Page:Shakuntala.pdf/343: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
कतै झल्काहरू जस्ता नव आदर्शका पनि । | कतै झल्काहरू जस्ता नव आदर्शका पनि । | ||
झिल्किने तर चाँडै नै निभ्ने के के | झिल्किने तर चाँडै नै निभ्ने के के कुरा बली ॥ | ||
{{pcn|(१२१)}} | {{pcn|(१२१)}} | ||
नदेखेका नजानेका नसुनेका | नदेखेका नजानेका नसुनेका कुराहरू । | ||
भविष्यबाट झल्के झैं झिल्काए झै अतीतले ॥ | भविष्यबाट झल्के झैं झिल्काए झै अतीतले ॥ | ||
{{pcn|(१२२)}} | {{pcn|(१२२)}} | ||
Line 14: | Line 14: | ||
भयो भर्ना झरे जस्तो सरको मधुराधर । | भयो भर्ना झरे जस्तो सरको मधुराधर । | ||
पात | पात पातहरूमाथि गाए जस्तो मनोहर ॥ | ||
{{pcn|(१२४)}} | {{pcn|(१२४)}} | ||
गानाले आँसुका | गानाले आँसुका बूँद अनेकौं युगका लिई । | ||
मीठो | मीठो बनाउँधी झल्का भावकी सम्झना भई ॥ | ||
{{pcn|(१२५)}} | {{pcn|(१२५)}} | ||
Line 29: | Line 29: | ||
{{pcn|(१२७)}} | {{pcn|(१२७)}} | ||
सूर्यका | सूर्यका रश्मिशरले हानिएका महादल । | ||
निधारबीचमा चोट परी सारा लडे तल ॥ | |||
{{pcn|(१२८)}} | {{pcn|(१२८)}} | ||
Line 38: | Line 38: | ||
फूल अम्लान वर्षेर परीका कर कोमल- | फूल अम्लान वर्षेर परीका कर कोमल- | ||
बाट | बाट दुष्यन्तको शोभा बढ्यो पारी समुज्ज्वल ॥ | ||
{{pcn|(१३०)}} | {{pcn|(१३०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:50, 30 May 2025
कतै झल्काहरू जस्ता नव आदर्शका पनि ।
झिल्किने तर चाँडै नै निभ्ने के के कुरा बली ॥
(१२१)
नदेखेका नजानेका नसुनेका कुराहरू ।
भविष्यबाट झल्के झैं झिल्काए झै अतीतले ॥
(१२२)
जिज्ञासा प्राकृतप्रायः उत्तेजित गराउँदै ।
झल्के, निभे, फेरि झल्के कल्पना नै घुमाउँदै ॥
(१२३)
भयो भर्ना झरे जस्तो सरको मधुराधर ।
पात पातहरूमाथि गाए जस्तो मनोहर ॥
(१२४)
गानाले आँसुका बूँद अनेकौं युगका लिई ।
मीठो बनाउँधी झल्का भावकी सम्झना भई ॥
(१२५)
जीत, हार, खुशी आँसु सबै भै मधुराकृति ।
शब्दमा झर्भराए झैं हुन्थ्यो हृदयको स्थिति ॥
(१२६)
त्यसै बेला देव मिली मुग्ध त्यो दैत्यको दल-
लाई हाने उज्यालोले, नानी खुम्चिन गो तल ॥
(१२७)
सूर्यका रश्मिशरले हानिएका महादल ।
निधारबीचमा चोट परी सारा लडे तल ॥
(१२८)
त्यो देखेर अरू भागी सैन्य-विध्वंसदारुण ।
दुष्यन्त विजयी नेता गन्दछन् देवका गण ॥
(१२९)
फूल अम्लान वर्षेर परीका कर कोमल-
बाट दुष्यन्तको शोभा बढ्यो पारी समुज्ज्वल ॥
(१३०)