Jump to content

Page:Bhanubhaktako ramayan.pdf/16: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> कैलाश्मा भगवान् सदाशिव थिया ध्यान्मा बहुत् मन् दिई । वाम् काख्मा बहुतै पियारि हितकी श्री पार्वतीजी लिई ॥ एक् दिन् पार्वतिले तहीं शिवजी थ्यैं सोधिन् चरण्मा परी..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>

<poem>
<poem>
कैलाश्मा भगवान् सदाशिव थिया ध्यान्मा बहुत् मन् दिई ।
कैलाश्‌मा भगवान् सदाशिव थिया ध्यान्‌मा बहुत् मन् दिई ।
वाम् काख्मा बहुतै पियारि हितकी श्री पार्वतीजी लिई ॥
वाम् काख्‌मा बहुतै पियारि हितकी श्री पार्वतीजी लिई ॥
एक् दिन् पार्वतिले तहीं शिवजी थ्यैं सोधिन् चरण्मा परी ।
एक् दिन् पार्वतिले तहीं शिवजी थ्यैं सोधिन् चरण्‌मा परी ।
आफू ता सब जान्दथिन् तर दया सम्पूर्ण लोक्मा गरी ॥२४॥
आफू ता सब जान्दथिन् तर दया सम्पूर्ण लोक्‌मा गरी ॥२४॥

हे नाथ् बिन्ति म गर्दछू हजुरमा राम् हुन् जगत्का पती ।
हे नाथ् ! बिन्ति म गर्दछू हजुरमा राम् हुन् जगत्‌का पती ।
राम् देखी अरु कोहि छैन जनका संसार तन्र्या गती ।
राम् देखी अरु कोहि छैन जनका संसार तर्न्या गती ।
जस्मा भक्ति गर्यो भन्या अति गभिर् संसार सागर्महाँ
जस्‌मा भक्ति गर्‍यो भन्या अति गभिर् संसार सागर्‌महाँ
नौका झैं तरि जान्छ झट्पट गरी तेस् नर्कि देहै तहाँ ॥२५॥
नौका झैं तरि जान्छ झट्पट गरी तेस् नर्‌कि देहै तहाँ ॥२५॥

यस्ता राम् कन लोकमा जनहरू एक् ईश्वरै मान्दछन् ।
यस्‌ता राम् कन लोकमा जनहरू एक् ईश्वरै मान्दछन् ।
कोही तत्त्व न पाइ मूर्खहरु ता मानिस् सरी जान्दछन् ॥

क्या भन्छन् ति कि राम ईश्वर भया शोक् क्यान तिन्ले गर्या
क्या भन्छन् ति कि राम ईश्वर भया शोक् क्यान तिन्‌ले गर्‍या
सीता रावणले जसै हरि दियो ठूलै विपत्मा पर्या ॥२६॥
सीता रावणले जसै हरि दियो ठूलै विपत्‌मा पर्‍या ॥२६॥

ईश्वरलाइ त शोक् हुँदैन र भनूँ हूँदैन अज्ञान् पनी ।

इन्मा यो सब देखियो त कसरी जान्नू इ ईश्वर् भनी ॥
इन्‌मा यो सब देखियो त कसरी जान्नू इ ईश्वर् भनी ॥
लोक् यस्तो पनि भन्छ कोहि भगवान् यस्मा विचार् खुप् गरी ।
लोक् यस्तो पनि भन्छ कोहि भगवान् यस्‌मा विचार् खुप् गरी ।
जस्तो हो सब यो बताउनुहवस् सन्देह मेरो हरी ॥२७॥

यस्तो प्रश्न सुन्या र पार्वतिजिको खूसी पनी खूप् भया ।
यस्‌तो प्रश्न सुन्या र पार्वतिजिको खूसी पनी खूप् भया ।
राम् यस्ता प्रभु हुन् भनेर शिवले सब् तत्त्व ताहीं कह्या ॥
राम् यस्‌ता प्रभु हुन् भनेर शिवले सब् तत्त्व ताहीं कह्या ॥
सून्यौ पार्वति राम् अनादि परमेश्वर् हुन् ति आकाश् सरी ।
सून्यौ पार्वति ! राम् अनादि परमेश्वर् हुन् ति आकाश् सरी ।
सब् ढाकी कन बस्तछन् अघि विराट् सम्पूर्ण सृष्टी गरी ॥२८॥

जस्तै चुम्बकका नजिक् परि गया नाच्छन् इ लोहा पनी ।
जस्‌तै चुम्बकका नजिक् परि गया नाच्छन् इ लोहा पनी ।
तस्तै जस् कन पाइ नाच्तछ जगत् नाना प्रकारको बनी ॥
तस्‌तै जस् कन पाइ नाच्तछ जगत् नाना प्रकार्‌को बनी ॥
यस्तो तत्त्व न जानि मानिस सरी राम्लाइ जो गर्दछन् ।
यस्‌तो तत्त्व न जानि मानिस सरी राम्‌लाइ जो गर्दछन् ।
संसार्का इ अनन्त ताप्हरू तिनैलाई सदा पर्दछन् ॥२९॥
संसार्‌का इ अनन्त ताप्‌हरू तिनैलाई सदा पर्दछन् ॥२९॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:18, 28 May 2025

This page has been proofread

कैलाश्‌मा भगवान् सदाशिव थिया ध्यान्‌मा बहुत् मन् दिई ।
वाम् काख्‌मा बहुतै पियारि हितकी श्री पार्वतीजी लिई ॥
एक् दिन् पार्वतिले तहीं शिवजी थ्यैं सोधिन् चरण्‌मा परी ।
आफू ता सब जान्दथिन् तर दया सम्पूर्ण लोक्‌मा गरी ॥२४॥

हे नाथ् ! बिन्ति म गर्दछू हजुरमा राम् हुन् जगत्‌का पती ।
राम् देखी अरु कोहि छैन जनका संसार तर्न्या गती ।
जस्‌मा भक्ति गर्‍यो भन्या अति गभिर् संसार सागर्‌महाँ ।
नौका झैं तरि जान्छ झट्पट गरी तेस् नर्‌कि देहै तहाँ ॥२५॥

यस्‌ता राम् कन लोकमा जनहरू एक् ईश्वरै मान्दछन् ।
कोही तत्त्व न पाइ मूर्खहरु ता मानिस् सरी जान्दछन् ॥
क्या भन्छन् ति कि राम ईश्वर भया शोक् क्यान तिन्‌ले गर्‍या ।