Page:Bhanubhaktako ramayan.pdf/12: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
एक् दिन् नारद सत्यलोक् पुगि गया | एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्को गरूँ हित् भनी । | ||
ब्रह्मा ताहिं थिया | ब्रह्मा ताहिं थिया पर्या चरणमा खूसी गराया पनी ॥ | ||
क्या | क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै । | ||
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती | ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै ॥१॥ | ||
हे ब्रह्मा जति हुन् शुभाशुभ सबै सूनी रह्याँछू कछू । | हे ब्रह्मा ! जति हुन् शुभाशुभ सबै सूनी रह्याँछू कछू । | ||
बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछू ॥ | बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछू ॥ | ||
आऊला जब यो कली बखतमा प्राणी दुराचार् भई । | आऊला जब यो कली बखतमा प्राणी दुराचार् भई । | ||
गर्न्या छन् सब पाप् अनेक् तरहका निच्का मतीमा गई ॥२॥ | |||
साँचो बात गरैन कोहि अरुकै गर्नन् त निन्दा पनी । | साँचो बात गरैन कोहि अरुकै गर्नन् त निन्दा पनी । | ||
Line 19: | Line 19: | ||
देहैलाइ त आत्म जानि रहनन् नास्तिक् पशू झैं तहाँ ॥३॥ | देहैलाइ त आत्म जानि रहनन् नास्तिक् पशू झैं तहाँ ॥३॥ | ||
काम्का चाकर झैं भयेर रहनन् स्त्रीलाइ द्यौता सरी । | |||
मान्नन् पितृ र मातृलाई बुझि खुप् शत्रू सरीका गरी ॥ | मान्नन् पितृ र मातृलाई बुझि खुप् शत्रू सरीका गरी ॥ | ||
ब्राह्मण् भै कन वेद बेचि रहनन् कोही पढुन् ता पनी । | ब्राह्मण् भै कन वेद बेचि रहनन् कोही पढुन् ता पनी । |
Latest revision as of 16:07, 28 May 2025
एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्को गरूँ हित् भनी ।
ब्रह्मा ताहिं थिया पर्या चरणमा खूसी गराया पनी ॥
क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै ॥१॥
हे ब्रह्मा ! जति हुन् शुभाशुभ सबै सूनी रह्याँछू कछू ।
बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछू ॥
आऊला जब यो कली बखतमा प्राणी दुराचार् भई ।
गर्न्या छन् सब पाप् अनेक् तरहका निच्का मतीमा गई ॥२॥
साँचो बात गरैन कोहि अरुकै गर्नन् त निन्दा पनी ।
अर्काको धन खानलाइ अभिलाष् गर्नन् असल् हो भनी ॥
कोही जन् त परस्त्रिमा रत हुनन् कोही त हिंसा महाँ ।
देहैलाइ त आत्म जानि रहनन् नास्तिक् पशू झैं तहाँ ॥३॥
काम्का चाकर झैं भयेर रहनन् स्त्रीलाइ द्यौता सरी ।
मान्नन् पितृ र मातृलाई बुझि खुप् शत्रू सरीका गरी ॥
ब्राह्मण् भै कन वेद बेचि रहनन् कोही पढुन् ता पनी ।
धन् ठूलो छ पनी भन्या सहज धन् आर्जन् गरौंला भनी ॥४॥
जाती धर्म रह्वैन क्षत्रिहरुमा जो छन् इ नीचाहरू ।
शूद्रादी त तपस्वि होइ रहनन् ब्राह्मण् सरीका बरू ॥
स्त्री धेर् भ्रष्ट हुनन् पती र ससुराको द्रोह ठूलो गरी ।
यस्ता नष्ट कसोरि मुक्त त हुनन् संसारसागर् तरी ॥५॥