता निर्धाको बलसित अँठ्याईकन गला । | ||
वृथा त्यस्तो चोखो करयुगल त्यो दूषित गर्यौ | वृथा त्यस्तो चोखो करयुगल त्यो दूषित गर्यौ | ||
Line 26: | Line 26: | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
दया राखी हाम्रा उपर विधिले | दया राखी हाम्रा उपर विधिले कार्य-कुशल | ||
::दिँदो हो ता तिम्रै सदृश बलियो बाहुयुगल । | ::दिँदो हो ता तिम्रै सदृश बलियो बाहुयुगल । | ||
पुगी टाढा टाढा फलफुल टिपी लाखन थरी | पुगी टाढा टाढा फलफुल टिपी लाखन थरी | ||
:: | ::भरी-दिन्थ्यौँ ल्याई प्रणयसित तिम्रा घरभरी ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
Line 35: | Line 35: | ||
::कुनै देख्नासाथै थकित जन भोको रुखमनि । | ::कुनै देख्नासाथै थकित जन भोको रुखमनि । | ||
चुचैले पाकेको फलफुल चलाई बल गरी | चुचैले पाकेको फलफुल चलाई बल गरी | ||
:: | ::खसाल्थ्यौँ, त्यो खाओस् भनिकन दयाको वश परी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 19:00, 5 June 2025
१८
कहाँ त्यो सुत्केरी प्रणय-पुतली ! त्यो गुँड कहाँ !
कहाँ प्यारा साना शिशुहरु ! कठै ! त्यो सुख कहाँ ।
कहाँ प्रेमी साथी ! स्मरण पनि हा ! कष्टमय भो
कठै ! मेरा लेखा अब सब कुराको प्रलय भो ॥
१९
न चाँडो जाने भो सहजसित यो प्राण-पवन
न शक्छू यो बाधा सहन अथवा शान्त रहन ।
न थामिन्छन् आँशू न त छ अरु क्यै जीवनगति
कठै ! कस्तो पापी कति कुपित यो क्रूर नियति ॥
२०
सिला खोजी चर्ने सफर-सुख गर्ने गगनमा,
ठहर्ने शाखामा, मधुर सुर भर्ने पवनमा ।
सिधा-सादा, निर्धा विहगकन मार्ने नियतिले
दियेकी हुन् के त्यो करयुगल माता प्रकृतिले ?
२१
नजानी आनन्दी मनुज-कुलको उन्नति-कला
म जस्ता निर्धाको बलसित अँठ्याईकन गला ।
वृथा त्यस्तो चोखो करयुगल त्यो दूषित गर्यौ
धरित्रीमा कालो जहर अथवा पातक छर्यौ ॥
२२
दया राखी हाम्रा उपर विधिले कार्य-कुशल
दिँदो हो ता तिम्रै सदृश बलियो बाहुयुगल ।
पुगी टाढा टाढा फलफुल टिपी लाखन थरी
भरी-दिन्थ्यौँ ल्याई प्रणयसित तिम्रा घरभरी ॥
२३
चुचो साह्रै सानू धन फगत हाम्रो छ त पनि
कुनै देख्नासाथै थकित जन भोको रुखमनि ।
चुचैले पाकेको फलफुल चलाई बल गरी
खसाल्थ्यौँ, त्यो खाओस् भनिकन दयाको वश परी ॥